प्रदेश खबर

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना
निकासखबर संवाददाता

 काठमाडौं । संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।  संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको जानकारी स्थानीयले दिएको तर विस्तृत विवरण नआएको बताए । घटनास्थलमा प्रहरीको टोली पठाइएको र प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरिसकेको कार्कीको भनाइ छ ।

खानेपानी र बिजुलीमै मधेश सरकारको २१ करोड बढी खर्च
निकासखबर संवाददाता

जनकपुरधाम । मधेश प्रदेश सरकारले खानेपानी र बिजुलीबत्तीमै चार वर्षमा २१ करोड बढी रकम खर्च गरेको छ । महालेखा परीक्षकको ६०औँ प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७५–७६ देखि २०७८–७९ सम्म मुख्यमन्त्री कार्यालयदेखि दश मन्त्रालयको खानेपानी तथा बिजुलीमा ४ वर्षमा २१ करोड ४१ लाख ८८ हजार २६७ रुपैयाँ खर्च भएको हो । आर्थिक वर्ष २०७८–७९ मात्रै खानेपानी र बिजुलीमा ९ करोड ३१ लाख २१ हजार ४६७ रुपैयाँ भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष ०७५–७६ मा १ करोड ८९ लाख २० हजार २५१, ०७६–७७ मा ५ करोड ५५ लाख ६९ हजार ८९०, ०७७–७८ मा ४ करोड ६५ लाख ७६…

दुवै हात बाँधेको अवस्थामा एक पुरुषको शव फेला
निकासखबर संवाददाता

धादिङ । धादिङको खनियाबास गाउँपालिका वडा नम्बर ४ उइदुङका २५ वर्षीय सुमन भनिने छिरिङ तामाङको शव जंगलमा हात बाँधिएको अवस्थामा मंगलबार भेटिएको छ । गंगाजमुना गाउँपालिका वडा नम्बर ३ लचेतको जंगलमा हातमा बाँधेर झुण्डिएको अवस्थामा शव भेटिएको हो । दुबै हात डोरीले बाँधेर रुखमा झुण्डाइएको अवस्थामा फेला परेको खनियाबास गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य प्रताप बहादुर तामाङले जानकारी दिए । जंगलमा माहुरी खोज्न जाँदा गंगाजमुना गाउँपालिकास्थित रिगाउँका एकजनाले झुण्डिएको अवस्थामा देखेर गाउँलेलाई खबर गरेपछि हेर्न जाँदा २५ वर्षिय सुमनको शव कुहिएको अवस्थामा फेला परेको वडा सदस्य तामाङले जानकारी दिए। गत माघ दोस्रो सातादेखि गाउँघरमा उनी देखिएका थिएनन् ।…

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
निकासखबर संवाददाता

मकवानपुर । मकवानपुरको हेटौँडा–कुलेखानी–काठमाडौँ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । भीमफेदी गाउँपालिका वडा नं–६ जुरिखेतस्थित सडकमा बुधबार साँझ काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको बागमती प्रदेश ०२०२० प ४२३७ नं को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक बाराको पर्सौनी नगरपालिका वडा नं ५ का २५ वर्षीय लालबाबु सहनी मलाहा र पछाडि सवार सोही स्थानका २० वर्षीय गोरख भन्ने रवीन्द्र मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए । दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक मलाहाको हेटौँंडा अस्पतालमा उपचारका क्रममा र मण्डलको घटनास्थलमै…

रोकिएको बससँग विङ्गर ठोक्किदा १३ जना घाइते
निकासखबर संवाददाता

धनगढी। कञ्चनपुरमा रोकिएको बससँग विङ्गर ठोक्किदा १३ जना घाइते भएका छन् । बिग्रिएर सडकमा रोकेकाे बसलाई वीङगरले पछाडिबाट ठक्कर दिएको हो । पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको कृष्णपुर नगरपालिका-२ मछेली पुल नजिकै सडक छेउमा रोकिएको  से १ ख ११९४ नम्बरको बससँग से १ ज ९५४ नम्बर गाडी ठोक्किदा १३ जना घाइते भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था मध्‍यम छ भने ६ जना समान्य छन् । उनीहरूको स्थानीय स्वास्थ संस्थामा उपचार भइरहेको छ ।