प्रदेश खबर

रक्षक नै भक्षक बन्दै, प्रहरी हवल्दारद्वारा नाबालिक बलात्कार प्रयास
निकासखबर संवाददाता

महेन्द्रनगर । कञ्चनपुर प्रहरीले एक जना सशस्त्र प्रहरी हवल्दारलाई पक्राउ गरेको छ । नाबालिकलाई जर्बजस्ती करणी गर्न खोजेको आरोपमा भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका सशस्त्र प्रहरी हवल्दार अमरसिंह बुढालाई सोमबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका प्रहरी हवल्दार विरुद्ध जर्बजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए । बुढा झलारीस्थित सशस्त्र प्रहरीको ३५ नम्बर गणमा कार्यरत रहेका थिए । बुवा बिरामी भएको बहाना बनाएर उनी १५ दिनको घर विदामा आएका थिए । आइतबार मध्यरातमा मदिरा सेवन गरी बुढा १५ वर्षीया नाबालिका सुतेको घरमा जर्बजस्ती प्रवेश गरेका हुन । ती नाबालिका कराएपछि घरका…

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज शपथ लिँदै, मन्त्रीको अझै बेटुंगो
निकासखबर संवाददाता

पोखरा। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पद तथा गोपनियताका शपथ लिँदैछन्। नेकपा माओवादीलगायतका राजनीतिक दलको समर्थनमा मुख्यमन्त्री भएका पाण्डेले आज अपरान्ह १२ बजे पद तथा गोपनीयताका सपथ लिन लागेका हुन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनको पद तथा गोपनीयताको सपथ गराउने छन्। नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख गुरुङले बिहिवार पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। तर, मुख्यमन्त्री पाण्डेसँग मन्त्रीहरुले पनि सपथ लिन्छन कि लिन्नन भन्ने अझै टुंगो भने लागेको छैन्। यद्धपी, मुख्यमन्त्री पाण्डेले मन्त्रीहरुका आंकक्षी आफनै पार्टी नेपाली कांग्रेसका सांसद तथा प्रमुख सत्ता सहयोगी नेकपा माओवादी केन्द्रका सांसदहरुसँग भने छलफल गरिरहेका छन्। उता, लुम्बिनीका मुख्यमन्त्री…

ताप्लेजुङमा चट्याङः बाबुआमा गम्भीर घाइते छोराको मृत्यु
निकासखबर संवाददाता

ताप्लेजुङ । ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। गए राति असिना पानीसँगै परेको चट्याङ लागेर मैवाखोला गाउँपालिका–४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु भएको हो। चट्याङ लागेर दोर्चीका बुबा दारिञ्जी र आमा मिङ्लाल्हमु गम्भीर घाइते भएका छन् । घाइते दुवै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए ।

ससुराली गएका ज्वाइँको हत्या प्रयास
निकासखबर संवाददाता

 महोत्तरी । महोत्तरीमा ससुरालीमै ज्वाइँको हत्या प्रयास भएको छ । महोत्तरीको सोनमा गाउँपालिका-४ का २८ वर्षीय सन्तोष झाको हत्या प्रयास भएको घटना बाहिरिएको हो । घटना गत चैत २२ गतेको हो । सोनामा गाउँपालिका वडा नं. १ स्थित ससुराली घरमा सन्तोषलाई बोलाइएको थियो । दिउँसो पुगेपछि ससुरा हिरण ठाकुर, सासू नगिना ठाकुर, सालो धर्मेन्द्र ठाकुर, ससुरा नाता पर्ने घनश्याम ठाकुरलगायतले टाउकोमा ठोस् बस्तु प्रहार गर्नुका साथै घाँटी च्यापेर हत्या प्रयास गरेको सन्तोषका परिवारजनले जनाएको छ । मरणासन्न हुने गरी आक्रमण गरेर सन्तोषलाई लुकाउने प्रयास गरेपछि स्थानीयले उनको घरमा फोन गरेर जानकारी गराएका थिए । टाउकोको खप्पर फुटेर रक्ताम्य तथा घाँटी…

संखुवासभाको भोटखोलामा खाद्यान्न अभाव
निकासखबर संवाददाता

संखुवासभा । संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा खाद्यान्य अभाव भएको छ । कोरोना महामारीका कारण देखाउँदै चीन सरकारले किमाथांका नाका तीन वर्षअघि बन्द गरेको थियो । नाका बन्द भएपछि चीनतिरबाट खाद्यान्य आयात हुन नसक्दा भोटखोलामा खाद्यान्य अभाव भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए । भोटखोलामा आलु, कोदो, मकै र फापर मात्र उत्पादन हुन्छ । ती उत्पादित खाद्यान्यले अधिकांस स्थानीयलाई तीन महिना मात्र खान पुग्ने गरेको छ । सदरमुकाम खाँदबारीबाट किमाथांका नाका करिब १६२ किलोमिटर टाढा पर्दछ । किमाथांका स्थानीयवासी दैनिक रोजगारीका लागि पनि विगतमा पारिका चाँगा र देन्दाङसम्म जाने गरेका थिए । त्यो पनि अहिले बन्द हुँदा ज्याला मजदुरी गरिखानेलाई मर्का…