रौतहटमा भएकाे भिषण आगलागी नियन्त्रणबाहीर, २१ भन्दा बढी घर नष्ट

निकासखबर संवाददाता

रौतहट । रौतहटको माधवनारायण नगरपालिकामा भीषण आगलागी भएकाे छ । माधवनारायण नगरपालिकाको वडा नं. ४ विसुनपुर्वा मानपुरमा भएको आगलागी भएको हो ।

आगलागीबाट हालसम्म २१ भन्दा बढी घर जलेर नष्ट भएको छ । स्थानिय जिउत मुखियाको घरबाट सल्कीएको आगोले बस्तीका २१ घर जलेर नष्ट भएको प्रहरीले जनाएकाे छ । आइतबार दिउँसो २ बजे जिउत मुखियाको घरमा खाजा बनाउन चुलो बालेका बेला घरमा आगो लागेको थियो । तीव्र हावाको बेगका कारण क्षणभरमै उनको घरबाट छिमेकीको घरमा आगो सल्किदै बस्तीमा पुगेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिए ।

उनका अनुसार आगो नियन्त्रणमा लिन स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा चन्द्रपुर र गौर नगरपालिकाको वारुणयन्त्र परिचालन गरिएको छ । तर, वारूणयन्त्रको पानी सकिएपछि आगो नियन्त्रणमा लिन समस्या भएको स्थानीयले बताएका छन् ।

आगलागीका कारण मानविय क्षति अहिलेसम्म नभएको तथा सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको र क्षतिको विस्तृत विवरण अझै आइसकेको सिडिओ मिश्रले बताए ।

मा प्रकाशित