सिन्धुलीमा कार दुर्घटना- मृत्यु भएका सबैको सनाखत

निकासखबर संवाददाता

काठमाडौं । आज विहान सिन्धुलीमा भएको भारतीय कार दुर्घटनामा मृत्यु भएका सबै व्यक्तिको पहिचान खुलेको छ ।

भारतीय नम्बर प्लेटको कार विपी राजमार्गको सिन्धुलीमाडी-खुर्कोट खण्डको कमलामाई नगरपालिका -४ सोलाभन्ज्याङमा दुर्घटना हुँदा चार जना भारतीय नागरिकको मृत्यु भएको थियो ।

प्रहरीका अनुसार मृत्युहुने सबै भारत विहारका हुन जसमा अभिषेक ठाकुर, मुकेशकुमार चौधरी ,मुत्यैजकुमार फुलहारा,र राजेशकुमार सिंह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पूर्वबाट काठमाडौं जाँदै गरेको बी आर डीडी ०६८७ भारतीय नम्बरको कार सडकबाट करिब पाँच सय मिटर तल खसेर दुर्घटना हुँदा घटनास्थलमा तीन जना र सिन्धुली अस्पतालमा एक गरी चार जनाको मृत्यु भएको हो ।

मा प्रकाशित