विराटनगरमामा सांसदहरूलाई आन्दोलनकारीको जुत्ता प्रहार

निकासखबर संवाददाता

काठमाडौं । कोशी प्रदेशको नामकरणको विरोधमा लगातार पदर्शन गर्दै आइरहेको प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले विराटनगरमा पुनः आन्दोलन थालेको छ । आज विराटनगरका विभिन्न स्थानमा आन्दोलनकारीहरुले प्रदर्शन सहित आन्दोलन सुरु गरेका हुन् ।

प्रदर्शनकारीले विराटनगरको बिग होटेल समेत घेराउ गरेका छन् । होटलमा ​सांसदहरूको दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन सांसदहरू पुगेका कोहीका सांसदहरुलाई उनीहरुले घेराउ गरेका छन् । उनीहरूले सांसदहरुलाई नाराबाजीसहित जुत्ता समेत प्रहार गरेका छन् । शुरू भएको कार्यक्रममा सांसदहरु सहभागि भएपनि संघर्ष समितिका कार्यकर्ताहरू त्यही होटेल घेराउ गरी रहेका छन् ।

उक्त होटलअगाडि मुठभेडको स्थिति सिर्जना हुन नदिन यतिबेला कडा सुरक्षा व्यवस्था पारिएको छ। आन्दोलनकैबीच सांसदहरू होटलभित्र पसेका हुन् । अहिले उक्त क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ।

मा प्रकाशित