प्रदेश खबर

सिन्धुली दुर्घटनामा भएका घाइतेलाई हेलिकोप्टरबाट उद्धार
निकासखबर संवाददाता

सिन्धुली । सिन्धुली–चकमके सडक खण्ड अन्तरगत तिनपाटन गाउँपालिका २ गैरीमा बोलेरो र मोटरसाइकल एक आपस ठोक्किंदा एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा कमलामाई नगरपालिका–७ रामपुरका २५ वर्षीय तेजबहादुर सिजाली रहेका छन् । बिहीबार बिहान तिनपाटन ९ आम्बोटेबाट सिन्धुलीमाढीतर्फबाट आउँदै गरेको बा प्र ०१–०२७ च ४३७२ नम्बरको बोलेरो र सिन्धुलीबाट तिनपाटनतर्फ जाँदै गरेको ग ८ प ६४५८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किंदा मोटरसाइकल चालक तेजबहादुर सिजाली गम्भीर घाइते भएका हुन्। गम्भीर घाइतेको थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं लगिएको छ । गम्भीर घाइते सिजालीको सिन्धुली अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि फिस्टेल एयरको नाइनएन एजिआर हेलिकोप्टर मार्फत…

सरकारी कर्मचारी नै स्ववियु निर्वाचनमा एमाले अखिलको उम्मेदवार
निकासखबर संवाददाता

काठमाडाैं ।  पोखरा नर्सिङ क्याम्पसमा सरकारी कर्मचारी नै स्ववियु निर्वाचनमा उम्मेदवार भएको पाइएको छ । पोखरा नर्सिङ क्याम्पसमा बेनी अस्पतालपमा कार्यरत पाँचौँ तहकी स्थायी कर्मचारी स्टाफ नर्स स्ववियु निर्वाचनमा उमेदवार भएको पाइएको हो । निजामती किताबखानाको कर्मचारी संकेत नम्बर २२२८४८ रहेको अञ्जना अधिकारी बिएन अध्ययनका लागि तलबी बिदामा नेपाल सरकारको छात्रवृत्तिअन्तर्गत हाल चिकित्सा शास्त्र अध्ययन संस्थान, पोखरा नर्सिङ क्याम्पसमा अध्ययनरत रहेकी छन् । सरकारी तलबसहित छात्रवृत्ति अध्यन बिदा पाएकी उनी नेकपा एमालेको भ्रातृसंस्था एमाले अखिलको तर्फबाट चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा सभापतिको उम्मेदवार बनेकी हुन् । यस्तै, दिपिका धिताल रुकुम पूर्व जिल्ला अस्पतालमा कार्यरत स्थायी स्टाफ नर्स हुन् । पाँचौँ तहकी धितालको…

स्ववियु निर्वाचन: ६६ क्याम्पसमा निर्विराेध, अखिल क्रान्तिकारी ३२ क्याम्पसमा
निकासखबर संवाददाता

काठमाडाैं । विद्यार्थी संगठनहरूले स्ववियु चुनावको प्रचारप्रसारमा तीव्र रूपमा अघि बढाएका छन् । स्ववियु चुनाव त्रिभुवन विश्वविद्यालय र आंगिक क्याम्पसहरूमा  चैत ५ मा हुने निर्वाचनका लागि संगठनहरुले चुनाव प्रचार तिब्र पारेका हुन् । चुनावअघि नै केही क्याम्पसहरूमा स्ववियुमा विद्यार्थी संगठनका उम्मेदवार सभापतिसहित कार्यसमितिमा निर्विरोध निर्वाचित पनि भएका छन् । विद्यार्थी संगठनको क्याम्पसमा रहेको बाहुल्यताका आधारमा केही ठाउँमा निर्विरोध स्ववियु कार्यसमिति चयन भएका छन् । अहिलेसम्म स्ववियुमा निर्विरोध निर्वाचित हुनेको अग्रस्थानमा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारी रहेकाे छ । दोस्रोमा अनेरास्ववियु रहँदा तेस्रो स्थानमा नेपाल विद्यार्थी संघ छ । ३२ वटा क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियु क्रान्तिकारी निर्विरोध निर्वाचित भएको क्रान्तिकारीकी अध्यक्ष पञ्चा…

श्रीमानको मृत्यु प्रमाणपत्र बनाएर श्रीमतीलाई एकल महिला भत्ता!
निकासखबर संवाददाता

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ३ मा श्रीमानले श्रीमतीलाई एकल महिला भत्ता दिलाएका छन् । मन्थली नगरपालिका वडा नं ३ बस्ने रामबाबु खत्रीले आफ्नो मृत्यु प्रमाणपत्र बनाएर श्रीमती निर्मला खत्रीलाई झन्डै १२ महिनाको एकल महिला भत्ता खुवाएका हुन् । खत्री केही समय अघि जिल्ला प्रशासन कार्यालय र त्यसपछि सरुवा भएर जिल्ला कारागार रामेछापमा कार्यरत थिए। श्रीमतीलाई भत्ता खुवाएको पत्ता लागेपछि कारबाही हुने डरले खत्रीले जिल्ला कारागार सरुवा भएका थिए। त्यसको केही समयमै उनले जागिरबाट राजीनामा दिए। कारबाहीको डरले चाँडै राजीनामा दिएको हुनसक्ने जानकारहरू बताउँछन्। तत्कालीन वडा सचिव शिवकुमार महतोले २०७८ साल भदौ २१ गते नै बिधुवा भत्ताको परिचयपत्र…

विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण
निकासखबर संवाददाता

ढल्केबर ।  केही वर्षअघिसम्म घरका भित्ता र सडकमा समेत गाईवस्तुका गोबरलाई गुइँठा बनाएर सुकाई खाना पकाउने इन्धनको रूपमा प्रयोग गर्ने मधेस प्रदेशका ग्रामीण क्षेत्रका वासिन्दा आजभोलि विद्युतीय चुलोतिर आकर्षित भएका छन् । गाउँ–गाउँसम्म केन्द्रीय प्रसारणको विद्युत् लाइन विस्तार भएसँगै भान्छामा स्वच्छ ऊर्जाको प्रयोग गर्नु पर्दछ भन्ने जनचेतनाका कारण विद्युतीय चुलोको प्रयोग बढ्न थालेको हो । अधिकांश युवा वैदेशिक रोजगारमा जाने गरेको र कतिपय व्यक्तिहरूले स्वदेशमै विभिन्न व्यवसायमा संलग्न भएसँगै परिवारको आर्थिक स्थितिमा सुधार आउँदा पक्की घरको निर्माण गर्ने, भान्छामा एलपी ग्यास वा विद्युतीय चुलोको प्रयोगलाई प्राथमिकता दिन थालिएको छ । एलपी ग्यास प्रयोग गर्न सजिलो भए पनि कहिलेकाहीँ खोजेको बेला…