भिसा लगाईदिन्छु भन्दै गुरुङ्गले पैसा मात्रै लगेः पिडीत

निकासखबर संवाददाता

मोरङ । वैदेशिक रोजगारिको लागि कतार स्थित ॐ करण कम्पनिमा गएका उर्लाबारी –३ थापा चोकका सुमन खड्का कम्पनिले भनेजस्तो सुविधा नदिएपछि कम्पनिबाट भागेर सनईया ३६ प्लाजा महलको एक घडी पसलमा काम गर्न थाले ।

उक्त पसलका संचालक नेपाली नै भएको नाताले सुमन सहजताका साथ पसलमा काम गर्न थालेका थिए । तर, पसल संचालक ईलामका भोजराज गुरुङ्ग सोचेजस्तो विश्वासका पात्र नभएको सुमनको भनाइ छ ।

सन् २०२० को मार्चमा उक्त पसलमा सेल्स ब्वाईको रुपमा कार्यरत सुमन आफु नेपाल फर्कन चाहन्थे । देश फर्कने आशाले उक्त पसलमा काम गर्दे आएका सुमनसँग राहदानी नभएको फाईदा उठाउदै संचालक गुरुङ्गले नेपाल फर्काईदिने भन्दै ९ हजार कतारी रियल करिव ३ लाख २० हजार नेपाली रुपैयाँ लिएको तर नेपाल नफर्काइदिएको सुमनले बताए ।

नेपाल फर्काईदिन्छु भनेर उनले आफुसँग लाखौं पैसा लिएपनि फर्काउन नसकेको र अवैधानिक भन्दै प्रहरी लगाएर सन् २०२२ सेक्टेम्बर ११ मा पसलबाटै पक्राउ गराएको उनको गुनासो छ ।

कतारको जेलमा २ महिना बिताएपछि कतार सरकारले आफुलाई सन् २०२२ अक्टुबर २३मा नेपाल फर्काएको सुमन बताउछन् । काठमाडौंबाट घर फर्कने पैसा नभएपछि परिवारले १०हजार पठाएर आफु घर फर्किएको उनले बताए ।

अहिले नेपालमा वेरोजगार भएर बस्नुपर्ने अवस्था आएपछि सुमन उक्त पसल संचालक गुरुङ्लाई पैसा फिर्ता गर्न अनुरोध गरेको बताउछन् । तर गुरुङ्ग पैसा फिर्ता नगर्ने मनशायले हरेक पटक हप्तादिनपछि दिन्छु भन्दै टार्दै आएको सुमनको भनाइ छ ।

सुमन जस्तै अर्का पिडित हुन्, मंगलबारे कै विवेक अधिकार‌ी पनि रहेका छन् । उनको पनि कथा उस्तै हो । गुरुङ्गकै पसलमा कार्यरत अधिकारीलाई पनि स्वोदेश फर्काईदिने भन्दै ८ हजार कतारी रियल करिव २ लाख ८० हजार नेपाली रुपैयाँ लिएको तर फिर्ता नदिएको उनी बताउँछन् । विदेशी भुमीमा एक नेपालीले अर्को नेपालीलाई ठगेर पैसा कमाउने प्रवृती बढ्दो रहेको र आफु जस्ता अरु धेरै रहेको अधिकारीले बताए । उनलाइ पनि गरुङले न भिसा लगाईदिन सके न त कतारी आईडी कार्ड बनाइदिन नै फोगटमा झुल्याएर पैसा खाइदिए ।

अहिले सुमन र विवेक दुवैजना नेपाल फर्किएर अवसरको खोजीमा छन् । उनीहरु आफ्नो पैसा फिर्ता पाए केहि सीप सिक्ने र आत्मानिर्भर बन्ने आशामा बसिरहेको बताउछन् ।
यस विषयमा बुझ्न खोज्दा गरुङसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा नै आउन चाहेनन् ।

मा प्रकाशित