कृषि–सहकारी

दूग्ध किसानहरुको आन्दोलन स्थगित
निकासखबर संवाददाता

काठमाडौं, २० फागुन । सरकार र किसानहरुबीच पाँच बुँदे सहमति भएपछि दूध किसानहरुले आन्दोलन स्थगित गरेका छन् । दुध बिक्री गरेबापतको करिब सात अर्ब रूपैयाँ नपाएको भन्दै दुध सडकमा फालेर आन्दोलनमा उत्रिएका किसान र सरकारबीच शनिवार सहमति भएको हाे । शनिबार साँझ कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालको उपस्थितिमा सरकार, उद्योगी र दूग्ध सहकारी संघबीच वार्ता भएको हो । वार्तामा किसानहरुले आगामी एक महिनाभित्र दूध बिक्रीवापतको रकम भुक्तानी पाउने सहमति भएको छ । दूग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरका अनुसार आगामी चैत्र २१ गतेसम्ममा दूधको भुक्तानी पाउने सहमति भएको बताएका छन् । उनका अनुसार उद्योगले सहकारीबाट खरिद गरेको दूधको परिमाणलाई…

मिटरब्याज पीडितलाई वार्तामा आउन सरकारको आह्वान
निकासखबर संवाददाता

काठमाडौं, १३ फागुन । २३ दिनसम्म पैदल हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितलाई वार्तामा आउन सरकारले आह्वान गरेको छ । गृह मन्त्रालयलेले आइतबार मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहालाई पत्र पठाउँदै वार्तामा बोलाएको हो । मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका शाखा अधिकृत चिरञ्जीवी जीएमले हस्ताक्षर गरेको सो पत्रमा समस्या समाधानका लागि वार्तामा आउन मिटर व्याज पीडितहरुलाई बोलाइएको छ । अध्यक्ष कुशवाहालाई लेखिएको पत्रमा भनिएको छ, ‘सो कार्यक्रममा तपाईं नेतृत्व रहेको भन्ने बुझिन आएकाले समस्या समाधानका सम्बन्धमा थप छलफलका लागि मन्त्रालयमा आमन्त्रण गरिएको छ । बढीमा ५ सदस्यीय वार्ता टोली गठन गरी छलफलका लागि मन्त्रालयमा उपस्थित…

फेरि बढ्यो ब्रोइलर कुखुराको मासुको मुल्य
काठमाडौं, ३ असोज २०८० ।

ब्रोइलर कुखुराको मासुको मुल्य फेरि बढ्ने भएको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघको मंगलबारको बैठकले बुधबारदेखि लागू हुनेगरी जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य बढाउने निर्णय गरेको छ । बैठकले जिउँदो ब्रोइलरको कोल्ड स्टोर खरिद मूल्य प्रतिकिलो १० रुपैयाँले बढाउने निर्णय गरेको हो । अब जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य २८० रुपैयाँ कायम भएको छ । भदौ २५ मा कुखराको एक किलोको मूल्य २६० रुपैयाँ रहेको थियो । भदौ २७ मा फेरि प्रतिकिलो १० रुपैयाँले बढेर २७० रुपैयाँ पुगेको थियो । यसैगरी, ६ दिनपछि नै संघले ब्रोइलर कुखुराको मूल्य १० रुपैयाँ थप बढाएको हो । यसरी, जिउँदो कुखुराको मूल्य बढेसँगै…

घट्यो प्याजको भाउ, अन्य तरकारीको मुल्य कति छ ?
काठमाडौं, ८भदौ २०८० ।

शुक्रबार कालिमाटी थोक तरकारी बजारमा भारतीय सुकेको प्याजको मूल्य घटेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजानिक गरेको मुल्य सुची अनुसार भारतीय सुकेको प्याजको अधिकतम मूल्य प्रति किलो ७८ रुपैयाँ र न्युनतम मूल्य प्रति किलो ७३ रुपैयाँ कायम गरिएको छ । बिहीबार प्याजको न्युनतम मूल्य प्रति किलो ७५ रुपैयाँ र अधिकतम मूल्य प्रति किलो ८० रुपैयाँ कायम गरिएको थियो । भारत सरकारले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेसंगै कालिमाटी फलफुल तथा तरकारी बजारमा प्याज भित्रिएको थिएन । जसका कारण कालिमाटीमा केही दिन प्याज नभित्रिदाँ मंगलबार र बुधबार भने प्याजको भाउ तोकिएको थिएन । त्यस्तै शुक्रबार…

दुईदिन पछि तोकियो प्याजको मुल्य, आज कति छ ?
काठमाडौं, ७ भदौ २०८० ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दुई दिनपछि प्याजको मूल्य तोकेको छ । भारत सरकारले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णयसंगै कालिमाटी फलफुल तथा तरकारी बजारले प्याज नभित्रिएको भन्दै दुई दिनयता मूल्य सूचीबाट हटाएको थियो । आज दुई दिनपछि समितिले दैनिक मूल्य सूचीमा प्याजको मूल्य तोकेको हो । जसअनुसार आज कालीमाटी तरकारी बजारमा भारतीय सुकेको प्याजको न्युनतम मूल्य प्रति किलो ७५ रुपैयाँ र अधिकतम मूल्य प्रति किलो ८० रुपैयाँ कायम गरिएको छ । यसअघि आइतबार ६२ रुपैयाँ प्रतिकिलो र सोमबार किलोमा १८ रुपैयाँ बढाएर मुल्य सुची राखिएको थियो । मंगलबार र बुधबार भने प्याजको भाउ तोकिएको थिएन ।