प्रदेश खबर

लुम्बिनीमा अलपत्र विद्युतीय सवारी
भरत केसी

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालय परिसर बाहिर पार्किङमा दुई वर्षभन्दा बढी समयदेखि बस र भ्यान राखिएका छन् । ती बस र भ्यान जो कोहिले पनि देख्दा निक्कै आकर्षक छन् । अत्याधुनिक सेवा सुविधासहितका ती विद्युतीय (बिजुली बस) सवारी विगत दुई वर्षभन्दा बढी समयदेखि यत्तिकै अलपत्रजस्तै बनेका छन् । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धस्थल तिलौराकोट, रामग्राम र देवदहसँगलगायतका बुद्धसँग सम्बन्धित क्षेत्रलाई जोड्न र ती क्षेत्रमा पर्यटक आवतजावत सहज बनाउन विदेशी दातृ निकायले ती साधन अनुदानमा उपलब्ध गराएका हुन् । विदेशी दातृ निकायले उपलब्ध गराएका सवारी साधन खुला आकाशमुनि थन्किदा पनि सञ्चालका लागि…

३० करोड लागतमा भेडेटारमा ‘स्काई वाक’ बन्दै
निकासखबर संवाददाता

धनकुटा । भेडेटारमा सिसाको ‘स्काई वाक’ बन्ने भएको छ । सार्वजनिक निजी साझेदारी मोडलमा बन्न लागेको सो परियोजना ३० करोड रुपैयाँ लागतमा सम्पन्न हुने बताइएको छ । वण्डर्स ग्रुप अन्तर्गत वण्डर्स एम्युजमेन्ट पाक्र्स एण्ड अट्याक्सन्स प्रालिले यो परियोजना निर्माण गरिरहेको छ । अहिले जग हाल्ने काम सकिएको कम्पनीका अध्यक्ष प्रबिन्द्र पोख्रेलले जानकारी दिए । स्काइ वाक क्यान्टिलिभर टावरको मोडलमा ५० मिटर लामो बनाइनेछ । स्काइ वाकमा एकैपटकमा २०० जना हिड्न सक्नेछन् । सिसाको स्काइ वाकको तल भीर भएकाले झन् ‘थ्रील’ अनुभव हुने पोख्रेल बताउँछन् । भेडेटारको हालको भ्यु टावर भएको ठाउँमा निर्माण सुरू गरिएको यस परियोजना सन् २०२३ भित्रै सम्पन्न…

प्रदेशको फेर्नुपर्ने भन्दै आन्दोलनको घोषणा
निकासखबर संवाददाता

काठमाडौं । प्रदेशको फेर्नुपर्ने भन्दै आन्दोलनको घोषणाभएको छ । कोशी प्रदेशको पुनः नामाङ्कन माग गर्दै आन्दोलनको घोषणा गरिएको हो । भर्खरै नामाकरण गरिएको कोशी नाम खारेज गर्ने आन्दोलनको नेतृत्व गर्न शुक्रबार ‘प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति’ घोषणा गरिएको छ । किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, नेपाल शेर्पा संघ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, किरात मोर्चा, जनता समाजवादी पार्टीका भ्रातृ संगठन र अन्य सामाजिक तथा सामुदायिक संगठनहरु संलग्न संयुक्त संघर्ष समितिले फागुन २८ गते आमहड्तालसहित चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको हो । चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तर्गत फागुन २५ र २६ गते प्रदेशव्यापाी कालो झण्डा गाड्ने, कोणसभाहरू गर्ने, स्थानीय…

देशी विदेशी षड्यन्त्रविरुद्ध माओवादी आगो बन्नुपर्छः सुबोध शेर्पाली
निकासखबर संवाददाता

काठमाडौं। नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिगका अध्यक्ष सुबोध शेर्पालीले माओवादी एक भएर देशी विदेशी षड्यन्त्रविरुद्ध आगो बन्नुपर्ने बताएका छन् । सर्वोच्च अदालतमा द्धन्द्धकालीन मुद्दा दर्ता भएपछि बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् अध्यक्ष शेर्पालीले नझुक्ने नचुक्ने यात्रामा जुट्नु पर्ने बताएका हुन्। उनले आफ्नो फेसबुकमा लेख्दै, ‘पार्टी सदस्यदेखि हाल केन्द्रीय नेता सबैलाई एउटै सांगठनिक अनुशासनमा परिचालन गरौं’ भनेका छन् । उनले सामाजिक सञ्जालमा अगाडी लेखेका छन– ‘दुई डिजिटको केन्द्रीय समिती र कम्युनिस्ट पार्टीको परम्परा अनुसार एकल नेतृत्व वरिपरि फलामे पर्खाल बनेर माओवादी धार तेज बनाउ। यसैमा हामी सबैको भलो र भविष्य छ। केन्द्रिकृत नेतृत्व चुस्त कमिटी अबको माओवादी बाटो…… ।’

क्यान्सर सङ्क्रमितलाई उपभार खर्च अभाव
निकासखबर संवाददाता

झापा । झापाको गौरादह नगरपालिका वडा नं १ का क्यान्सर सङ्क्रमित नन्दलाल ताजपुरिया विपन्नताका कारण उपचार गर्न नसकेर घरमै थलिएका छन् । फोक्सोको क्यान्सरबाट सङ्क्रमित ताजपुरियाको सामान्य चिया दोकान थियो । रोग लागेपछि उनले पसल बन्द गर्नुपर्ने बाध्यताले आश्रित परिवारसमेत विचल्लीमा परेको छ । आर्थिक अभावकै कारण उपचारमा जान नसक्दा आफ्ना पतिको स्वास्थ्यावस्था दिनानुदिन नाजुक बनिरहेको उनकी पत्नी कुलोमाया ताजपुरियाले बताइन्। जाँच गर्ने आर्थिक अभावकै कारण उनको क्यान्सर कुन चरणमा छ भन्ने पनि थाहा हुन सकेको छैन । बुढालाई रोग लाग्यो, पैसा नभएर औषधी उपचार गर्न नसकेको बताउँदै उनले उपचारमा आर्थिक सहयोगको अपिल गरिन् । आफ्नो ऋणमाथि ऋण रहेको र…