प्रदेश खबर

उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा
निकासखबर संवाददाता

काठमाडौं। प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो। बारा जिल्ला क्षेत्र नं २, चितवन जिल्ला क्षेत्र नं २ र तनहुँ जिल्ला क्षेत्र नं १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ। मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिन बिदा हुने मन्त्रालयले जनाएको छ।

आठ पटक मन्त्रिपरिषद् विस्तार हुँदा कुन-कुन समयमा काे-काे मन्त्रि भए ?
निकासखबर संवाददाता

काठमाडौं । १० दलको समर्थनमा प्रधानमन्त्री भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री नियुक्त भएयता ६ पटकसम्म मन्त्रिपरिषद् विस्तार र पुनर्गठन गरिसकेका छन् । पुष ११ गते नै उनले सानो आकारको मन्त्रिमण्डल बनाएका थिए । यसैबीच प्रधानमन्त्री दाहालले गत आइतबार आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । र त्यो पनि अपूर्ण । प्रधानमन्त्री दाहाल वैशाखको तेस्रो साता भारत भ्रमणमा जाने भएपछि कांग्रेसका एनपी साउदलाई परराष्ट्रमन्त्रीको जिम्मेवारी दिएका हुन् । कांग्रेसकाएनपी साउदले परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हाल्दा कानुन, न्याय तथा संसदीय मामिला,खानेपानी,वन तथा वातावरण , युवा तथा खेलकुदर स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रालय भने नेतृत्वविहीन छ । प्रधानमन्त्रीले भारत भ्रमणमा जानु अगाडि अन्य मन्त्रालय…

बालकोटमा ढल विस्तार गर्दा पुरिएका दुईमध्ये एकको मृत्यु
निकासखबर संवाददाता

भक्तपुर। भक्तपुरको बालकोटमा नयाँ ढल बिस्तारको क्रममा पुरिएका दुई जनामध्ये एकजनाको मृत्यु भएको छ । पुरिएका दुईमध्ये बर्ष २२ को नितेश सदाको मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ। ढलको काम भइरहेको अवस्थामा एक्कासी माटोको ढिस्को खस्दा सोही स्थानमा काम गरिरहेका उनीहरू पुरिएका थिए । जिल्लाको सूर्यबिनायक नगरपालिका वडा नम्बर २ बालकोटको रागीनी हाइटमा काम गरिरहेका उनीहरू पुरिएका हुन् । कौशलटारबाट सिरुटार जाने सडकको अन्दाजी २० मिटरभित्रको वस्तीमा काम भइरहेको थियो । भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले घटना साँंझ चार बजे भएको जनाए । उनीहरुमध्ये सुनसरीको गढी गाउपालिका –२ घर भई हाल भक्तपुर बालकोट वस्ने ३० वर्षीय सियाराम सदालाई…

झिमरुकमा डोको बुन्ने प्रतियोगिता सम्पन्न
निकासखबर संवाददाता

प्युठान। नयाँ वर्षको अबसरमा प्युठानको झिमरुक गाउँपालिका–५ ओखरकोटमा डोको बुन्ने प्रतियोगिता, परम्परागत घरेलु सामग्री प्रदर्शन तथा लोकनृत्य प्रतियोगिता शनिबार सम्पन भएको छ। स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने, स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने तथा सास्कृतिक सङ्ग्रहालय निर्माण गर्ने लक्षका साथ परम्परागत घरेलु सामग्री प्रदर्शन गरिएको आयोजकले जनाएको छ। ओखरकोट चोयाचित्र उद्योगले आयोजना गरेको डोको बुन्ने प्रतियोगिता परम्परागत घरेलु सामग्री प्रदर्शन तथा लोकनृत्य प्रतियोगिता कार्यक्रममा डोको बुन्ने कार्यक्रम विशेष आकर्षक बनेको थियो। जिल्ला समन्वय समिति प्युठानका अध्यक्ष धरमबहादुर जीसीले स्थानीय उद्योगले तयार पारेका सामग्रीहरु स्थानीय तहहरुले कार्यालय प्रयोजन तथा अन्य कामका लागि खरिद गरी सहयोग गर्न आग्रह गरेका थिए। स्थानीय उत्पादन बाँसको सदुपयोग…

सिरहामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
निकासखबर संवाददाता

सिरहा । हात्तीको आक्रमणबाट सिरहामा शुक्रबार राति एक जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट शुक्रबार राति गोलबजार नगरपालिका–३ गोला मुक्सारका ७४ वर्षीय तुलबहादुर आले मगरको मृत्यु भएको हो । छिमेकी घनश्याम आले मगरका अनुसार नयाँ वर्षको अवसरमा गाउँमा आयोजित नाच हेर्न जाने क्रममा राति घरनजिकै हात्तीको आक्रमणमा ७४ वर्षीय तुलबहादुर आले मगर परेका थिए । सिरहाको उत्तरवर्ती चुरे क्षेत्रमा अवस्थित गोला मुक्सारमा उनीसँगै छिमेकी हर्कमान राईसहित चार जना राति साढे १० बजे नाच हेर्न निस्केका थिए । घरबाट निस्कनेबित्तिकै बाटोमा जंगलबाट आएको हात्तीले आक्रमण गर्दा प्रकाश श्रेष्ठ, बमबहादुर थापासहति आफूहरुले भागेर ज्यान जोगाएको सँगै नाच हेर्न गएका हर्कमान राईले…