प्रदेश खबर

सडक दुर्घटनामा छोरीको मृत्यु बुबा घाइते
निकासखबर संवाददाता

सप्तरी । सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर बजारमा गए राति मोटरसाइल दुर्घटना हुँदा छोरीको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गस्थित कल्याणपुर बजारमा को १५ प १९१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार उदयपुरको त्रियुगा नगरपालिका–९ बगाहा टोलकी १० वर्षीया एञ्जिला बस्नेतको मृत्यु भएको हो । मोटरसाइकल चालक मृतकका बुबा ३६ वर्षीय ध्रुव बस्नेत घाइते भएका छन् । घाइते एञ्जिलाको छिन्नमस्ता अस्पताल, राजविराजमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिनुभयो । घाइते ध्रुवको उपचार भइरहेको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा३च ५२९३ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर…

झापा आन्दोलनका अगुवा नेता नरेश खरेलले छाडे एमाले
निकासखबर संवाददाता

झापा । नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य नरेश खरेलसहितका नेता तथा कार्यकर्ताले सोमबार एमाले परित्यागको घोषणा गरेका छन् । सहिद रत्नकुमार वान्तवाको स्मृति दिवसको अवसर पारेर खरेलसहित एमाले झापाका १० जनाले एमाले परित्याग गरेका हुन् । खरेल झापा आन्दोलनदेखिका अगुवा कम्युनिस्ट तथा एमाले अध्यक्ष केपी ओलीसँगै १७ वर्ष जेल बसेका नेता हुन् । उनी सहित एमाले झापाकी उपसचिव चन्द्रा श्रेष्ठ, हिरा पोखरेललगायतका १० जनाले एकै पटक एमाले छाडेको घोषणा गरेका छन् । यसअघि हल्दिवारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरी एमाले छाडेर नेकपा समाजवादीमा प्रवेश गरेका थिए । पार्टीभित्र वैचारिक संघर्ष गर्ने क्रममा अनेक किसिमका अपमान तिरस्कारको सामना गर्नु परेको भन्दै…

रौतहटमा भएकाे भिषण आगलागी नियन्त्रणबाहीर, २१ भन्दा बढी घर नष्ट
निकासखबर संवाददाता

रौतहट । रौतहटको माधवनारायण नगरपालिकामा भीषण आगलागी भएकाे छ । माधवनारायण नगरपालिकाको वडा नं. ४ विसुनपुर्वा मानपुरमा भएको आगलागी भएको हो । आगलागीबाट हालसम्म २१ भन्दा बढी घर जलेर नष्ट भएको छ । स्थानिय जिउत मुखियाको घरबाट सल्कीएको आगोले बस्तीका २१ घर जलेर नष्ट भएको प्रहरीले जनाएकाे छ । आइतबार दिउँसो २ बजे जिउत मुखियाको घरमा खाजा बनाउन चुलो बालेका बेला घरमा आगो लागेको थियो । तीव्र हावाको बेगका कारण क्षणभरमै उनको घरबाट छिमेकीको घरमा आगो सल्किदै बस्तीमा पुगेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिए । उनका अनुसार आगो नियन्त्रणमा लिन स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा…

दूरसञ्चार मस्यौदाको सन्दर्भमा बाहिर आएका कुराबाट भ्रमित नहुन मन्त्री शर्माको आग्रह
निकासखबर संवाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार नियमनका लागि नयाँ विधेयकको मस्यौदा नै तयार नभएको सन्दर्भमा बाहिर आएका कुराबाट भ्रमित नहुन आग्रह गरेकी छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले दूरसञ्चार क्षेत्रको नियमनका लागि नयाँ विधेयक मस्यौदा निर्माण गर्न मन्त्रालय जुटेको बताएकी हुन् । ‘मन्त्रिपरिषद्को बैठकले नयाँ ऐन बनाउन मिल्ने भनेर सैद्धान्तिक स्वीकृति पाइसकेका छौँ । सोही आधारमा विधेयकको प्रारम्भिक मस्यौदा तयार पार्न छलफल गरिरहेका छौँ ।’ आजका दिनसम्म पुरानो ऐनको कुन दफा हटाउने, नयाँ कुन विषय थप्ने, कसरी अगाडि बढ्ने भन्ने विषयमा मन्त्रालय कुनै निष्कर्ष र निर्णय नगरेको उनको भनाई छ । ‘यो…

पत्रकारहरुका लागि ई पुस्तकालयमा सहयोग गर्ने प्रतिवद्धता
निकासखबर संवाददाता

झापा । सामाजिक तथा व्यवसायिक संस्थाका प्रतिनिधिहरुले पत्रकारिता स्वतन्त्र, निष्पक्ष र मर्यादित हुनुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघ झापा शाखाले शुक्रबार बिर्तामोडमा आयोजना गरेको एक छलफलमा सहभागीले पत्रकारले सत्यतथ्य र खोजमूलक सामग्री सम्प्रेषण गर्नुपर्नेमा समेत जोड दिए । पत्रकारितालाई मर्यादित बनाउन सामाजिक तथा व्यवसायिक संस्थाहरुको भूमिका कस्तो हुनुपर्छ, अपेक्षा र सुझाव के छ भन्ने विषयमा आयोजित छलफलमा सहभागीले निष्ठाको पत्रकारितामा जोड दिएका छन् । उनीहरुले सस्तो लोकप्रियताका लागि गरिने पत्रकारिता र सस्तो प्रचारका लागि गरिने कामलाई मिडियामा निरुत्साहित गरिनुपर्ने बताए । त्यस्तै सञ्चारमाध्यमले गाउँ, दुरदराज र सकारात्मक विषयका समाचारलाई प्राथमिकता दिनुपर्नेमा समेत उनीहरुको सुझाव छ । पत्रकार महासंघ…