प्रदेश खबर

छोरी–बुहारीको शैक्षिक गन्तव्य बन्दै बर्दिबास जनता बहुमुखी क्याम्पस
निकासखबर संवाददाता

महोत्तरी । उच्च शिक्षाको रहर पालेका छोरी–बुहारीका लागि महोत्तरीको बर्दिबास–१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पस शैक्षिक गन्तव्य बन्न थालेको छ । गरिबीका कारण अन्यत्र जान नसकेका र टाढा जान अभिभावकको स्वीकृति नपाएका छोरी–बुहारीले यस कलेजमा उच्च शिक्षाको रहर पूरा गर्न पाएका हुन् । केही वर्षयता स्नातकोत्तर तहको अध्यापन पनि गराउन थालेको यो सामुदायिक कलेज अहिले बर्दिबासमात्रै नभएर औरही, भङ्गाहा, गौशालाका साथै मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकाबाट पनि पढ्न आउनेको उल्लेख्य सङ्ख्या छ । केही वर्ष पहिले स्नातक सकेका छोरी–बुहारी पनि स्नातकोत्तर अध्ययनका लागि आउन थालेका छन् । छोरीमात्र नभएर विवाहित बुहारी पनि नजिकमा कलेज भएपछि स्नातकोत्तर गर्न भर्ना भएका क्याम्पसकाका…

पार्टी पुनर्गठनको उद्घोष गर्दै प्रभाकर कर्णालीमा
निकासखबर संवाददाता

काठमाडौं । पार्टी पुनर्गठनको उद्घोष गर्दै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकर कर्णाली पुगेका छन् । माओवादी पार्टीमा आन्तरिक रुपमा विभिन्न समस्याहरु देखा परेको भन्दै बहस भैरहेको बेला उपमहासचिव ‘प्रभाकर’ ले माओवादीलाई पुनर्गठनबारे सोच्नुपर्ने बेला आएको बताउँदै कर्णली पुगेका हुन् । देश माओवादीकै एजेन्डामा चलिरहेपनि पार्टी कमजोर भइरहेको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने शर्माको भनाइ छ । शुक्रवार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै शर्माले सबैभन्दा पहिला माओवादीभित्रको बेरोजगारी अन्त्य गर्नुपर्ने बताए । ‘पहिले माओवादी भित्रको बेरोजगारीलाई अन्त्य गरेर मात्रै हाम्रो समग्र देशको बेरोजगारीको अन्त्य गर्न सक्छौँ,’ उनले भने, ‘पार्टीभित्रको बेरोजगारी अन्त्य गर्नका लागि सबै नेता, कार्यकर्ता उत्पादनमा जोडिनुपर्ने हुन्छ । यो…

रामेछापमा बोलेरो दुर्घटना हुँदा पाँचजनाको मृत्यु, ११ जना घाइते
निकासखबर संवाददाता

रामेछाप । बिहीबार रामेछापमा बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मन्थली नगरपालिका वडा नं ७ भटौली स्थित कौछिनीमा बोलेरो जिप दुर्घटना हुँदा पाँचजनाको ज्यान गएको हो । दुर्घटनामा परि ११ जना घाइते भएको रामेछाप प्रहरीले जनाएको छ । जिल्ला सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका वडा नं ७ भटौलीको कौछिनी जाँदै गरेको बा ११ च ५५३ नम्बरको बोलेरो कौछिनी स्थित मगर टोलमा दुर्घटना भएको प्रहरीले जनाएकाे छ । दुर्घटनामा परि सोहि बोलेरोका चालक सहित ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ र दुर्घटनामा परि मन्थली नगरपालिका ७ भटौलीकी ८२ वर्षीय नन्दमाया भण्डारी, सोही वडाकी ४० वर्षकी ज्ञानदानी तामाङ,…

सरकारले विश्वासको वतारण बनाए पहिचानबादी वार्तामा बस्न तयार छन्ः पत्रकार राई
निकासखबर संवाददाता

मोरङको पथरी शनिश्चरे निवासी अर्जुन जम्नेली राई पेशाले पत्रकार हुन । राई आफैले सञ्चालन गर्दै आएको रातो कलम डटकमका सम्पादक पनि छन । उनि स्थानिय विद्यालयमा पत्रकारिता पढाउँछन पनि । बिद्यार्थी कालदेखी नै राजनीतिमा सक्रृय उनी किराँत राई यायोक्खा केन्द्रिय समितिको उपमहासचिव पनि छन । नेकपा माओबादी केन्द्र निकट जम्नेली किराँती राष्ट्रिय मुक्त्ति मोर्चाको महासचिव पनि हुन । एक नम्बर प्रदेशको नाम कोसी घोषणा भएपछि पहिचान पक्षधरहरुले असन्तुष्टि जनाउदै आन्दोलन चकाईरहेका छन । जसले कोसी प्रदेसलाई अशान्त बनाएको छ । सांसदहरु आफनो निर्वाचन क्षेत्रमा खुलेर जान हिच्किचाइरहेका छन । सांसदहरुका घरघरमा कालो झण्डा गाडन थालिएको छ । पालिकाहरुमा तालाबन्दि गर्न…

सुदूरपश्चिमका २२ लाखले लिए कोरोनाविरुद्धको खोप
निकासखबर संवाददाता

सुदूरपश्चिम । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा हालसम्म २२ लाख बढीले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् । प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म पूर्ण मात्रा लगाउनेको सङ्ख्या कूल २२ लाख ३३ हजार आठ सय ३१ रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पूर्ण मात्रा लगाउनेमा सबैभन्दा बढी कैलालीका सात लाख ३२ हजार सात सय ८९ जना छन् । सबैभन्दा कम दार्चुलामा एक लाख १४ हजार ६ सय २८ ले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए  । यस्तै कञ्चनपुरमा चार लाख ३९ हजार एक सय ६८, बैतडीमा दुई लाख ११ हजार छ सय ५२,…