मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

निकासखबर संवाददाता

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–८ साततले राजबास पुलमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । बुधबार बिहान फापरबारीबाट हेटौँडातर्फ आउँदै गरेको बा २५ प १९०८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बागमती–८ खजुरीदमारका ५० वर्षीय दिलबहादुर स्याङ्तानको मृत्यु भएको हो।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते स्याङ्तानलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको थियो। अस्पताल पुर्‍याउनेबित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

स्याङ्तानको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ। ठक्कर दिने मोटरसाइकल चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

मा प्रकाशित