घरघर पसेर मिटरब्याज पिडीतका आफन्त कुट्दै मिटरब्याजी

निकासखबर संवाददाता

काठमाडौं । काठमाडौमा मिटरब्याजी पीडितहरु धर्नामा रहेको बेता पनि पारिवारीक तनाबमा छन् । उनीहरु धर्नामा रहेका बेला गाउँमा घरघरमा पसेर मिटरब्याजीहरुले उनीहरुको परिवार र आफन्त कुटीरहेको खबरले झन तनाबमा रहेका हुन् ।

गाउँमा आफ्नो छोरामाथि कुटपिट भएको धनुषा बर्कुर्वाकी कलशियादेवी यादवले बताइन् ।
उनका १६ वर्षका छोरालाई स्थानीय मिटरब्याजी अशोक सदाको परिवारले कुटपिट गरेको खबर आए पछि उनको रुवावासी भएको छ ।

छोरालाई झुटो मुद्दा लगाएर कुटपिट गरेको खबरले उनी मात्र हैन सबै पिडीतहरु अब आफ्नो पिवारलाई कसले के गर्नेहुन् भनेर चिन्तामा रहेका छन् ।
यस विषयमा अिभयन्ता कुमार बर्तौलाले सवैलाको प्रहरी चौकीमा बुझ्दा कुटपिट गर्ने बाबु छोरी र पीडित भरत सदालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरी निरीक्षक रामकिशोर देवकोटाले बताए।

पीडित भरत सदाले आफू गाउँको पसलमा बसिरहेको बेलामा अशोक सदाको छोरीले चप्पलले हानेर कुटपिट गरेको बताए। कलशियादेवीले ७ महिनाअघि अशोक सदासँग १ लाख रुपैयाँ ऋण लिएकी थिइन्। उनले पटक पटक गरेर ७८ हजार ऋण अशोकलाई तिरिसकेको बताइन्। तर पनि उनले तिरेको ऋण अशोकको खातामा चढेको छैन।

उल्टै कागज गर्न अशोकले आफ्नो परिवारलाई धम्की दिइरहेको उनले बताइन्। यतिबेला काठमाडौंमा आइ पुगेका अन्य मिटरब्याजी पीडित पनि गाउँमा आफ्नो परिवारलाई आक्रमण हुन्छ भन्ने डरमा चिन्तित देखिएका छन्।

मा प्रकाशित