बैंक–बीमा

डिजिटल सुदूरपश्चिम संवाद इन एशोशिएसन विथ फोनपे सम्पन्न
निकासखबर संवाददाता

धनगढी । सुदूरपश्चिम प्रदेशको धनगढीमा डिजिटल संवाद ४.० आयोजना भएको छ । आइसिटी फाउन्डेसन नेपालको आयोजनामा सोमबार धनगढीमा डिजिटल सुदूरपश्चिम संवाद इन एशोशिएसन विथ फोनपे सम्पन्न भएको हो । सोमबार भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीको उपस्थिति रहेको थियो । यस्तै कार्यक्रममा सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष मोहन देव विष्ट र सदस्य प्रा. डा. जगत बहादुर सिंह रावल, सामाजिक विकास मन्त्रालयका कार्यवाहक सचिव गणेश बहादुर सिंह, घोडाघोडी नगरपालिकाका मेयर खड्क बहादुर रावत, कैलारी गाउँपालिकाका अध्यक्ष राज समाज चौधरी, क्यान महासंघका उपाध्यक्ष हर्क सेठीको सहभागीता थियो । यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीएसपी भरत…

मुक्तिनाथविकास बैंकद्वारा बैंककाग्राहकहरुलाईनयाँबानेश्वरको “दृश्य लाउन्ज”माविशेष छुट
निकासखबर संवाददाता

काठमाडाैं ।  मुक्तिनाथविकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन नयाँबानेश्वरको “दृश्य लाउन्ज”सँग छुट प्रदानगर्ने गरी सम्झौता गरेको छ । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले नयाँबानेश्वरको “दृश्य लाउन्ज”माफुड एण्ड बेभरेजमा विशेष १५% छुट प्राप्तगर्न सक्नेछन् । साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसीनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको बैंकका प्रमुख सूचन ाअधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिए । त्यसै गरी प्रिपेड डलर कार्ड ,मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन…

प्रभु लाइफको सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स कार्यक्रम सम्पन्न
निकासखबर संवाददाता

काठमाडाैं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले इटहरीमा ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’ कार्यक्रमसम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीका प्रदेश १ ‘ए’ र ‘बी’ अन्तर्गतका एजेन्सी लिडर्सहरुको उल्लेख्य मात्रामा सहभागीता रहेको थियो । ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’को उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाईले गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रसाईले यस किसिमका सेल्स मोटिभेसन सेसनले कम्पनीमा आवद्ध बीमा मध्यस्थकर्ताहरुको कार्यक्षमता बृद्धि एवं व्यवसायीक सफलतामा सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रमुख कार्यकारी अधिकृत प्रसाईले भने, हामीले आफ्नो कामलाई महत्वका साथ निरन्तरता दिन सकियो भने सफलताले तपाई हामीलाई खोज्दै आउने छ । त्यसैले आफ्नो…

‘पैसा बैंकमै छ, ऋणको माग छैन’
निकासखबर संवाददाता

काठमाडौं । बैंकमा लगानीयोग्य रकम पर्याप्त अर्थात् २ खर्बभन्दा बढी रहेको तर उच्च ब्याजदरले ऋणको माग नै नरहेको सरोकारवालाहरूले बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर इकोनोमिक समिटको दोस्रो सत्र ‘पैसा खोइ रु’ मा बोल्दै राष्ट्र बैंकका गभर्नर तथा बैंकरले यस्तो बताएका हुन् । गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूमा पर्याप्त पैसा जम्मा भइसकेको बताए । ‘५० अर्बको उत्पादनमूलक प्रोजेक्ट योजना लिएर आउने हो भने पनि चिन्ता नगर्नुस्’ उनले भने, ‘हामीसँग स्रोत छ, तर तपाईंहरू (निजी क्षेत्र) को प्रोजेक्ट कार्यान्वयन गर्ने प्रतिबद्धता चाहियो, बैंकलाई अनुकूल प्रोजेक्ट हुनुपर्‍यो ।’ कार्यक्रममा प्रभु बैंकका अध्यक्ष लीलाप्रकाश सिटौलाले ऋणको माग नै यतिबेला कम रहेको स्पष्ट पारे । एकातिर कर्जाको माग…

आयोजना कार्यान्वयन प्रभावकारी बनाउन अर्थमन्त्रीसँग विश्व बैंक र एडिबीको आग्रह
निकासखबर संवाददाता

काठमाडाैं । नेपालका दुई ठूला विकास साझेदार विश्व बैंक र एसियाली विकास बैंक (एडिबी) का प्रतिनिधिले अर्थमन्त्री डा प्रकाशशरण महतसँग छलफल गरेका छन् ।  विश्व बैंकको टोलीले मङ्गलबार र एडिबीको टोलीले आज बिहान उनीहरुसँग छलफल गरेको हो । छलफलका क्रममा ती दातृ निकायले नेपालमा लगानी गरेका विभिन्न आयोजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्न अर्थमन्त्रीसँग आग्रह गरेका छन् । “उहाँहरू नेपाललाई सहयोग गर्न उत्साहित हुनुहुन्छ, उहाँहरूको चाँसो र चिन्ता भनेको दिइएको सहयोग समयमा खर्च हुन सकेन भन्नेमा छ”, आज बिहान एडिबीका देशीय निर्देशक अर्नौड काउसिससँगको छलफलपछि रासससँग प्रतिक्रिया दिँदै अर्थमन्त्री महतले भने, “आयोजनाको जग्गा अधिग्रहण (साइट क्लियरेन्स) समयमा नभएर…