प्रदेश खबर

विाटनगरमा आन्दोलनकारी र प्रहरीबीच झडप, विराटनगर तनावग्रस्त
निकासखबर संवाददाता

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा झडप भएको छ । रोडशेष चोकमा आन्दोलनकारी र प्रहरीको झडपका कारण विराटनगर बजारक्षेत्र तनावग्रस्त बनेको हो । प्रदर्शनकारीले निषेधित क्षेत्रमा पसेर प्रहरीको घेरा तोड्न खोजेकोले बल प्रयोग गरिएको मोरङका प्रहरी प्रमुख दीपक पोखरेलले बताए । प्रदेश सांसद सहभागी हुने कार्यक्रमस्थल बिग होटल घेराउ गर्न आन्दोलनकारी पुगेका थिए । उनीहरूले प्रहरीको घेरा तोड्दै होटलमा तोडफोडसमेत गरेका छन् । आन्दोलनकारीले ढुंगामुढा प्रहार गरेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ ।विराटनगरमा पहिचानवादीको आन्दोलनलाई ध्यान दिँदै स्थानीय प्रशासनले चैत पहिलो साताबाट निषेधित क्षेत्र तोकेको छ ।…

विराटनगरमामा सांसदहरूलाई आन्दोलनकारीको जुत्ता प्रहार
निकासखबर संवाददाता

काठमाडौं । कोशी प्रदेशको नामकरणको विरोधमा लगातार पदर्शन गर्दै आइरहेको प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले विराटनगरमा पुनः आन्दोलन थालेको छ । आज विराटनगरका विभिन्न स्थानमा आन्दोलनकारीहरुले प्रदर्शन सहित आन्दोलन सुरु गरेका हुन् । प्रदर्शनकारीले विराटनगरको बिग होटेल समेत घेराउ गरेका छन् । होटलमा ​सांसदहरूको दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन सांसदहरू पुगेका कोहीका सांसदहरुलाई उनीहरुले घेराउ गरेका छन् । उनीहरूले सांसदहरुलाई नाराबाजीसहित जुत्ता समेत प्रहार गरेका छन् । शुरू भएको कार्यक्रममा सांसदहरु सहभागि भएपनि संघर्ष समितिका कार्यकर्ताहरू त्यही होटेल घेराउ गरी रहेका छन् । उक्त होटलअगाडि मुठभेडको स्थिति सिर्जना हुन नदिन यतिबेला कडा सुरक्षा…

खुकुरी प्रहार गरी वृद्धको हत्या
निकासखबर संवाददाता

रामेछाप । रामेछापको गोकुलगङ्गा गाउँपालिका–४ बेतालीमा ८२ वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या भएको छ । बेतालीको लिसेखानी टोलमा बस्दै आएका शमशेरबहादुर थापामगरको गए राति हत्या भएको हो । खुकुरी प्रहारबाट घाइते भएका थापामगरलाई उपचारका लागि जिल्ला सदरमुकाम मन्थली ल्याउँदै गर्दा अत्याधिक रक्तस्रावका कारण बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुई नातिनीसहित घरमा बसिरहेको अवस्थामा अज्ञात व्यक्तिले थापामगरमाथि खुकुरी प्रहार गरी भागेको गोकुलगङ्गा–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतले जानकारी दिए । खुकुरी प्रहारबाट उनको टाउकोमा गहीरो चोट लागेको थियो । श्रीमती केही दिनअघि बिरामी भएर उपचारका लागि काठमाडौं गएकाले वृद्ध दुई नातिनीका साथ बस्दै आएका थिए । नातिनीहरु…

आहा ! रोग लाग्नै नदिने स्वास्थ्य शिक्षाको पढाई सुरु गराउदै प्राबिधिक विश्विद्यालय
निकासखबर संवाददाता

विराटनगर । रोग लागेर जिवभरि कमाएको धनरासी खर्र्चेर उपचार गराउनु भन्दा रोग नै लाग्न नदिनका लागि मनमोहन प्राविधिक विश्वविद्यालयले प्राकृतिक योग तथा चिकित्सा शिक्षाको पढाई सुरु गराउने तयारी थालेको छ । कोसी प्रदेश सरकारले स्थापना गरेको मोरङको बुढीगंगा गाउँपालिका ४ स्थित देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले देशमै पहिलो पटक योग तथा प्राकृतिक शिक्षाको पढाई सुरु गराउने तयारी थालेको हो । विश्वभरि प्राकृतिक स्वास्थ्यको बढदो मागलाई ख्याल गर्दै दक्ष जनशक्त्ति उत्पादन गरेर रोजगारमा आत्मनिर्भर बनाउन देशमै पहिलो पल्ट पहिले स्नातक र त्यसपछि मास्टर्स तहमा योग तथा प्राकृतिक चिकित्साको पढाई सुरु गराउन लागेको मनमोहनका उपकुलपति डा सुभाषश्री पोखरेलले बताए । नेपालमै प्राकृतिक…

अटो दुर्घटनाका घाइतेलाई हेलिकप्टरमार्फत कोहलपुर पठाइयो
निकासखबर संवाददाता

रुकुम । रुकुम पश्चिममा भएको अटो दुर्घटनामा घाइते भएकामध्ये तीनजनालाई बाँकेको कोहलपुर पठाइएको छ । मुसिकोट नगरपालिका–५ सेरिगाउँमा भएको अटो दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनालाई थप उपचारका लागि बाँकेको कोहलपुर लगिएको हो । जिल्ला अस्पताल सल्लेमा सामान्य उपचारपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर लगिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए । उनका अनुसार अटो चालक रोशन बिष्ट, मुसिकोट– ३ की वडा सदस्य खीमा खड्का र मुसिकोट–१४ की सरिता ओली बिष्टलाई थप उपचारका लागि हेलिकप्टरमार्फत लगिएको हो । रोशन र खीमाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए । सरिताको अवस्था भने…