प्रदेश खबर

अबको दलित आन्दोलन हकअधिकार स्थापित गराउन
निकासखबर संवाददाता

विराटनगर । संबिधान र कानुनमा प्राप्तभएको हकअधिकार स्थापित गराउन अब शसक्त्त आन्दोलन थाल्नुपर्ने दलितहरुले बताएका छन । नेपाल दलित मुक्त्ति मोर्चा मोरङ जिल्ला भेलामा सहभागी दलित अगुवाहरुले संबिधान र कानुनबाट धेरै हकअधिकार प्राप्त भैसकेपनि व्यावहारमा लागू नभएकोले अब शसक्त्त आन्दोलन थाल्नु पर्नेमा जोड दिएका हुन् । मोरङको विराट चोकमा शनिवार सम्पन्न भेलामा बोल्दै दलित मुक्त्ति मोर्चाका केन्द्रिय सहसंयोजक तेजबहादुर मिजारले सयौ बर्षदेखी जातिय विभेद र अनेकौ उत्पिडन भोगिरहेको दलित समुदायले संबिधान र कानुन निर्माण भैसके पछि समान अधिकार प्राप्त गरिसकेको तर व्यावहारमा कार्यान्वयन नहुँदा अझै न्यायको अनुभूति गर्न नसकेको बताए । यसैले उनले  अब दलितहरुले पहिले झै गुनासो र रोदन व्यक्त्त नगरि…

सत्ता गठबन्धनले संविधानको मर्म अनुसार चलेनः विश्वकर्मा
निकासखबर संवाददाता

बुटवल । नेकपा एमालेका केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले जनआन्दोलनबाट आएको परिवर्तनका उपलव्धिलाई उल्ट्याउने कोशिष भैरहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवसका अवसरमा नेकपा एमाले रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले अहिलेको सत्ता गठबन्धनले संविधानको मर्म अनुसार ऐन कानुन निर्माणलाई प्राथमिकतामा नराखेको र सडकमा कतै अराजकतावादीहरुको पंक्ति र कतै राजावादीको पंक्ति अगाडि सारेर प्राप्त उपलव्धि उल्ट्याउने खेल भैरहेको बताएका हुन् । “सत्ता गठबन्धन संविधानको मर्म बमोजिम चलेको छैन, त्यस अनुरुपमा ऐन कानुन निर्माणमा सरकारको कुनै तदारुकता छैन”–उनले भने, “यसले प्राप्त उपलव्धि कमजोर हुने मात्र होइन सडकमा राजावादी र अराजकतावादी हावी…

हत्या आरोपमा श्रीमानश्रीमती छ महिनापछि पक्राउ
निकासखबर संवाददाता

बारा । प्रेम गरेका प्रेमी हत्या गरी फरार रहेका दम्पतीलाई प्रहरीले छ महिनापछि प्रविधिको प्रगोग गरी पक्राउ गरेको छ । हत्या गरेर भारत गइ फरार भएका दम्पतिलाई मोबाईल कनेक्सनको माध्यमबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ८ राजानगर टोलमा बस्ने वर्ष २२ का सुरज भन्ने महेश साहलाई गत मंसिर २७ गते राती ९ बजे बिश्रामपुर गाउँपालिका वडा नं.५ इटयाही टोलमा पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा नम्बर १५ भिस्वा बस्ने बर्ष २४ को रामु भन्ने दिनेश महतो र उनकी श्रीमती रोशनीले हत्या गरेर फरार रहेका प्रहरी उपरिक्षक होमिन्द्र बोगटीले जानकारी दिए । फरार रहेका उनीहरुलाई…

नेकपा स्थापना दिवसमा आज देशभर विभिन्न कार्यक्रम
निकासखबर संवाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको ७५औँ स्थापना दिवसको अवसरमा नेपालका कम्युनिस्ट दलहरूले विभिन्न कार्यक्रम गर्दैछन् । सन् १९४९ मा आजकै दिन अर्थात् २२ अप्रिलमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टीलगायत दलले विभिन्न कार्यक्रम गरी कम्युनिस्ट आन्दोलनको समीक्षासँगै पार्टी संस्थापकहरूको सम्झना गर्दैछन् । एमालेले पार्टी केन्द्रीय कार्यालय, च्यासलमा दिउँसो १ बजे विशेष कार्यक्रम राखेको छ । प्रमुख अतिथिका रूपमा पार्टी अध्यक्ष केपी ओलीले कार्यक्रमलाई सम्बोधन गर्ने प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले पनि काठमाडौंसहित विभिन्न जिल्लामा कार्यक्रम गर्दैछ । पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य,…

खोटाङमा गाडीबाट खसेर एक जनाको मृत्यु
निकासखबर संवाददाता

खोटाङ । खोटाङमा गाडीबाट खसेर शुक्रबार राति एक जनाको मृत्यु भएको छ । दिक्तेलबाट खोटाङ बजार जाँदै गरेको बा ३ ख ३४४१ नम्बरको बसबाट खसेर जन्तेढुङ्गा३ का ३८ वर्षीय दिनेश राईको मृत्यु भएको हो । राति खरायो देखेर झर्न खोज्दा लडेर घाइते भएका राईको खोटाङ बजारस्थित स्वास्थ्य चौकीमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक मन्जिल मुकारूङले बताए ।