प्रदेश खबर

ताप्लेजुङकाे फक्ताङलुङमा शल्यक्रियासहितको निःशुल्क आँखा शिविर
निकासखबर संवाददाता

ताप्लेजुङ। विश्वप्रसिद्ध पुरस्कार ग्रहण गरेपछि आफ्नै गाउँमा पुगेर वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतले शल्यक्रियासहितको आँखा शिविर सुरु गरेका छन् । शनिबार आफ्नै जन्म गाउँ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा ७ ओलाङचुंगोला आँखा शिविर सुरु गरेका हुन् । उनको नेतृत्वमा रहेको चिकित्सक तथा आँखा प्राविधिकहरूको टोलीले शनिवार र आइतबार फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोकमा शल्यक्रिया सहितको आँखा शिविर सञ्चालन गर्ने छ। यस अभियानका एक अभियन्ता मिङ्माडण्डु शेर्पाका अनुसार प्रतिष्ठित ईसा अवार्ड प्राप्त गरेपछि उनी शल्यक्रिया सहितको निःशुल्क आँखा शिविर कार्यक्रम लिएर पूर्वी नेपाल छिरेका छन्। यो शिविर अघि उनले तेह्रथुम जिल्लाका विभिन्न स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गरेका थिए।

पहिचानको आन्दोलन जारी रहन्छ: मन्त्री मोदी
निकासखबर संवाददाता

झापा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले पहिचानको आन्दोलन जारी रहने बताएका छन् । झापाको कन्काई नगरपालिका वडा नं= ९ मा राजवंशी समाज विकास समितिद्धारा आयोजित राजवंशी धर्म संस्कार प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा मन्त्री मोदीले यस्तो बताएका हुन् । मन्त्री मोदीले आफू सम्बद्ध पार्टी माओवादी केन्द्रले नै पहिचानको मुद्दा उठाएको स्मरण गर्दै प्राप्त हुन बाँकी उपलब्धिका लागि संघर्ष जारी रहने बताए । “एमाले कांग्रेसले यो देशमा गणतन्त्र आउनै सक्दैन भन्थे, आज हामी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा छौँ” मन्त्री मोदीले भने, “कुनै न कुनै बेला संघर्षको प्रतिफल प्राप्त हुन्छ, ढिला हुन सक्ला तर पहिचानको आन्दोलनले…

बारा र पर्सामा छुट्टा छुट्टै दुर्घटनामा तीन जनाको मृत्यु
निकासखबर संवाददाता

वीरगन्ज । बारा र पर्सामा भएका छुट्टा छुट्टै मोटरसाइकल दुर्घटनामा एक भारतीय सहित तीन जनाको मृत्यु भएको छ। बाराको कलैया उपमहानगरपालिका-१४ हनुमान मन्दिरस्थित सडकमा ना २ प ९७०५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री कलैया-९ रामपुरका ३५ वर्षीय रहिम अन्सारीको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका अन्सारीको वीरगन्जस्थित वीरगन्ज हेल्थकेयर हस्पिटलमा उपचारका क्रममा शनिबार दिउँसो मृत्यु भएको बाराका प्रहरी उपरिक्षक होविन्द्र बोगटीले जानकारी दिए । ठक्कर दिने मोटरसाइकल चालक कलैया १४ का २५ वर्षीय सागर चौधरीलार्ई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बोगटीले बताए । यस्तै बाराकै सुवर्ण गाउँपालिका-६ धरमपुरमा फागुन १५ गते भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका भारतीय नागरिकको…

होलीलाई लक्षित गरेर धनुषामा ५६० जना प्रहरी परिचालन
निकासखबर संवाददाता

धनुषा । होलीलाई लक्षित गरेर धनुषा जिल्लामा ५६० जना प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट ४८७ र प्रदेश प्रहरी कार्यालयबाट ७३ जना गरी कूल ५६० जना प्रहरी परिचालन गरिने भएको हो । विशेष सुरक्षा योजना बनाएर सो संख्यामा प्रहरी परिचालन गरिने धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । उनले होली पर्वलाई व्यवस्थित, मर्यादित र कुनै अप्रिय घटना हुन नदिन उक्त संख्यामा प्रहरी परिचालन गर्न लागिएको बताए । होलीमा जिल्लाको शान्ति सुरक्षामा कुनै कमी आउन नदिन प्रहरी कर्मचारीलाई उच्च सतर्कतामा राखिएको उनले जानकारी दिए । उच्छृङ्खल गतिविधि गर्ने, इच्छाविपरीत लोला हान्ने, रङ दल्नेमाथि निगरानी…

माओवादी कांग्रेसको ढोक्सामा परेको हैन्:  महरा
निकासखबर संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले माओवादी नेपाली कांग्रेसको ढोक्सामा परेको नभई संविधान र गणतन्त्रको रक्षा गर्दै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सहकार्य गरेको बताएका छन् । उदयपुरको कटारीमा आजदेखि सुरु भएको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, कोशी प्रदेशको दोस्रो सम्मेलनका क्रममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष महराले आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपतिमा जित्ने बताए । राष्ट्रपतिको दायित्व नै संविधान तथा गणतन्त्रको रक्षा एवं शान्ति प्रक्रियाको काम पुरा गर्नु भएकाले हामीले यो समीकरण बनाइएको उनको भनाइ छ ।