बैंक–बीमा

आन्तरिक ऋण उठाउन १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक
काठमाडौं, ८ भदौ २०८० ।

नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सरकारलाई आवश्यक रकम जुटाउनका लागि ६ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ‘ज’ बिक्री गर्न लागेको हो । सो ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिन सक्नेछन् । इच्छुक खरिदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन्। प्रतिस्पर्धी खरिदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात ८ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात १ अर्ब ५० करोड छुट्याइएको छ। बोलकबोल प्रक्रियाबाट…

साइन रेसुंगा डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्दै, बोलकबोल कहिले ?
निकासखबर संवाददाता

काठमाडौं । साइन रेसुंगा डेभलपमेन्ट बैंकले बोलकबोलमार्फत संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको २० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । बैंकले उक्त सेयरको न्यूनतम मूल्य प्रति कित्ता १४५ रुपैयाँ तोकेको छ । सेयर बिक्रीका लागि बैंकले शुक्रबार बोलकबोलमार्फत गोप्य सिलबन्दी बोलपत्र आह्वान गरेको छ । सेयर खरिदका लागि बोलपत्र पेस गर्ने लगानीकर्ताहरुले उक्त मूल्यभन्दा कम नहुने गरी आवेदन दिनु पर्ने हुन्छ । एनआइसी एसिया क्यापिटलको कार्यालयबाट आवेदन प्राप्त गर्न तथा बुझाउन सकिने व्यवस्था छ । न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि भदौ १७ गतेसम्म आवेदन दिन सकिन्छ । सेयर खरिदका लागि…

समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई गाभ्ने
निकासखबर संवाददाता

समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई गाभ्ने भएको छ । दुई संस्थाबीच गाभ्ने गाभिने सम्झौतामा आज हस्ताक्षर भएको छ ।काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका ७ मा केन्द्रीय कार्यालय रहेको समता घरेलु लघुवित्तले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका ५ केन्द्रीय कार्यालय रहेको मनकामना स्मार्ट लघुवित्तलाई गाभ्ने भएको हो । बिहीबार यी दुई संस्थाबीच गाभ्ने/गाभिने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । हाल समता घरेलु लघुवित्तको चुक्ता पुँजी ३९ करोड ४१ लाख रहेको छ भने मनकामना स्मार्ट लघुवित्तको चुक्ता पुँजी १४ करोड ८४ लाख रहेको छ । Facebook Notice for EU! You need to login to view and post FB Comments!

प्रिमियममा आईपीओ निष्काशन गर्दै सिटिजन लाइफ, भदौ १५ देखि भर्न पाइने
काठमाडौं, ६ भदौ २०८० ।

सिटिजन लाइफ इन्स्योरेन्सले भदौ १५ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रिमियम मूल्यमा ९० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २४४ रुपैयाँमा शेयर निष्काशन गर्नेछ । कम्पनीको आईपीओमा न्युनतम १० कित्ता र अधिकतम १५ लाख कित्ताको लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । इच्छुक आवेदकले भदौ १९ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धमा एनआईएमबि एस क्यापिटल रहेको छ । आईपीओ निष्काशनपश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७५ करोड पुग्ने छ । कम्पनीमा संस्थापकहरुले…

एभरेष्ट बैंकद्वारा बर्दघाट नवलपरासी (पश्चिम) मा आफ्नो १२५ औं शाखा उद्घाटन
निकासखबर संवाददाता

नवलपरासी । एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यका साथ आज मिति २०८० साल वैशाख २५ गतेका दिन नवलपरासी (पश्चिम) मा आफ्नो १२५ औं शाखा उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा नवलपरासी पश्चिमका जिल्ल्ला सभापती केशव प्रसाद भण्डारी र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा गरेका छन् । उक्त उद्घाटन समारोहमा सशस्त्र प्रहरी बल नवलपरासी पश्चिमका प्रहरी वरिष्ठ उपरिक्षक किरण बस्नेत, बर्दघाट नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष वेधविना तिवारी, इलाका प्रहरी कार्यालय बर्दघाटका…