बागमती प्रदेशका मुख्यमन्त्रीले आगामी साता विश्वासको मत लिने

निकासखबर संवाददाता

काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आगामी साता विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री जम्मकट्टेलले आगामी बुधबार विश्वासको मत लिन लागेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सोही प्रयोजनको निम्ति प्रदेशसभा सचिवालयले चैत ८ गने दिउँसो ३ बजे बैठक बोलाएको छ । बागमती प्रदेश सरकारको वर्तमान क्याबिनेटमा माओवादी केन्द्र र एमालेका मन्त्री छन् । प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा पनि माओवादी र जनमत पार्टीका मन्त्री मात्रै छन् ।

वागमती प्रदेशमा पनि राप्रपाले सरकारमा सहभागी आफ्ना तीन जना मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ ।

मा प्रकाशित