कृषि–सहकारी

कर्णाली प्रदेशको २८ प्रतिशत खेतीयोग्य जमिन बाँझै
निकासखबर संवाददाता

कर्णाली । कर्णाली प्रदेशको २८ प्रतिशत खेतीयोग्य जमिन बाँझै रहेको तथ्याङ्क छ । बाँझो जमिन सदुपयोग गर्ने सरकारले नीति लिएपनि कर्णाली प्रदेशभर अहिले पनि २८ प्रतिशत जमिन बाँझै रहेको पाइएको हो । कर्णालीमा बर्सेनि खाद्यान्न अभाव हुने गर्दछ । कर्णाली प्रदेशको खेतीयोग्य जमिनमध्ये ७२ प्रतिशत जमिनमा खेती हुँदै आएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको तथ्याङ्कमा छ । मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतका अनूसार देशको २२ प्रतिशत क्षेत्रफल ओगटेको कर्णाली प्रदेशका ७४ प्रतिशत नागरिक कृषिमा निर्भर छन् । दुई लाख ९९ हजार तीन सय ३९ हेक्टर खेतीयोग्य जमिनमा तीन लाख ३९ हजार नौ सय नौ मेट्रिकटन खाद्यान्न उत्पादन हुने गरेको छ…

धान भित्र्याउने बेलासम्म नै लाग्दै लागेन बाला
स्याङ्जा, १४ कात्तिक, २०७९ । निकासखबर संवाददाता

धान पाकेर भित्र्याउने बेलासम्म पनि बोटमा दाना नलागेपछि जिल्लाका किसानमाझ चिन्ता फैलिएको छ । जिल्लाकै वालिङ नगरपालिका–१४ हुल्काङमा लगाइएको धानमा दाना नलाग्दा किसान निराश बनेका हुन् । विगत दुई वर्षदेखि स्थानीय एग्रोभेट पसलबाट ‘युएस ३१२’ जातको हाइब्रिड धानको बीउ ल्याएरु लगाउँदै आएका कृषक टेकप्रसाद डुम्रेले अरु बेला उत्पादन राम्रो भए पनि यस वर्ष धानमा दानै नलागेको बताए । ‘विगतमा पनि यही धान लगाउँदै आएको थिएँ, यसपटक पनि यही धानको बीउ ल्याएर ब्याड राखी धान रोपेको हुँ के भयो–भयो’ उनले भने ‘पराल हरियै छ तर धान पसाएर नुग्ने बेलामा नुग्दै नुगेन ।’ सात रोपनी क्षेत्रफलमा लगाएको धानखेतीमा दाना नलागेपछि मानो खाएर…

नियन्त्रणबाहिर बर्डफलू, लकडाउनको तयारीमा विभाग
निकासखबर संवाददाता

काडमाडौं । कुखुराको संक्रामक रोग बर्डफ्लू नियन्त्रणवाहिर गएको सरकारी अधिकारीले बताएका छन् । संक्रमण बढेपछि पशु सेवा विभागले लकडाउनको तयारी गरेको छ । भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशालाले आज काठमाडौंमा आयोजना गरेको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा पशु सेवा विभागका महानिर्देश डा .राम नन्दन तिवारीले बर्डफ्लू संक्रमण नियन्त्रणबाहिर गएको बताए । उनका अनुसार, गत माघदेखि प्रदेश १, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा बर्डफ्लूको संक्रमण बढेको छ । हालसम्म हाँस, ब्रोइलर, लोकल, गिरिराज, लेयर्स टर्की काग ,प्यारेन्ट कालिज र लौकाटमा पुष्टि भएको उनले जानकारी दिए । कुखुरापालन हुने देशका मुख्य सहरहरू मोरङ, काठमाडौं, सुनसरी, सिन्धुपाल्चोक, कास्की, उदयपुर, ललितपुर, भक्तपुर, पर्सा ,मकवानपुर,धनुषा…

चितवनका आठ फार्ममा भेटियो बर्डफ्लु, फार्म आसपासका पक्षी नष्ट गरिँदै
निकासखबर संवाददाता

चितवन । चितवनको भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाका गरी आठ कुखुरा फार्ममा बर्डफ्लु भेटिएको छ । खैरहनी र भरतपुरका चाररचारवटा फार्ममा बर्डफ्लु भेटिएपछि बर्डफ्लु नियन्त्रण समितिले उक्त फार्म र आसपासका पक्षी तथा पक्षीजन्य सामग्री नष्ट गर्ने निर्णय गरेको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका–२ स्थित किरणप्रसाद कँडेलको तात्रीबास पशु विकास तथा कृषि अनुसन्धान केन्द्र, खैरहनी–१० स्थित राजु बुर्लाकोटीको कुखुरा फार्म, खैरहनी–३ स्थित ध्रुव अधिकारीको फार्म र खैरहनी–६ स्थित राजाराम पण्डितको कुखुरा फार्ममा बर्डफ्लु भेटिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका मत्स्य विकास अधिकृत प्रभात न्यौपानेले जानकारी दिए । त्यस्तै, भरतपुर महानगरपालिका–८ मदनकृष्ण मानन्धरको व्यावसायिक लेयर्स कुखुरा फार्म, भरतपुर–२३ खेमलाल…