प्रदेश खबर

सरकारले गौरव गर्न लायक कामको थालनी गरेको छः मन्त्री शर्मा
निकासखबर संवाददाता

भैरहवा । सन्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्माले सरकारले गौरव गर्नलायक कामको थालनी गरेको बताएकी छन् । नेकपा माओवादी केन्द्र सिद्धार्थनगर नगर समिति रुपन्देहीले आज गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले परिवर्तनकारी तप्काले गौरव महसुस गर्ने गरी काम थालेको बताएकी हुन् । जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिने, सहिदहरुको नाम राजपत्रका प्रकाशित गर्नेलगायत गौरव गर्न लायक कामको थालनी गरिएको उनले बताइन् । मन्त्री शर्माले सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउनेदेखि मिटरब्याजलाई अपराध घोषणा गर्ने, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्ने, किसानको उत्पादनको समर्थन मूल्य तोक्ने लगायतका कामको थालनी गरिएको जानकारी दिइन्…

घरघर पसेर मिटरब्याज पिडीतका आफन्त कुट्दै मिटरब्याजी
निकासखबर संवाददाता

काठमाडौं । काठमाडौमा मिटरब्याजी पीडितहरु धर्नामा रहेको बेता पनि पारिवारीक तनाबमा छन् । उनीहरु धर्नामा रहेका बेला गाउँमा घरघरमा पसेर मिटरब्याजीहरुले उनीहरुको परिवार र आफन्त कुटीरहेको खबरले झन तनाबमा रहेका हुन् । गाउँमा आफ्नो छोरामाथि कुटपिट भएको धनुषा बर्कुर्वाकी कलशियादेवी यादवले बताइन् । उनका १६ वर्षका छोरालाई स्थानीय मिटरब्याजी अशोक सदाको परिवारले कुटपिट गरेको खबर आए पछि उनको रुवावासी भएको छ । छोरालाई झुटो मुद्दा लगाएर कुटपिट गरेको खबरले उनी मात्र हैन सबै पिडीतहरु अब आफ्नो पिवारलाई कसले के गर्नेहुन् भनेर चिन्तामा रहेका छन् । यस विषयमा अिभयन्ता कुमार बर्तौलाले सवैलाको प्रहरी चौकीमा बुझ्दा कुटपिट गर्ने बाबु छोरी र पीडित…

चैत १७ गते  दोस्रो पटक विश्वासको मत लिँदै कर्णाली मुख्यमन्त्री
निकासखबर संवाददाता

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आगामी चैत १७ गते  दोस्रो पटक विश्वासको मत लिने भएका छन् ।  मुख्यमन्त्रीको रूपमा माघ ६ गते पहिलो पटक विश्वासको मत लिएका शर्माले राप्रपाले समर्थन फिर्ता लिएपछि पुन चैत १७ गते विश्वासको मत लिन लागेका हुन् । उनले आज कर्णाली प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता गराएको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले  बताए । प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता भएको ४८ घण्टापछि विश्वासको मत लिनुपर्ने कानूनी व्यवस्था भएबमोजिम चैत १७ गते विश्वासको मत लिने करिब निश्चित देखिएको हो । मुख्यमन्त्री शर्माद्वारा दर्ता भएको पत्रमा संविधानको…

मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
निकासखबर संवाददाता

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–८ साततले राजबास पुलमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । बुधबार बिहान फापरबारीबाट हेटौँडातर्फ आउँदै गरेको बा २५ प १९०८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बागमती–८ खजुरीदमारका ५० वर्षीय दिलबहादुर स्याङ्तानको मृत्यु भएको हो। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते स्याङ्तानलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको थियो। अस्पताल पुर्‍याउनेबित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । स्याङ्तानको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ। ठक्कर दिने मोटरसाइकल चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

बागमती प्रदेशका १५ सय ८५ पत्रकारलाई सामूहिक दुर्घटना बिमा
निकासखबर संवाददाता

हेटौँडा । बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका पत्रकारलाई सामूहिक दुर्घटना बीमा गरिदिएको छ । कानून र सन्चार मन्त्रालयको समेत कार्यक्षेत्र रहेको मन्त्रालयले बागमती प्रदेशका १३ जिल्लाका १ हजार ५ सय ८५ जना पत्रकारको लागि राष्ट्रिय बीमा कम्पनी लि मार्फत् प्रति व्यक्ति ४ लाख रुपैयाको दुर्घटना बीमा गरिएको मन्त्रालयका शाखा अधिकृत सुरेन्द्र कार्कीले जानकारी दिए । कार्कीका अनुसार ६३ करोड ४० लाख रुपैया बराबरको बिमाङ्क रकमको बीमा गरिएको हो । चैत्र ५ बाट लागु हुने बीमालेख अनुसार बीमीत पत्रकारको मृत्यु भएमा कुल ४ लाख रुपैया र दुर्घटना भएको खण्डमा एक लाख रुपैया बराबरको औषधि उपचार खर्च भुक्तानी…