देशी विदेशी षड्यन्त्रविरुद्ध माओवादी आगो बन्नुपर्छः सुबोध शेर्पाली

निकासखबर संवाददाता

काठमाडौं। नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिगका अध्यक्ष सुबोध शेर्पालीले माओवादी एक भएर देशी विदेशी षड्यन्त्रविरुद्ध आगो बन्नुपर्ने बताएका छन् ।

सर्वोच्च अदालतमा द्धन्द्धकालीन मुद्दा दर्ता भएपछि बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् अध्यक्ष शेर्पालीले नझुक्ने नचुक्ने यात्रामा जुट्नु पर्ने बताएका हुन्।

उनले आफ्नो फेसबुकमा लेख्दै, ‘पार्टी सदस्यदेखि हाल केन्द्रीय नेता सबैलाई एउटै सांगठनिक अनुशासनमा परिचालन गरौं’ भनेका छन् । उनले सामाजिक सञ्जालमा अगाडी लेखेका छन– ‘दुई डिजिटको केन्द्रीय समिती र कम्युनिस्ट पार्टीको परम्परा अनुसार एकल नेतृत्व वरिपरि फलामे पर्खाल बनेर माओवादी धार तेज बनाउ। यसैमा हामी सबैको भलो र भविष्य छ। केन्द्रिकृत नेतृत्व चुस्त कमिटी अबको माओवादी बाटो…… ।’

मा प्रकाशित