जंगलको आगो वस्तीमा पस्दा लाखौको क्षती

निकासखबर संवाददाता

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका १ को जंगलमा लागेको डढेलो वस्तीमा पस्दा दुई वटा घर जलेका छन् ।

आगलागीबाट कुम्मायक गाउँपालिका(१ साठीमुरेमा वसन्तकुमार चाम्लिङ र उनका छोरा छत्रबहादुरको घर जलेर नष्ट भएको हो ।
सोमबार साँझ करिब ५ बजेतिर घरमा आगो सल्किएको थियो । स्थानीयवासी र प्रहरीले आगो निभाउन प्रयास गरे पनि आगो नियन्त्रणमा ल्याउन नसकिएको प्रहरीकोे भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घरसँगै अन्नपात, लत्ताकपडा, नगद र गहनासमेत गरी करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

मा प्रकाशित