अनुदानलाई उपलब्धीमुलक बनाउन ब्यक्तीमा होइन समुहमा लगानी गरिनेछः मुख्यमन्त्री जम्कट्टेल

निकासखबर संवाददाता

हेटौंडा । वाग्मती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले वाग्म्ती प्रदेशको कृषि क्षेत्रमा गरेको लगानी उपलब्धीमुलक बनाउन समुहमा लगानी गर्ने बताएका छन् । हेटौंडामा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती , नेपाल राष्ट्रिय कर्मचारी संगठन, कर्मचारी संगठन महासंघ र प्रगतिशिल स्वास्थ्यकर्मी महासंघको संयुक्त भेलाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

बिगतमा प्रदेश सरकारले गरेको लगानीले जनजिवनमा प्रभाब परेको नदेखिएकोले यसपटक भने समुह वा वडालाई नै पकेट क्षेत्र बनाएर कृषिमा लगानी गर्ने उनले बताए । प्रदेश सरकारले हरेकक्षेत्रमा उपलब्धीमुलक कार्य गर्नको लागि निर्माण क्षेत्रमा पनि साना लगानी भन्दा ठुला आयोजनाहरुमा लगानी गरेर जनताले महशुस गर्न सक्ने विकास निर्माण गर्ने योजना रहेको उनको भनाइ छ । कर्मचारीहरुको बिषयमा बोल्दै उनले कर्मचारी संगठनहरुले बिषय र योजना बनाउदा करार र अस्थाई कर्मचारीहरुको पनि हकहितको बिषय समेट्न उहाँले आग्रह गरे । तल्लो दर्जाको कर्मचारीको हकहितको विषयमा पनि गम्भिर बन्न सुझाए ।

कर्मचारीहरुको समग्र समस्या समाधानको लागि र कर्मचारीलाई सेवाग्रहीप्रती थप उत्तरदायी बनाउन प्रदेश सरकारले गर्नुपर्ने कामको बिषयहरुमा सुझाबदिन समेत उहाँले कर्मचारीहरुलाई नै आग्रह गर्दै कर्मचारीहरुले पनि सरकारलाई सफल बनाउन लागिपर्नुपर्ने बताए ।
मुख्यमन्त्री जम्कट्टेलले नेकपा एमालेसंगको गठबन्धन टुट्नुमा एमाले अध्यक्ष केपी शर्मा ओली जिम्मेवार रहको आरोप लगाउँदै शान्तिप्रक्रिया टुंगोमा पुर्याउने मुद्धा ओलीले वास्ता नगरेको कारण सम्बन्ध चिस्सिएको बताए । बाहिर हेर्दा राष्ट्रपती पदको मात्र मुद्धा जस्तो देखिएपनि भित्रीरुपमा शान्तिप्रक्रियाको विषयमा कुरा नमिलेको उनको भनाई रहेको छ ।

मा प्रकाशित