रामेछापमा बोलेरो दुर्घटना हुँदा पाँचजनाको मृत्यु, ११ जना घाइते

निकासखबर संवाददाता

रामेछाप । बिहीबार रामेछापमा बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मन्थली नगरपालिका वडा नं ७ भटौली स्थित कौछिनीमा बोलेरो जिप दुर्घटना हुँदा पाँचजनाको ज्यान गएको हो ।

दुर्घटनामा परि ११ जना घाइते भएको रामेछाप प्रहरीले जनाएको छ । जिल्ला सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका वडा नं ७ भटौलीको कौछिनी जाँदै गरेको बा ११ च ५५३ नम्बरको बोलेरो कौछिनी स्थित मगर टोलमा दुर्घटना भएको प्रहरीले जनाएकाे छ । दुर्घटनामा परि सोहि बोलेरोका चालक सहित ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ र

दुर्घटनामा परि मन्थली नगरपालिका ७ भटौलीकी ८२ वर्षीय नन्दमाया भण्डारी, सोही वडाकी ४० वर्षकी ज्ञानदानी तामाङ, ६८ वर्षका जेशुङ तामाङ र सुनापति गाउँपालिका–१ गुन्सीकी आठ वर्षीय लाक्पा घिसिङको घटना स्थलमै मृत्यु भएको रामेछाप प्रहरी जनाएको छ ।
दुर्घटनामा सोही बोलेरोका चालक मन्थली नगरपालिका ७ भटौलीका ५० वर्षीय दल बहादुर मगरको उपचारको क्रममा रामेछाप सामुदायिक अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाइते भएका मन्थली ७ की ३५ वर्ष विमला गोले, वर्ष ११ की ओजस्वी लामा र वर्ष ५ की सम्भावी लामालाई थाप उपचारको लागि काठमाडौँ रिफर गरिएको छ भने अन्य सामान्य घाइतेहरूको रामेछाप सामुदायिक अस्पताल मन्थली र मन्थली अस्पताल मन्थलीमा उपचार भइरहेको मन्थली नगरपालिका वडा नं ७ वडाअध्यक्ष भुवनहरी प्रसाईले जानकारी दिए ।

बोलेरो गाडी लगभग सडकदेखी ७० मिटर तल खसेको थियो दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ।

मा प्रकाशित