प्रदेश खबर

जंगलको आगो वस्तीमा पस्दा लाखौको क्षती
निकासखबर संवाददाता

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका १ को जंगलमा लागेको डढेलो वस्तीमा पस्दा दुई वटा घर जलेका छन् । आगलागीबाट कुम्मायक गाउँपालिका(१ साठीमुरेमा वसन्तकुमार चाम्लिङ र उनका छोरा छत्रबहादुरको घर जलेर नष्ट भएको हो । सोमबार साँझ करिब ५ बजेतिर घरमा आगो सल्किएको थियो । स्थानीयवासी र प्रहरीले आगो निभाउन प्रयास गरे पनि आगो नियन्त्रणमा ल्याउन नसकिएको प्रहरीकोे भनाइ छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घरसँगै अन्नपात, लत्ताकपडा, नगद र गहनासमेत गरी करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

सहकारी बन्द हुँदा बचतकर्ता समस्यामा
निकासखबर संवाददाता

दाङ । दाङ तुलसीपुरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । एक महिनादेखि बन्द भएको सो सहकारीको शाखा कार्यालयमा रकम झिक्न दिनदिनै बचतकर्ता पुग्ने गरेका छन् । सोही सहकारीमा तुलसीपुरको बिपी चोकका फलफूल व्यवसायी तुलसी नेपालीको एक लाख २७ हजार बचत छ । उनले अब त्यो पैसा पाउने आशा मरिसकेको बताए । “एक महिना भयो सहकारी बन्द भएको, फोन गर्छौ दुई÷चार दिनमा खुल्छ भन्न लागेको धेरै भइसक्यो”, उनले भने, “साहुलाई पैसा तिर्नुपर्ने थियो, निकै गाह्रो भएको छ ।” शिव शिखरमै तुलसीपुर–५ जेसिजचोकमा फलफूल व्यवसाय गर्ने चन्द्रकली विकको ६० हजार बचत छ । त्यही…

प्रदेश नामकरणको विरोधमा इलाममा तालाबन्दी
निकासखबर संवाददाता

इलाम । ‘कोशी’ प्रदेश नामकरणको विरोधमा संघर्ष समितिले इलामका स्थानीय पालिकाका केही वडा कार्यालयमा तालाबन्दी गरेको छ । पहिचान झल्कने नाम राख्नु पर्ने माग गर्दै आन्दोलन सुरु गरेको संघर्ष समितिले इलामको माङसेबुङ गाउँपालिका र माई नगरपालिकाका वडा कार्यालयमा तालाबन्दी गरेको हो । आन्दोलनकारीले माङसेबुङ गाउँपालिका दुई वटा वडा कार्यालयमा तालाबन्दी गरेका छन् । आन्दोलनकारीले वडा नम्बर ३ र ५ को वडा कार्यालयमा तालाबन्दी गरेको स्थानीय सुमन लावतीले जानकारी दिए । ‘माङसेबुङ नागरिक समूह’ को नाममा नारा जुलुससहित प्रदर्शनमा उत्रिएको आन्दोलनकारीको समूहले विभिन्न स्थानहरूमा कालो झण्डा समेत गाडेका छन् । समूहका अध्यक्ष केहेरसिङ योङहाले नियोजित ढङ्गले कोशी प्रदेश नामकरण गरिएको भन्दै आफ्नो…

समयमै काम नगर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउने पूर्वाधार मन्त्रालयको तयारी
निकासखबर संवाददाता

विराटनगर । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्काको समयावधि थप नगर्ने चेतावनी दिएको छ ।  पटक–पटक म्याद थप गरेर काम गर्ने अवसर दिँदा पनि विभिन्न बाहना गरेर तीन आर्थिक वर्षमा ३० प्रतिशतसम्म पनि काम नगर्ने ठेकेदारलाई तत्काल कामको प्रगति बढाउन चेतावनी दिएको हो । काम ढिला गर्ने २५ भन्दा बढी निर्माण कम्पनीका प्रतिनिधिलाई मन्त्रालयमा बोलाएर मन्त्री दुर्गा प्रसाद चापागाईंले पूँजीगत खर्च बढाउन र रोकिएका काम सम्पन्न गर्न भइरहेको कठिनाईको विषयमा जानकारी लिएका हुन् । सो क्रममा उनले मन्त्रालयको तर्फबाट गर्नुपर्ने काम तत्कालै गरिने तर निर्माण कम्पनीले पनि सोही अनुसारको काममा तीब्रता बढाउनु पर्ने…

प्रचण्डविरुद्धको षड्यन्त्र नेपाललाई अध्यारोतर्फ धकेल्ने जनबैरीहरुको कुचेष्टा
निकासखबर संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनबैरीहरुको निशानामा परेको बताएको छ । प्रदेश समितिले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डविरुद्ध षड्यन्त्र गरेर नेपाललाई पुनः अध्यारोतर्फ धकेल्ने जनबैरीहरुको कुचेष्टा रहेको बताएको हो । ‘राज्य र समाजको विभिन्न क्षेत्रमा लुकि बाँचेका जनबैरीहरुले यताका केहि महिनाहरुमा खुल्ला उपद्रवी हर्कत थालेका छन् । जनयुद्धका कमाण्डर तथा जनआन्दोलनसँग युद्धको उर्जालाई समायोजित गर्ने मुख्य कालिगढ हाम्रो पार्टीका अध्यक्ष कमरेड प्रचण्ड जनबैरीहरुको पहिलो निशानामा हुनुहुन्छ,’– विज्ञप्तिमा भनिएको छ। प्रधानमन्त्री प्रचण्डको सार्वजानिक अभिव्यक्तिलाई लिएर सर्वोच्च अदालतमा रिट दायर भएको छ । सर्वोच्चमा रिट दायर भएसँगै माओवादी आन्दोलनका घटकहरु समेत बोल्न थालेका छन् ।…