झिमरुकमा डोको बुन्ने प्रतियोगिता सम्पन्न

निकासखबर संवाददाता

प्युठान। नयाँ वर्षको अबसरमा प्युठानको झिमरुक गाउँपालिका–५ ओखरकोटमा डोको बुन्ने प्रतियोगिता, परम्परागत घरेलु सामग्री प्रदर्शन तथा लोकनृत्य प्रतियोगिता शनिबार सम्पन भएको छ।

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने, स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने तथा सास्कृतिक सङ्ग्रहालय निर्माण गर्ने लक्षका साथ परम्परागत घरेलु सामग्री प्रदर्शन गरिएको आयोजकले जनाएको छ। ओखरकोट चोयाचित्र उद्योगले आयोजना गरेको डोको बुन्ने प्रतियोगिता परम्परागत घरेलु सामग्री प्रदर्शन तथा लोकनृत्य प्रतियोगिता कार्यक्रममा डोको बुन्ने कार्यक्रम विशेष आकर्षक बनेको थियो।

जिल्ला समन्वय समिति प्युठानका अध्यक्ष धरमबहादुर जीसीले स्थानीय उद्योगले तयार पारेका सामग्रीहरु स्थानीय तहहरुले कार्यालय प्रयोजन तथा अन्य कामका लागि खरिद गरी सहयोग गर्न आग्रह गरेका थिए। स्थानीय उत्पादन बाँसको सदुपयोग गर्ने उद्देश्यले यसअघि पनि चैत्र २४ गतेदेखि चोयाचित्रबाट विभिन्न सामग्री बनाउने तालिम सञ्चालन गरिएको थियो।

एक हप्ताको छोटो तयारीमा पनि आकर्षक सामाग्रीहरु बनाउएर प्रदर्शन गरिएको थियो।चोयाचित्रा तालिम ४५ दिनसम्म सञ्चालन हुने समितिका अध्यक्ष प्रदिप जी सी ले जानकारी दिएका थिए। सहभागी तालिमका क्रममा डोको, मान्द्रो, डाला, सुपो, बास्केट, ढाकि, प्रिङगो, ढडिया, मुडा, स्टुल बेन्च टेबुल, चियादानी, ट्रे, ओरो, सिङ्के कुचो, बाकस तथा विभिन्न चरा तथा फूलका आकर्षक चित्रहरु बनाउन सफल भएका छन्।

तालिमका प्रमुख प्रशिक्षक धनकुटा निवासी तुलमान राईले तालिम दिएका थिए।प्रशिक्षक राईको अनुसार अनुसार ओखरकोटमा रहेका बाँसले सिङ्गो नेपाललाई पुग्ने सामग्री उत्पादन गर्न सकिने बताएका थिए।डोको बुन्ने प्रतियोगितामा स्थानीय आठ जनाले सहभागीता जनाएका थिए । ५० वर्षीय रामबहादुर बिकले ५९ मिनेटमै ९५ डिग्रिको कोणमा १८ ईन्च गोलाईमा १८ ईन्च डायमिटरको डोको तयार पपारेका थिए ।

त्यस्तै सोही साईजमा ६५ मिनेटमा डोको तयार पारी स्थानीय अर्जुन बिक दोस्रो र गंगाबहादुर सुनारले आकर्षक डोको तयार गरी तेस्रो स्थान बिजेता भएका थिए। प्रतियोगिले प्रथम पुरस्कार बापत तीन हजार नगद, दोस्रोका लागि दुई हजार नगद र तेस्रो हुनेका लागि एक हजार, सान्त्वनाले एक हजार र प्रमाणपत्र प्राप्त गरेका थिए ।  डोको बुन्ने प्रतियोगितामा भागलिने सहभागी सबैलाई ओखरकोट चोयाचित्र उद्योगका अध्यक्ष प्रदिप जिसिले नगद पाँच सयका दरले पुरस्कार उपलब्ध गराएका थिए ।लोकनृत्यतर्फ चौध जनाले सहभागिता जनाएका छन् ।

त्यसमा प्रथम अस्मिता थापा जी सी, दोस्रो मनिसा पुन मगर, तेस्रो सबिना जी सी, सान्त्वना बिना र शिक्षाको जोडी भएका छन् बिजेता हुनेले क्रमशः तीन हजार, दुई हजार, एक हजार र पाँच हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

उक्त कार्यक्रममा वडा अध्यक्ष दधिराम पोखरेल, झक बहादुर जि।सी, सुवास जी। सी, झिम्रुक गाऊँपालिकाका योजना शाखा प्रमुख शुकदेव रिजाल, नि।वडा अध्यक्ष टिका बहादुर जी सी, वडा सचिव भगवता शर्मा, बिध्यार्थी नेता मिलन एम सी, जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष बिमल प्रसाद पोख्रेल, जनप्रतिनिधिहरु मधु खड्का, सरिता बि क, बोधिराम पोखरेल लगायतको उपस्थिति रहेको थियो।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित