प्रदेश खबर

निकासखबर संवाददाता

बुटवल ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्विनी प्रदेश समितिले अध्यक्ष क.पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपर दायर भएको रिट निवेदनमा सम्मानित सर्वाेच्च अदालतका माननीय न्यायाधिश ईश्वर खतिवडा र माननीय न्यायाधिश हरि फुयालको सयुक्त ईजलासबाट रिट दर्ता गर्ने आदेशप्रति गंभीर ध्यानाकर्षण भएको जनाएको छ । समितिले मुलुकको स्थायी शान्ति र अग्रगमनका लागि विगतका १२ वुंदे पक्षधर सम्पूर्ण गणतन्त्रवादी राजनीतिक दल, नागरिक समाज र न्यायप्रेमी जनसमुदायलाई यस्ता शान्ति र संविधान विरोधी गतिविधिहरुप्रति सचेत रहन र आवश्यकता अनुसार प्रतिबाद गर्न अपिल समेत गरेको छ । समितिका अध्यक्ष सुदर्शन वरालले सोमवार जारी गरेको प्रेस विज्ञप्तीमा ‘मुलुकले प्राप्त गरेको गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक, धर्म निरपेक्षता लगायतका…

किराँत सङ्ग्रहालयको काम अन्तिम चरणमा
निकासखबर संवाददाता

भोजपुर । किराँत राईको बाहुल्यता रहेको भोजपुरमा सङ्ग्रहालयसहितको यलम्बर सभाहल निर्माण अन्तिम चरणमा पुगेको छ । किराँत राइको संस्कार, संस्कृति तथा आदिम कालमा प्रयोग हुने ऐतिहासिक सामग्रीको सङ्ग्रहालय (माङखिम घर) बनाउने लक्ष्यका साथ थालिएको काम ९५ प्रतिशत सकिएको किराँत राईयायोक्खा भोजपुरका संयोजक दिलमान खिम्दुङ वान्तवा राईले जानकारी दिए । कोसी प्रदेश सरकारअन्तर्गत सहरी विकास तथा भवन कार्यालय धनकुटाको रू तीन करोड १७ लाख लागतमा भवन निर्माण भइरहेको छ । भोजपुर नगरपालिका–६ देउरालीमा चार रोपनी नौ आना क्षेत्रफलमा निर्माण भइरहेको तीनतले सभाहलको पहिलो तलामा किराँत सङ्ग्रहालय, दोस्रो तलामा पाटी प्यालेस, तेस्रो तलामा सभाहल र त्यसमाथि २० फिट अग्लो किराँत राईको विभिन्न…

ओखलढुंगा दुर्घटनाका ४ जनालाई हेलिकोप्टरमा काठमाडौं ल्याइयो
निकासखबर संवाददाता

ओखलढुंगा । ओखलढुंगामा आज बिहान भएको जिप दुर्घटनाका चार जना गम्भीर घाइतेलाई काठमाडौं ल्याइएको छ । मृतक दुईको सनाखत भएको छ भने सिकिस्त घाइतेलाई हेलिकोप्टरमा राजधानी ल्याइएको बताइएको छ । जिल्रलाको चिशंखुगढी गाउँपालिका–३, दियालेमा आज बिहान बोलेरो जिप दुर्घटनामा परेको हो । ना १ ज ८४७३ नम्बरको जिप दुर्घटनामा चिशंखुगढी–३ का ७० वर्षीय भक्तबहादुर थापा र ५२ वर्षीय मीनबहादुर श्रेष्ठको मृत्यु भएको ओखलढुंगा प्रहरीले बताएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । धेरै यात्रु बोकेका कारण दुर्घटना भएको प्रहरीले बताएको भए पनि दुर्घटना के कारणले भएको खुलेको छैन । जिपमा १३ यात्रु थिए ।

पूर्व डिआइजी माझी सवार सवारी दुर्घटनामा
निकासखबर संवाददाता

विराटनगर । नेपाल प्रहरीका पूर्व डिआइजी भक्ति माझीको सवारी दुर्घटनामा परेको छ । नेपाली काँग्रेस मोरङको जिल्ला उपसभापति समेत रहेका माझी चढेको प्रदेश १–०४–००१ च ०६६२ नम्बरको कार विराटनगर १९ घिनाघाटाम दुर्घटनामा परेको हो । कारमा सवार माझीसहित अन्य तीन जना सामान्य घाइते रहेका छन् । पूर्वबाट पश्चिम पुष्पलाल चोक तिर आउने क्रममा कारको टायर पम्चर हुँदा अनियन्त्रित भएर कार सडकदेखि बाहिर खेतमा पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । माझीले चलाएको कारमा भीम रिफाल, पुष्पा राई र दुर्गा कोइराला रहेको प्रहरीले जनाएको छ ।

ओखलढुंगामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु
निकासखबर संवाददाता

ओखलढुंगा ।ओखलढुंगामा बोलेरो दुर्घटना हसँदा दुईजनाको मृत्यु भएको छ । चिशैखुगढी गाउँपालिकाको दियालेबाट ओखलढुंगा सदरमुकाम जादै गरेको जीप दुर्घटना भएको हो । दुर्घटनामा २ जना को मृत्यु भएको छ भने ७ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।