प्रदेश खबर

मिलनचोक–सल्यान–घाहाखेत–धारापानी–ठोट्नेरी सडक अलपत्र
निकासखबर संवाददाता

म्याग्दी ।  जलजला गाउँपालिका–७ धाइरिङको मिलनचोक–सल्यान–घाहाखेत–धारापानी–ठोट्नेरी सडक अलपत्र बनेको छ ।  मिलनचोकदेखि ठोड्नेरी जोड्ने १० किलोमिटर दुरीको सडक स्तरोन्नति र कालोपत्र गर्न २०७६ मङ्सिर ६ गते  २८ करोड १३ लाखमा हिमदुङ एण्ड थोकर प्रालीले ठेक्का सम्झौता गरेको थियो । गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमार्फत सञ्चालित यो सडक २०७८ मङ्सिर ५ गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । दोस्रो पटक २०८० मङ्सिर महिनासम्मका लागि म्याद थपिए पनि १८ महिनादेखि काम नहुँदा सडक अलपत्र परेको धाइरिङका मनोहर आचार्यले बताए । धाइरिङका बासिन्दाले बेनी–मालढुङ्गा सडकको छेउमा सञ्चालक र सडक सममै सम्पन्न नहुँदाको अवस्था झल्काउने तस्विरसहित ‘ठेकेदार हराएको सूचना’ लेखेको ब्यानर झुण्ड्याएका छन् ।…

स्थलमार्गबाट नुन ढुवानीमा समस्या, गाउँगाउँमा हेलिकप्टरबाट नुन ढुवानी
निकासखबर संवाददाता

सुर्खेत । स्थलमार्गबाट नुन ढुवानीमा समस्या देखिएपछि हुम्लास्थित साल्ट टेडिङ कर्पोरेशनले हेलिकोप्टरबाट नुन ढुवानी थालेको छ । सर्केगार्ड गाउँपालिका–४ को दुल्ली कुनाबाट नुन हेलिकोप्टरमा ढुवानी सुरु भएको हो । कैलाश एयरको हेलिकोप्टरबाट अनुदानको नुन ओसार्ने कार्य धमाधम भइरहेको कर्पोरेशन सिमकोट शाखाका प्रमुख राजबहादुर लामाले बताए । नुन सुर्खेतबाट पैदल मार्गबाट सलीसल्ला हुँदै दुल्लीकुनासम्म गाडीमा ढुवानी भएपछि सो ठाउँबाट हेलिकोप्टरको माध्यमबाट ढुवानीको काम सुरु भएको हो। हेलिकोप्टरले दैनिक २० भन्दा बढी उडान भरेर नुन ढुवानी गर्ने कार्य गरिरहेको छ। बढी परिमाणमा ढुवानी गर्नका लागि हेलिकोप्टरमा झुन्ड्याएर ओसार्ने कार्य गर्दै आएको छ। हेलिकोप्टरभित्र राख्नभन्दा झुन्ड्याएर ल्याउँदा ५० केजी बढी ढुवानी हुने गरेको…

कर्णालीको विकासमा मन्त्री मोदीको चासो
निकासखबर संवाददाता

काठमाडौं ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले कर्णाली प्रदेशको विकासको सन्दर्भमा चासो राखेका छन् ।  मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीम प्रकाश शर्मा र भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोतमन्त्री मंंगल बहादुर शाहीसँग भएको भेटवार्तामा मन्त्री मोदीले कर्णाली प्रदेशको विकासको सन्दर्भमा चासो राखेका हुन् । मन्त्री मोदीले कर्णालीको विकासको सवालमा आफूले निभाउनुपर्ने भूमिका निर्वाह गर्ने बताए । “कर्णाली प्रदेशको समग्र विकासका सन्दर्भमा मैले निर्वाह गर्नुपर्ने भूमिकाका लागि म सदैव तत्पर छु” मुख्यमन्त्री शर्मासहितको प्रतिनिधिमण्डललाई मन्त्री मोदीले भने, “कर्णालीलाई समृद्ध बनाउने तपाईहरुको यात्रामा सदैव सँगै हुन्छु तपाईहरुलाई…

कछुवा गतिमा कोशी करिडोर
निकासखबर संवाददाता

विराटनगर । कोशी करिडोर राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत कोशी प्रदेशको बहुप्रतिक्षित संरचना हो । तर, यसको निर्माण भने ज्यादै सुस्त देखिएको छ । कछुवा गतिमा चलिरहेको आयोजनाको सुस्तताले स्थानीयबासीलाई खिन्न बनाएको छ । कोशी करिडोरको उत्तर–दक्षिण लोकमार्गको अझै ७ किलोमिटर ट्रयाक छिचोल्नै बाँकी रहेको छ । सरकारले उच्च प्राथमिकतामा राखे पनि करिडोरको ट्रयाक खन्ने काम भने धिमा गतिमा नै अघि बढिरहेको छ । कोशी करिडोर खाँदबारी–किमाथांका सडक योजना कार्यालयका योजना प्रमुख सविन कोइरालाले करिडोर अन्तर्गत १४ किलोमिटर सडकको ट्र्याक खन्नुपर्नेमा अहिलेसम्म ७ किलोमिटरको ट्रयाक खुलिसकेको बताए । ‘अहिले च्याङपाङ खण्डको ७ किलोमिटर सडकको ट्रयाक छिचोल्न बाँकी छ,’ उनले भने ‘अबको…

प्राविधिक शिक्षा अध्ययन गर्ने २४ विपन्न विद्यार्थीलाई छात्रवृत्ति
निकासखबर संवाददाता

तनहुँ । तनहुँको भानु नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० मा प्राविधिक शिक्षा अध्ययन गर्ने २४ विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने भएको छ । नगरपालिकाभित्र सञ्चालित प्राविधिक शिक्षालयमा तीन वर्षे प्राविधिक शिक्षा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई यस्तो छात्रवृत्ति उपलब्घ गराइने छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख धु्रवराज पौडेलले हरेक वडाका दुई÷दुई विद्यार्थीलाई छात्रवृत्ति रकम उपलब्ध गराउने जानकारी दिए । “प्राविधिक शिक्षाको माध्यमबाट दक्ष जनशक्ति बनेर स्वरोजगार एवं आत्मनिर्भर बन्न सकुन् भनेर प्रोत्साहन स्वरुप छात्रवृत्ति वितरण गर्ने नीति ल्याइएको हो”, उनले भने । नगरपालिकाले प्राविधिक शिक्षा छात्रवृत्ति वितरण कार्यविधि २०७९ जारी गरिसकेको छ । कार्यविधि बमोजिम तीनवर्षे प्राविधिक कोर्स अध्ययन…