धनकुटामा एक बृद्वकाे विभत्स हत्या

निकासखबर संवाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी–५ ज्यामिरेमा शुक्रबार एक वृद्धको हत्या भएको छ । स्थानीय ७० वर्षका मानबहादुर बस्नेतको विभत्स रुपमा हत्या भएको हो ।

हत्या राति नै भएको हुन सक्ने भएपनि प्रहरीलाई बिहान मात्र जानकारी आएको प्रहरीले जनाएको छ । निमित्त जिल्ला प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुवँरका अनुसार हत्या गरिएका वृद्धको टाउको घटनास्थलबाट एक किलोमिटर टाढा रहेको र शरिरको अन्य भाग भने उनको घरैमा रहेको छ ।

घटनास्थल महालक्ष्मी नगरपालिकाको मुकाम जीतपुर बजारबाट ९ र लेगुवा बजारबाट २ किलोमिटरको दुरीमा पर्दछ । घटना भएको थाहा पाएपछि आफुहरु त्यसतर्फ जाँदै गरेको र घटनाबारे घटनास्थल पुगेर मात्र विस्तृतमा जानकारी पाउन सकिने उनले बताए ।
हत्या भएका बृद्व अपांगता रहेका बताइएको छ ।

मा प्रकाशित