प्रभु लाइफको सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स कार्यक्रम सम्पन्न

निकासखबर संवाददाता

काठमाडाैं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले इटहरीमा ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’ कार्यक्रमसम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीका प्रदेश १ ‘ए’ र ‘बी’ अन्तर्गतका एजेन्सी लिडर्सहरुको उल्लेख्य मात्रामा सहभागीता रहेको थियो ।

‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’को उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाईले गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रसाईले यस किसिमका सेल्स मोटिभेसन सेसनले कम्पनीमा आवद्ध बीमा मध्यस्थकर्ताहरुको कार्यक्षमता बृद्धि एवं व्यवसायीक सफलतामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रमुख कार्यकारी अधिकृत प्रसाईले भने, हामीले आफ्नो कामलाई महत्वका साथ निरन्तरता दिन सकियो भने सफलताले तपाई हामीलाई खोज्दै आउने छ । त्यसैले आफ्नो कामलाई माया गरौ र निरन्तरता दिऔं ।
प्रभु लाइफका नायव महाप्रबन्धक सोन बहादुर मगरले सम्बोधन गर्दै जीवन बीमाको औचित्व र जीवन बीमा मध्यस्थकर्ताका काम, कर्तब्यका बारेमा प्रष्ट पारे । कम्पनीका सहायक महाप्रबन्धक टीकादत्त प्याकुरेलले कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गरे । कार्यक्रममा प्रदेश १ ‘ए’ र ‘बी’ अन्तर्गतका पाँच पाँच जना उत्कृष्ट बीमा अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रभु लाइफका प्रमुख कार्यकारी अधिकृत प्रसाई, नायव महाप्रबन्धक मगर, सहायक महाप्रबन्धक प्याकुरेल, प्रदेश १ ‘ए’ प्रमुख पुष्कर भट्टराई, प्रदेश १ ‘बी’ प्रमुख जगत नाथ फँुयाल, ब्राण्डिङ प्रमुख विनोद घिमिरे लगायतको उपस्थिती रहेको थियो ।
अन्तराष्ट्रिय नेपाली मोटिभेसनल ट्रेनर श्री बी.पी. रेग्मीको लाइफ इन्स्योरेन्स सेल्स सेसन कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेको थियो । ट्रेनर रेग्मीले व्यवहारीक तरिकाले व्यवसायीक बृद्धिका सुत्रहरु दिएका थिए । बीमा मध्यस्थकर्ताहरुको व्यवसायीक जीवनका आयामहरु र आगामी सहज एवं सफल यात्राका विषयहरु इन्स्योरेन्स सेल्स सेसनमा समेटिएको थियो ।

मा प्रकाशित