ओखलढुंगाका २१ दुर्घटनामा २६ जनाको मृत्यु

निकासखबर संवाददाता

काठमाडौं । ओखलढुंगामा गत फागुन २१ गते चिशङ्खुगढीको दियालेमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भयो भने बाह्र जना घाइते भए।  खानीभञ्ज्याङबाट ओखलढुङ्गा सदरमुकाम आउँदै गरेको ना १ ज ८४७३ नंको जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै ज्यान गएको थियो ।  कच्ची सडकमा कोचाकोच यात्रु बोक्नु नै दुर्घटनाको प्रमुख कारण हो।

पाँचजनाको क्षमता भएको जिपमा १४ यात्रु सवार रहेका र बढी यात्रु भएकै कारण अनियन्त्रित भइ जिप दुर्घटना भएको प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।सडक मापदण्ड अनुसारका नहुनु र जथाभावी खनिएका साँघुरा सडकका साथमा असाध्यै उकालो, ओरालो र घुम्ती नमिलेका सडक र यात्रुमा कोचेर बोक्ने चलन भएकाले दुर्घटना बढेको उनले बताए ।

पछिल्लो तीन वर्षमा ओखलढुंगामा भएका २१ सवारीसाधन दुर्घटनामा परेर २६ जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्क रहेको छ । यी २६ दुर्घटनामा ७० जना घाइते भएका छन् । प्रहरीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा दुई सवारीसाधन दुर्घटना हुँदा चारजनाको मृत्यु भएको थियो भने आव २०७८/७९ मा नौ सवारीसाधन दुर्घटना हुँदा १८ जनाको मृत्यु र ४० जना घाइते भएका थिए।

चालु आव २०७९/८० मा हाल सम्म १० सवारीसाधन दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने ३० घाइते भएका छन्। पछिल्लो समय सवारीसाधन दुर्घटना बढेका प्रहरीले जनाएको छ ।

 

मा प्रकाशित