प्रदेश खबर

सन्दर्भः २४ औं मनमोहन अधिकारी स्मृति दिवस
मनाेज भट्टराई

नेपालका पूर्व प्रधानमन्त्री¸ प्रजातान्त्रिक योद्धा तथा राजनीतिज्ञ हुन मनमोहन अधिकारी । यिनी विश्वकै इतिहासमा पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री थिए । उनी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य रहेका थएि । वि.सं.२०४६ को जनआन्दोलन ताका नेकपा माक्र्सवादीका अध्यक्ष रहेका अधिकारी २०४७ मा नेकपा मालेसँग पार्टी एकीकरण भएपछि नेकपा एमालेको समेत संस्थापक अध्यक्ष बन्न पुगे । २०५१ को मध्यावधि निर्वाचनमा कुनै पार्टीको स्पष्ट बहुमत नआएपछि सबैभन्दा ठूलो दल नेकपा एमालेको तर्फबाट उनी प्रधानमन्त्री बनेका थिए । उनको सरकार बनेको ९ महिनापछि नेपाली कांग्रेसले उनी अस्पतालको शैयामै भएको समयमा अविश्वासको प्रस्ताव ल्याएर गिराएको थियो । अत्यतै लोकप्रिय सरकारको रुपमा स्थापित उनको सरकारको ९ महिने…

सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको तयारी
निकासखबर संवाददाता

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । माघ २२ गते सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाट बाहिरिएको रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको हो। चितवन-२ बाट निर्वाचित भएपछि रास्वपा सभापति रवि लामिछानेले मंगलबार संचारकर्मीसँग कुरा गर्दै सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने बताएका थिए। उनले सरकारको काम चित्त बुझ्दो नभएको भन्दै सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने बताएका थिए। उपनिर्वाचन अघिसम्म सरकारलाई दिएको समर्थन कायम रहने बताएको रास्वपाले उपनिर्वाचन लगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको हो । रास्वपा प्रवक्ता मुकुल ढकालले सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्ने बताए। पार्टीभित्र सरकारलाई दिएको…

कांग्रेसको गढ तनहुँमा वाग्लेको लोकप्रिय मत
निकासखबर संवाददाता

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि तीन क्षेत्रमा आइतबार भएको उपनिर्वाचनको नतिजा आउनेक्रम जारी रहेको छ । पछिल्लो मतपरिणामअनुसार तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले सुरूवाती अग्रता फराकिलो बनाउँदै लगेका छन् । दिउँसो १ बजे सम्मको मतपरिणाम आउँदासम्म वाग्ले १२ हजार ७०५ मतसहित अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई ७ हजार ६४७ मतसहित पछ्याईरहेका छन् । यसैगरी एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ४ हजार २२० मत पाएका छन् । वाग्ले निकटतम प्रतिद्वन्द्वीभन्दा ५ हजार ५८ मतान्तरले अगाडि छन् । एमालेका उम्मेदवारले पाएको भन्दा उनी ८ हजार ४८५ ले बढी हो । मतपरिणाम हेर्दा वाग्लेका…

धरानमा खानेपानीको हाहाकार
निकासखबर संवाददाता

धरान । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले जनश्रमदानबाट नगरवासीलाई पानीको अभाव हुन नदिएको दावी गरेपनि अहिले धरानका प्रायः वडाहरूमा खानेपानीको चरम् अभाव भएको देखिएको छ । धेरै वडाका स्थानीयले हप्तौंदेखि पानी नआएको बताएका छन् । धरान–११ स्थित ऐश्वर्य मार्गका दिलकुमार भूजेलका अनुसार चैतदेखि नै पर्याप्त मात्रामा पानी आएको छैन । वैशाखदेखि त झनै पानी आउन छाडेको स्थानीय बताउँछन् । पानीको चरम् अभाव भएकोले साथीभाइको शौचालय धाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ । धरान–७ शान्तिपथका स्थानीयको धारामा १० दिनदेखि पानी झरेको छैन । पानी नझरेपछि स्थानीयहरू पानी किनेर प्रयोग गर्न बाध्य छन् । धरान–७ का स्थानीय विमल श्रेष्ठले पानी नआएपछि…

यात्री मोटरसाइकल दर्ता गर्न प्रधानमन्त्रीले दिए निर्देशन
निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यात्री लगायत नेपालमा उत्पादन भएका सवारी साधनको दर्ता गर्ने कानुनी व्यवस्था मिलाउन निर्देशन दिएका छन् । नेपालमा उत्पादन भएको यात्री मोटरसाइकलको दर्ता हुन नसकेको भन्ने तथ्य सार्वजनिक भएपछि प्रधानमन्त्री प्रचण्डले मुख्य सचिव शंकरदाश बैरागीलाई आवश्यक कानुनी व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । ‘यात्रीलगायत नेपालमा उत्पादित सवारी साधन दर्ता नभएको भन्ने गुनासोलाई गम्भीरतापूर्वक लिएको छु। सवारी साधन दर्ता एवं स्वदेशी उत्पादनलाई प्रवर्धन गर्नेगरि तत्काल कानुनी प्रबन्धको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारका मुख्यसचिवमार्फत् सम्बन्धित निकायलाई निर्देशित गरेको छु,’ प्रधानमन्त्री प्रचण्डले सामाजिक संजाल मार्फत जानकारी दिएका छन् ।