प्रदेश खबर

राजनीतिमा कायम सिन्डिकेटका विरुद्धराष्ट्रवादी शक्तिहरु एक हुन पर्छः कमल थापा
निकासखबर संवाददाता

नेपालगन्ज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भ्रष्टाचार र बिदेशी हस्तक्षेपको अन्त्य, सनातन धर्म संस्कृतिको रक्षा र राजनीतिमा कायम सिन्डिकेटको अन्त्यका निमित्त सम्पूर्ण राष्ट्रवादी शक्तिहरु एक ठाउँमा उभिन आह्वान गरेका छन् । आज नेपालगन्जमा आयोजित पार्टीका अगुवा कार्यकर्ता भेटघाट एबं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताउका हुन् । उनले भने –‘राजनीतिक दलका नेता र विभिन्न शक्तिकेन्द्रहरूलाई म विनम्रतापूर्वक सम्झाउन चाहन्छु कि जनता तपाईहरुको कमारा वा दास होइनन्,अहिले जनतालाई तन्त्रमन्त्र वा वादविवाद होइन शान्ति र स्थिरता चहिएको छ, विकास चाहिएको छ, रोजगारी चाहिएको छ, गरी खाने वातावरण चाहिएको छू। उनले गणतन्त्रले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सकेन भने जनता विकल्प…

जंगलमा लागेको आगोले खोस्यो घरबास
निकासखबर संवाददाता

तेह्रथुम । तेह्रथुमकाे लालीगुराँस नगरपालिका–६ सुङनामकी ४६ वर्षीया रनमाया तामाङ सोमबार बिहान जलेर खरानी भएको घरअगाडि टोलाइरहेकी थिइन् । घर अगाडिको बारीको पाटामा दुई छोरा बसेर त्यही जलेको घर हेरिरहेका थिए । आइतबार आगोले ध्वस्त घरबाट सोमबार बिहानसम्म पनि धुँवा आइरहेको थियो । उनका श्रीमान् पञ्चबहादुर तामाङ घुँडा दुख्ने समस्या भएपछि उपचार गराउन घरमा आगो लागेको दिन शनिबार बिहान धरान गएका थिए । आइतबार घरसहित सम्पूर्ण सम्पत्ति जलेर खरानी भयो । उनी उपचारमै छन् । घर फर्किन सकेका छैनन् । फर्किएर पनि उनी बास बस्ने घर छैन । फुसको छाना हटाएर जस्तापाता लगाउन बाख्रा र गोरु बिक्री गरेर जम्मा गरेको…

ओखलढुंगाका २१ दुर्घटनामा २६ जनाको मृत्यु
निकासखबर संवाददाता

काठमाडौं । ओखलढुंगामा गत फागुन २१ गते चिशङ्खुगढीको दियालेमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भयो भने बाह्र जना घाइते भए।  खानीभञ्ज्याङबाट ओखलढुङ्गा सदरमुकाम आउँदै गरेको ना १ ज ८४७३ नंको जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै ज्यान गएको थियो ।  कच्ची सडकमा कोचाकोच यात्रु बोक्नु नै दुर्घटनाको प्रमुख कारण हो। पाँचजनाको क्षमता भएको जिपमा १४ यात्रु सवार रहेका र बढी यात्रु भएकै कारण अनियन्त्रित भइ जिप दुर्घटना भएको प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।सडक मापदण्ड अनुसारका नहुनु र जथाभावी खनिएका साँघुरा सडकका साथमा असाध्यै उकालो, ओरालो र घुम्ती नमिलेका सडक र यात्रुमा कोचेर बोक्ने चलन भएकाले दुर्घटना बढेको उनले बताए ।…

संघीय शिक्षा विधेयक छिट्टै संसदमा पेश गर्छौंः प्रधानमन्त्री
निकासखबर संवाददाता

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को छैठौं राष्ट्रिय महाधिवेशन साेमबारदेखी शुरु भएको छ। तीनदिनसम्म चल्ने महाधिवेशनको आज काठमाडौंको राष्ट्रिय सभागृहमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका हुन् । दुई दिनसम्म चल्ने बन्दसत्र भने क्वालिटि ब्यांक्वेट बुद्धनगरमा हुने संगठनले जनाएको छ । महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकभित्र राजनीतिक चेतना विस्तार गर्दै जनतालाई जागृत तुल्याउनका लागि शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताए । देशका गाउँ–गाउँ र टोलटोलमा रहेर राजनीतिक परिवर्तन र जनचेतना विस्तारका लागि शिक्षकले खेलेको भूमिकाको पनि उनले मुक्तकण्ठले प्रशंसा गरे । शिक्षा क्षेत्र र शिक्षक पेसालाई व्यवस्थित बनाउन अझै धेरै काम बाँकी रहेको उल्लेख…

पत्रकार टिआर शर्मा र भगवति पाण्डेले गरे चौतारीको कल्याणकारी कोषमा सहयोग घोषणा
निकासखबर संवाददाता

बुटवल । प्रेस चौतारी नेपाल रुपन्देहीले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा संगठनका केन्द्रीय सदस्य टिआर शर्मा र जिल्ला उपाध्यक्ष भगवति पाण्डेले सहयोगको घोषणा गरेका छन् । प्रेस चौतारी रुपन्देहीको आइतबार बसेको सातौं पूर्ण बैठकका अवसरमा केन्द्रीय सदस्य शर्माले कल्याणकारी कोषका लागि २५ हजार ५५५ रुपियाँ सहयोग गर्ने घोषणा गरेका हुन् । पत्रकारहरुको हितका चौतारी रुपन्देहीले निकै सह्रानीय काम गरेको भन्दै उनले यसमा आफ्नो पनि योगदान रहने भन्दै उक्त रकम प्रदान गर्ने घोषणा गरेका हुन् । त्यस्तै संगठनकी जिल्ला उपाध्यक्ष भगवति पाण्डेले आफूले यसअघि ५ हजार रुपियाँ कोषमा सहयोग गरेकोमा आइतबार आफ्नो जन्मदिनको अवसरमा कल्याणकारी कोषमा १५ हजार पु¥याउने घोषणा गरिन्…