प्रेस सेन्टर सुनसरीको प्रथम साधारण सभा सम्पन्न, प्रकाश बन्जरालाई सचिवको जिम्मेवारी

निकासखबर संवाददाता

सुनसरी । प्रेस सेन्टर, नेपाल जिल्ला समन्वय समिति सुनसरीको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । इटहरी–६ स्थित पिस जोन स्कुलको हलमा भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल बराल प्रमुख अतिथी रहेका थिए। पार्टीको सुनसरी जिल्ला इन्चार्ज समेत रहेका बरालले बदलिएको परिस्थितिमा पत्रकारहरुले आफूलाई समाहित गरि संचारकर्म गर्न आग्रह गरे ।

उनले भने–‘प्रविधिको विकासले पत्रकारलाई अझ दक्ष बन्नु पर्ने अवस्था सिर्जना भएको छ ।’ उनले पार्टीले जन सम्बन्ध सुदृढिकरण अभियान संचालन गरिरहेकोले प्रेस सेन्टरले यसलाई सफल बनाउन भूमिका निर्वाह गर्नुपर्ने बताए ।
त्यसैगरि अर्का केन्द्रीय सदस्य मुक्सामहाङ्ग मेन्याङ्वो ‘मुकेश’ले माओवादी नेतृत्वलाई अहिले चौतर्फी घेराबन्दी गर्दै शान्ति प्रक्रिया भांड्ने कोसिस भइरहेकोले प्रेस सेन्टरले त्यसको शसक्त प्रतिवाद गर्नुपर्ने बताए ।

सेन्टरका केन्द्रीय उपाध्यक्ष विवेक गौतमले संगठनले देशैभरि हस्तक्षेपकारी भूमिका खेलिरहेको बताए । नेपाल पत्रकार महासंघ कोसी प्रदेश महासचिवसमेत रहेका गौतमले महासंघ शुद्धिकरण अभियानमा रहेकोले त्यसमा सचेत रहन आग्रहसमेत गरे । सेन्टरका कोसी प्रदेश अध्यक्ष विनोद घिमिरेले साधारणसभा सफलताको शुभकामना व्यक्त गर्दै कोसी प्रदेशका जिल्ला संगठनहरुमध्ये सुनसरी गतिशिल रहेको बताए ।

त्यसैगरि, पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, नेपाल प्रेस युनियन कोसी प्रदेश महासचिव संजिव वाग्लेले पनि साधारण सभा सफलताको शुभ(कामना दिंदै सेन्टरसंगको चलिरहेको सहकार्यलाई दिर्घकालीन रुपमा अघि बढाउन युनियन इच्छुक रहेको बताए ।

साधारण सभाको अवसरमा इटहरीका सक्रिय पत्रकार प्रकाश बन्जरा प्रेस सेन्टरमा प्रवेश गरेका थिए । उनलाई सेन्टरका केन्द्रीय उपाध्यक्ष विवेक गौतम, उप–महासचिव राजन केडीलगायतले संगठनमा स्वागत गरेका छन् ।सनिबारको साधारण सभाले बन्जरालाई प्रेस सेन्टरको सुनसरी सचिवमा मनोनित समेत गरेको छ ।
साधारण सभामा सेन्टरका सुनसरी जिल्ला अध्यक्ष तिर्थ कार्कीले सांगठानिक प्रतिवेदन पेश गरेका थिए । आर्थिक प्रतिवेदन कोषाध्यक्ष विनिता कटुवालले प्रस्तुत गरेकी थिइन् । साङ्गठनिक र आर्थिक प्रतिवेदनलाई साधारण सभाले अनुमोदन गरेको छ ।

मा प्रकाशित