सिन्धुली दुर्घटनामा भएका घाइतेलाई हेलिकोप्टरबाट उद्धार

निकासखबर संवाददाता

सिन्धुली । सिन्धुली–चकमके सडक खण्ड अन्तरगत तिनपाटन गाउँपालिका २ गैरीमा बोलेरो र मोटरसाइकल एक आपस ठोक्किंदा एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा कमलामाई नगरपालिका–७ रामपुरका २५ वर्षीय तेजबहादुर सिजाली रहेका छन् ।

बिहीबार बिहान तिनपाटन ९ आम्बोटेबाट सिन्धुलीमाढीतर्फबाट आउँदै गरेको बा प्र ०१–०२७ च ४३७२ नम्बरको बोलेरो र सिन्धुलीबाट तिनपाटनतर्फ जाँदै गरेको ग ८ प ६४५८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किंदा मोटरसाइकल चालक तेजबहादुर सिजाली गम्भीर घाइते भएका हुन्।

गम्भीर घाइतेको थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं लगिएको छ । गम्भीर घाइते सिजालीको सिन्धुली अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि फिस्टेल एयरको नाइनएन एजिआर हेलिकोप्टर मार्फत काठमाडौं पठाइएको सिन्धुली अस्पतालका अध्यक्ष शतिसचन्द्र ढकालले बताए ।

सिजालीको टाउकोमा गम्भीर चोट लागेको छ । सिजालीलाई ठक्कर दिने बोलेरोलाई प्रहरीले नियन्त्रणमा लिए पनि बोलेरोको चालक भने फरार रहेका छन्।

मा प्रकाशित