प्रदेश खबर

दार्चुलामा किशोर किशोरी मृत फेला
निकासखबर संवाददाता

दार्चुला । दार्चुलामा एक किशोर र किशोरी मृत फेला परेका छन्। जिल्लाको नौगाड गाउँपालिका–४ सिप्टी जाने बाटो बासिडाँडामा अन्दाजी २३/२४ वर्षका किशोर र किशोरीको शव फेला परेको हो। किशोरीको शव चोटपटक लागेको अवस्थामा फेला परेको छ। किशोरको शव भिरमा अड्किएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले मृतक किशोरी नौगाड गाउँपालिका–४ की सञ्जिता धामी रहेको बताए। उनको शव भन्दा करिब ४०/५० मिटर तल भिरमा किशोरको शव अड्किएको अवस्थामा रहेको छ। उनको सनाखत हुन सकेको छैन । सोही ठाउँमा दुई वटा मोबाइल फोन फेला परेका छन्। एउटा फुटाएको र अर्को नफुटाइएको अवस्थामा फेला परेको हो। इलाका प्रहरी…

ज्याला माग्दा मजदुरलाई ठेकेदारले चोकमा बाँधेर दले मोसो
निकासखबर संवाददाता

जनकपुरधाम । काम गरेको ज्याला माग्दा महोत्तरीमा एक निर्माण व्यवसायीले मजदुरलाई अमानवीय व्यवहार गरेको घटना सार्वजनिक भएको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका–६ का २१ वर्षीय मोबारक नदाफमाथि दुर्व्यवहार भएको हो । स्थानीय निर्माण व्यवसायी ३५ वर्षीय कृष्ण मिश्रले उनीमाथि कुटपिटसहित अमानवीय व्यवहार गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए । चैत २३ गते बिहान नदाफलाई ज्यालाका लागि बोलाएर मिश्रले कुटपिट गर्दै चोकको विद्युत पोलमा पाता कसेर, मोसो दलेर केस मुण्डन गरिदिएका छन् । प्रहरीले मिश्रलाई घटनाको भोलिपल्ट पक्राउ गरेको छ । उनीमाथि अमानवीय अपमानजनक व्यवहार कसुरमा मुद्दा चलाएको डिएसपी गिरीले बताए । अमानवीय अपमानजनक व्यवहार कसुरमा पाँच वर्षसम्म…

सिन्धुलीमा कार दुर्घटना- मृत्यु भएका सबैको सनाखत
निकासखबर संवाददाता

काठमाडौं । आज विहान सिन्धुलीमा भएको भारतीय कार दुर्घटनामा मृत्यु भएका सबै व्यक्तिको पहिचान खुलेको छ । भारतीय नम्बर प्लेटको कार विपी राजमार्गको सिन्धुलीमाडी-खुर्कोट खण्डको कमलामाई नगरपालिका -४ सोलाभन्ज्याङमा दुर्घटना हुँदा चार जना भारतीय नागरिकको मृत्यु भएको थियो । प्रहरीका अनुसार मृत्युहुने सबै भारत विहारका हुन जसमा अभिषेक ठाकुर, मुकेशकुमार चौधरी ,मुत्यैजकुमार फुलहारा,र राजेशकुमार सिंह रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पूर्वबाट काठमाडौं जाँदै गरेको बी आर डीडी ०६८७ भारतीय नम्बरको कार सडकबाट करिब पाँच सय मिटर तल खसेर दुर्घटना हुँदा घटनास्थलमा तीन जना र सिन्धुली अस्पतालमा एक गरी चार जनाको मृत्यु भएको हो ।

विराटनगरमा गुट्खा, खैनी र चुरोट निषेध
निकासखबर संवाददाता

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले नयाँ वर्षको वैशाख १ गतेदेखि सार्वजनिक स्थलहरूमा धूम्रपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायतको सेवन गर्न निषेध गर्ने भएको छ । गत पुस २७ गते बसेको नगरसभाको निर्णयअनुसार महानगर क्षेत्रभित्र धूम्रपानदेखि प्रेसर हर्न बजाउन निषेध नो हर्न गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिए । ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको योजनाअन्तर्गत सवारी साधनको प्रेसर हर्न बजाउन निषेध गर्न लागिएको उनको भनाइ छ । केही हप्ताअघि महानगरले धार्मिक सङ्घसंस्था, साउन्ड सिस्टम प्रतिनिधिलगायतलाई बोलाएर ध्वनि प्रदूषण नियन्त्रण एवम् धूम्रपान र गुट्खा, खैनी खाएर सहर फोहोर गर्ने गरेका विषयमा छलफल गरेको थियो…

कोशी प्रदेशको नाम खारेजीका लागि संघर्ष समिति गठन
निकासखबर संवाददाता

खोटाङ । कोशी प्रदेशको नाम खारेजीको मागमा आन्दोलन चर्काउनका लागि खोटाङमा एक हजार २०३ सदस्यीय पुनः नामांकन संयुक्त संघर्ष समिति गठन गरिएको छ ।  कोशी नाम खारेज गरी किरात प्रदेश नामाकरण गराउन दबाबमूलक आन्दोलनलाई सशक्त बनाउनका लागि किरात राई यायोक्खाका अध्यक्ष युगसन किरातको संयोजकत्वमा पुनस् नामांकन संयुक्त संघर्ष समिति गठन गरिएको हो । आइतबार ज्येष्ठ अगुवा पर्खनबहादुर राईको अध्यक्षतामा बसेको आदिवासी जनजाति महासंघ, यायोक्खा, जातीय संगठन, पहिचान पक्षधर दल, सामाजिक संघसंस्था, नागरिक समाज लगायत सम्मिलित बैठकले पुःन नामांकन संयुक्त संघर्ष समिति गठन गरेको हो । बैठकको निर्णय सोमबार दिक्तेलमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको छ । संघर्ष समितिको सह–संयोजकमा नेकपा…