प्रदेश खबर

प्रेस सेन्टर सुनसरीको प्रथम साधारण सभा सम्पन्न, प्रकाश बन्जरालाई सचिवको जिम्मेवारी
निकासखबर संवाददाता

सुनसरी । प्रेस सेन्टर, नेपाल जिल्ला समन्वय समिति सुनसरीको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । इटहरी–६ स्थित पिस जोन स्कुलको हलमा भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल बराल प्रमुख अतिथी रहेका थिए। पार्टीको सुनसरी जिल्ला इन्चार्ज समेत रहेका बरालले बदलिएको परिस्थितिमा पत्रकारहरुले आफूलाई समाहित गरि संचारकर्म गर्न आग्रह गरे । उनले भने–‘प्रविधिको विकासले पत्रकारलाई अझ दक्ष बन्नु पर्ने अवस्था सिर्जना भएको छ ।’ उनले पार्टीले जन सम्बन्ध सुदृढिकरण अभियान संचालन गरिरहेकोले प्रेस सेन्टरले यसलाई सफल बनाउन भूमिका निर्वाह गर्नुपर्ने बताए । त्यसैगरि अर्का केन्द्रीय सदस्य मुक्सामहाङ्ग मेन्याङ्वो ‘मुकेश’ले माओवादी नेतृत्वलाई अहिले चौतर्फी घेराबन्दी गर्दै शान्ति प्रक्रिया…

छ वटा पहिचानवादी पार्टीबीच एकता
निकासखबर संवाददाता

झापा । विभिन्न पहिचानवादी पार्टीबीच एकता भएको छ । झापाको बिर्तामोडमा आज पार्टी एकता घोषणा कार्यक्रमको आयोजना गरी राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाको संयोजकत्वमा विभिन्न छ वटा पहिचानवादी पार्टीहरुबीच एकता भएको हो । राष्ट्रिय जनमुक्ति पार्टी (संघीय परिषद), संघीय लिम्बूवान पार्टी नेपाल, कोचिला संघर्ष समिति, संघीय खम्बूवान लोकतान्त्रिक पार्टी, लिम्बूवान राष्ट्रिय समिति, लोसपा र किराँत लिम्बूवान प्रदेश नामाङ्कन अभियानबीच एकता भएको हो । सम्बद्ध पार्टीका शीर्ष नेताहरुले संयुक्त रुपमा एकता सहमति पत्रमा हस्ताक्षर गरेका छन् । जनमुक्ति पार्टीका महासचिव विष्णु खाम्देनले पहिचानको आन्दोलनलाई व्यवस्थित गर्दै एकता यात्रा शुरु गरिएको बताए । “नेपाली जनता र नेपाली क्रान्तिको आवश्यकतालाई महसुस गरेर…

 संगठन सुदृढीकरण अभियानमा माओवादी केन्द्र
निकासखबर संवाददाता

झापा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र झापा क्षेत्र नं. ३ (क) ले संगठन सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान शुरु गरेको छ । झापाको भद्रपुरमा आज एक कार्यक्रमका बीच पार्टीले औचापरिक रुपमा अभियान शुरु गरेको हो । अभियानको प्रमुख अतिथि पार्टीका कोशी प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ ‘विजय’ले उद्घाटन गरे । जनता नै पार्टीको मूल आधार भएकाले जनतासँगको सम्बन्धलाई अझ बलियो बनाउनु पर्नेमा उहाँले जोड दिए । “जनजीविकासँग जोडिएका हरेक कुरालाई प्राथमिकता दिँदै पार्टी गतिविधि अघि बढाउनु पर्छ”, उनले भने, “पार्टीले उठाएका मुद्दा र सरकारमा गरेका कामको प्रचार–प्रसार गर्न जरुरी छ ।” कार्यक्रममा माओवादी केन्द्र झापा क्षेत्र नं. ३ का संयोजक…

अनुदानलाई उपलब्धीमुलक बनाउन ब्यक्तीमा होइन समुहमा लगानी गरिनेछः मुख्यमन्त्री जम्कट्टेल
निकासखबर संवाददाता

हेटौंडा । वाग्मती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले वाग्म्ती प्रदेशको कृषि क्षेत्रमा गरेको लगानी उपलब्धीमुलक बनाउन समुहमा लगानी गर्ने बताएका छन् । हेटौंडामा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती , नेपाल राष्ट्रिय कर्मचारी संगठन, कर्मचारी संगठन महासंघ र प्रगतिशिल स्वास्थ्यकर्मी महासंघको संयुक्त भेलाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । बिगतमा प्रदेश सरकारले गरेको लगानीले जनजिवनमा प्रभाब परेको नदेखिएकोले यसपटक भने समुह वा वडालाई नै पकेट क्षेत्र बनाएर कृषिमा लगानी गर्ने उनले बताए । प्रदेश सरकारले हरेकक्षेत्रमा उपलब्धीमुलक कार्य गर्नको लागि निर्माण क्षेत्रमा पनि साना लगानी भन्दा ठुला आयोजनाहरुमा लगानी गरेर जनताले महशुस गर्न सक्ने विकास निर्माण गर्ने योजना रहेको…

तीनै तहको सरकारलाई बलियो बनाउनुपर्छः मन्त्री शर्मा
निकासखबर संवाददाता

तनहुँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले तीनै तहको सरकारलाई बलियो बनाउनुपर्ने बताएकी छन्  ।  तनहुँको आँबुखैरेनी गाउँपालिकाको सातौँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले बलिदान र सङ्घर्षबाट प्राप्त भएको उपलब्धिविरुद्ध षड्यन्त्र हुन थालेकाले त्यस्ता षड्यन्त्रलाई असफल बनाइने उल्लेख गरिन्  । मन्त्री शर्माले तीनै तहको सरकारबीच समन्वय र सहकार्य हुँदा नै देश विकास सम्भव रहेको बताइन् । संविधानले तीन तहको सरकारको परिकल्पना गरेको उल्लेख गर्दै उनले संविधानले नै तीनै तहका सरकारको अधिकारलाई व्यवस्थित गरेको बताइन् । उनले भनिन्, “स्थानीय तह जनताको नजिकको सरकार हो । जनताको सुखदुःखको साथी हो ।” विकास निर्माणमा सरकार प्रतिबद्ध…