बालकोटमा ढल विस्तार गर्दा पुरिएका दुईमध्ये एकको मृत्यु

निकासखबर संवाददाता

भक्तपुर। भक्तपुरको बालकोटमा नयाँ ढल बिस्तारको क्रममा पुरिएका दुई जनामध्ये एकजनाको मृत्यु भएको छ । पुरिएका दुईमध्ये बर्ष २२ को नितेश सदाको मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ।

ढलको काम भइरहेको अवस्थामा एक्कासी माटोको ढिस्को खस्दा सोही स्थानमा काम गरिरहेका उनीहरू पुरिएका थिए । जिल्लाको सूर्यबिनायक नगरपालिका वडा नम्बर २ बालकोटको रागीनी हाइटमा काम गरिरहेका उनीहरू पुरिएका हुन् । कौशलटारबाट सिरुटार जाने सडकको अन्दाजी २० मिटरभित्रको वस्तीमा काम भइरहेको थियो ।

भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले घटना साँंझ चार बजे भएको जनाए । उनीहरुमध्ये सुनसरीको गढी गाउपालिका –२ घर भई हाल भक्तपुर बालकोट वस्ने ३० वर्षीय सियाराम सदालाई साढे पाँंच बजे उद्धार गरी उपचारको लागि नजिकैको भक्तपुर इन्टरनेशनल अस्पताल लगेको उनले जनाए । उनी बोल्न सक्ने अवस्थामा रहेको उनले जनाए ।

सोही स्थानमा घर भई हाल बालकोटमै वस्ने ६ बजे रितेशको मृत्यु भएको हो । उनलाई अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको एसपी केसीले जनाए।

घटनास्थलमा उनीहरूलाई काममा लगाउने सुनसरी गढी गाउपालिका–२ घर भई हाल भक्तपुर बालकोटमा रिङ कारखाना सञ्चालन गरी वस्ने ४६ वर्षीय रामदेव यादव एकासी बेहोस भई तत्काल एम्बुलेन्समा राखी भक्तपुर इन्टरनेशनल अस्पताल पठाइएको जनाइएको छ।

उनको अवस्था सामान्य रहेको छ। उनी सुगर र प्रेशरको रोगी भएको पनि जनाइएको छ। खवर प्राप्त हुनासाथ प्रहरी हवल्दार प्रमिला कार्कीको टोली घटनास्थलमा खटिएको थियो। घटनास्थल वृत्त ठिमीबाट ४ किलोमिटर दक्षिण पश्चिममा पर्दछ। घटनाबारे विस्तृत विवरण आउन बाँंकी नै छ।

मा प्रकाशित