रामेछापमा बोलेरो दुर्घटना हुँदा पाँचजनाको मृत्यु, ११ जना घाइते

निकासखबर संवाददाता

रामेछाप । बिहीबार रामेछापमा बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मन्थली नगरपालिका वडा नं ७ भटौली स्थित कौछिनीमा बोलेरो जिप दुर्घटना हुँदा पाँचजनाको ज्यान गएको हो ।

दुर्घटनामा परि ११ जना घाइते भएको रामेछाप प्रहरीले जनाएको छ । जिल्ला सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका वडा नं ७ भटौलीको कौछिनी जाँदै गरेको बा ११ च ५५३ नम्बरको बोलेरो कौछिनी स्थित मगर टोलमा दुर्घटना भएको प्रहरीले जनाएकाे छ । दुर्घटनामा परि सोहि बोलेरोका चालक सहित ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ र

दुर्घटनामा परि मन्थली नगरपालिका ७ भटौलीकी ८२ वर्षीय नन्दमाया भण्डारी, सोही वडाकी ४० वर्षकी ज्ञानदानी तामाङ, ६८ वर्षका जेशुङ तामाङ र सुनापति गाउँपालिका–१ गुन्सीकी आठ वर्षीय लाक्पा घिसिङको घटना स्थलमै मृत्यु भएको रामेछाप प्रहरी जनाएको छ ।
दुर्घटनामा सोही बोलेरोका चालक मन्थली नगरपालिका ७ भटौलीका ५० वर्षीय दल बहादुर मगरको उपचारको क्रममा रामेछाप सामुदायिक अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाइते भएका मन्थली ७ की ३५ वर्ष विमला गोले, वर्ष ११ की ओजस्वी लामा र वर्ष ५ की सम्भावी लामालाई थाप उपचारको लागि काठमाडौँ रिफर गरिएको छ भने अन्य सामान्य घाइतेहरूको रामेछाप सामुदायिक अस्पताल मन्थली र मन्थली अस्पताल मन्थलीमा उपचार भइरहेको मन्थली नगरपालिका वडा नं ७ वडाअध्यक्ष भुवनहरी प्रसाईले जानकारी दिए ।

बोलेरो गाडी लगभग सडकदेखी ७० मिटर तल खसेको थियो दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित