प्रदेश खबर

महेन्द्रमोरङ क्याम्पसमा लगायो एमाले अखिलले ताला
निकासखबर संवाददाता

मोरङ । कोशी प्रदेशको ठुलो शैक्षिक संस्था विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुले तालाबन्दी गरेको छ।  क्याम्पस प्रशासनले निर्वाचन आचारसंहितको उल्लंघन गर्दै गैरजिम्मेवार ढंगले नेविसंघका उम्मेदवारलाई भोट मागेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो । अनेरास्ववियुका नेता भाष्कर खनालले क्याम्पस प्रशासनले व्यक्तिगत रूपमा विद्यार्थीहरुलाई नेविसंघमा भोट हाल्नका लागि धम्की दिएको आरोप लगाए । प्रशासनले नै कुनै विद्यार्थी संगठनलाई भोट माग्न थालेपछि आफूहरू त्यसको प्रतिकारमा उत्रिएको खनालले बताए। यता अनेरास्ववियु मोरङका अध्यक्ष तुलसी घिमिरेले नेविसंघले पराजित मानसिकता बोकेर नर्सिङ क्याम्पसमा तालाबन्दी गरेको र महेन्द्र मोरङमा क्याम्पसमा प्रशासनदेखि निर्वाचन समिति नै नेविसंघको पक्षमा देखिएको कारण तालाबन्दी गरेको बताए । अनेरास्ववियुले…

पत्रकारितासँगै व्यावसायिक अचार उत्पादनमा ‘बन्दना’
निकासखबर संवाददाता

पाल्पा । व्यक्ति एक ठाउँअनुसार उसको भूमिका अनेक हुन सक्छन् भन्ने उदाहरणीय बन्नुभएको छ, बन्दना पोखरेल । पत्रकारिता, सामाजिक अभियान्ताको रुपमा पाल्पामा राम्रो पहिचान बनाएकी पोखरेलको परिचय हिजोआज उद्यमीसँग जोडिएको छ । पाल्पामा सक्रियरुपमा पत्रकारितासँगै महिला सशक्तीकरण, महिला हिंसाविरुद्ध सशक्तरुपमा नेतृत्व गर्दै आएकी पोखरेल यतिबेला अचार उद्यमीको रुपमा  कहलिएकी  छन्। पत्रकारिता गर्ने क्रममा गाउँघरका महिला, किसान, अन्याय, हिंसा, समानता, सशक्तीकरणका कुरामा कलम चलाउने र उनीहरुका आवाजलाई मिडियामा ल्याउने क्रममा आफू पनि यसबाट प्रभावित भएर व्यवसायमा होमिएको उनले बताइन् । एक वर्षअघिदेखि उहाँले रामपुरमा अचार उत्पादन सुरु गरेकी छन्  । पारिवारिक अवस्था अब्बल रहे पनि आफ्नो व्यवसायबाट अरु महिलाले पनि सिको…

जीर्णाेद्धारपछि चिटिक्क कालिका मन्दिर
निकासखबर संवाददाता

बलेवा । भूकम्पले क्षतिग्रस्त भएको प्रसिद्ध कालिका भगवती मन्दिरको जीर्णाेद्धार गरिएको छ । मन्दिरको कलात्मक ढङ्गले भक्तपुरको इँटा प्रयोग गरी जीर्णाेद्धार गरिएको हो । मन्दिरको छानो ताम्रपत्रले छाइएको छ । भक्तपुरे साना इँटाको प्रयोगले मन्दिरलाई थप आकर्षक बनाएको हो । मुख्य मन्दिरलाई पुरानै शैलीमा आकर्षक ढङ्गबाट निर्माण गरिएको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । मन्दिर परिसरका अन्य संरचना आधुनिक ढङ्गबाट निर्माण गरिएको छ । मन्दिरमा सत्तल, हवन कुण्डलगायतका संरचना निर्माणाधीन अवस्थामा छन् । गुठी व्यस्थापन समितिको पञ्चवर्षीय रणनीतिक सुधार कार्यक्रमअनुसार मन्दिरको स्वरुप कलात्मक ढङ्गबाट निर्माण गरिएको हो । थप संरचना पुरातात्विक शैलीमा निर्माण गरिने अध्यक्ष खड्काको भनाइ…

बागमती प्रदेशका मुख्यमन्त्रीले आगामी साता विश्वासको मत लिने
निकासखबर संवाददाता

काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आगामी साता विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री जम्मकट्टेलले आगामी बुधबार विश्वासको मत लिन लागेको प्रदेशसभा सचिवालयले जनाएको छ । सोही प्रयोजनको निम्ति प्रदेशसभा सचिवालयले चैत ८ गने दिउँसो ३ बजे बैठक बोलाएको छ । बागमती प्रदेश सरकारको वर्तमान क्याबिनेटमा माओवादी केन्द्र र एमालेका मन्त्री छन् । प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा पनि माओवादी र जनमत पार्टीका मन्त्री मात्रै छन् । वागमती प्रदेशमा पनि राप्रपाले सरकारमा सहभागी आफ्ना तीन जना मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ ।

पत्रकार महासंघ सुनसरीका अध्यक्ष राई पक्राउ
निकासखबर संवाददाता

सुनसरी । प्रहरीले नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईलाई पक्राउ गरेको छ । बिहीवार कोशी प्रदेश खारेजको माग गर्दै प्रदेशभा अगाडि कविता बाचन गरेको आरोपमा राईलाई प्रहरीले पक्राउ गरेको हो । राईसँगै सञ्जय याख्खालाई पनि प्रहरीले पक्राउ गरेको छ । राई र याक्खाले प्रदेशसभा भवन अगाडि कोशी प्रदेश खारेजीको माग गर्दै कविता बाचन गरेका थिए ।