कृषि–सहकारी

भारतबाट तरिकारी भित्रिँदा बारीमै सुक्यो किसानको तरकारी
निकासखबर संवाददाता

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुरका किसानले लगाएको तरकारी बारी मै सुकेर जना थालेको छ । भारतबाट तरिकारी भित्रिँदा किसानले लगाएको तरकारी बारी मै सुकेर जना थालेको हो । मोतीपुरका किसान राजेश डाँगी टन्टलापुर घामको प्रवाह नगरी आफ्नो खेतबारीमा पुग्छन् । उनलाई गर्मीले गर्दा निस्केको पसिनाको कुनै प्रवाह छैन । पसिना पुछ्दै बारीमा पुग्दा पनि उामा अलिकती पनि उत्साह छैन । उनले १७ कट्ठामा लगाएको बन्दा यस वर्ष काम नलाग्ने भएको छ । बिक्री नभएपछि बस्तुभाउलाई खुवाउनुपर्ने बाध्यता आएको उनी बताउँछन् । “१७ कट्ठामा लगाएको हुँ, एउटा पनि बिक्री भएन”, उनले भने, “अब गाई, बाख्रालाई खुवाउनुभन्दा विकल्प भएन ।” उनले…

भारतीय उत्पादनको कब्जामा नेपाली बजार, नेपाली किसान मारमा
निकासखबर संवाददाता

बाँके। लागतबराबर पनि मूल्य नपाएपछि बाँकेको खजुरा गाउँपालिका– २ ए गाउँका अगुवा किसान लालबहादुर खत्रीले दुई सय क्यारेट गोलभेडा मलखादमा खन्याएका छन् । प्रतिकेजी पाँच रुपैयाँ पनि नपाएपछि उनले गोलभेडा मलखादमा हालेका हुन् । सरकारी अनुदानलगायत विभिन्न सहुलियतका कारण कम लागतमा उत्पादन हुने भारतीय गोलभेडा बजरामा सस्तोमा आउँदा नेपाली उत्पादनले उचित मूल्य पाउन नसकेको उनको गुनासो छ । नेपाली किसानलाई बिउ, मललगायतमा राज्यले सहुलियत नदिएका कारण उत्पादन लागत महँगो पर्न जान्छ । उनको बारीमा करिब सय क्विन्टल गोलभेडा टिप्न बाँकी रहेको छ । यतिबेला उनको गोदाम पनि टमाटरले भरिएको छ । लागतसमेत उठ्ने मूल्य नपाएपछि दुई सय क्यारेट गोलभेडा मलखादमा फाल्न बाध्य भएको उनले बताए ।…

विषादी प्रयोग गरिएका आँप छ्यापछ्याप्ती
निकासखबर संवाददाता

वरिाटनगर । मोरङको विराटनगरका बजार क्षेत्रमा विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती रुपमा बिक्री वितरण भइरहेका छन् । सरोकारवाला निकायले अनुगमन नगर्दा व्यापारी विषादी प्रयोग गरिएका आँप महङ्गोमा बिक्री गरिरहेका हुन् । नाफा कमाउन समयभन्दा पहिला नै आँप बजारमा बेच्न थालिएको छ । यसका लागि अत्यधिक विषादी प्रयोग गर्ने गरेको पाइएको छ । व्यापारीले पाक्नुभन्दा अघिनै रूखबाट आँप टिप्ने र विषादी प्रयोग गर्ने क्रम चलिरहेको छ । विषादी प्रयोग गरिएका आँप खाँदा स्वास्थ्य असर पर्ने जोखिम छ । भारतसितको खुला सीमाका कारण व्यापारीले सस्तोमा काँचो आँप नेपाल भित्र्याउने गरेका छन् । काँचो आँप ल्याउने र कार्बाइडको प्रयोगबाट पाकेका आँप बजारमा…

संस्थाको विकासमा जनशक्तिलाई प्राथमिकता दिन जोड
निकासखबर संवाददाता

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी सहकारी महासम्मेलनका बोल्ने वक्ताहरुले संस्थाको विकासमा जनशक्ति नै महत्वपूर्ण विषय भएको बताएका छन् । महासम्मेलनको तेस्रो दिनको पहिलो सेसनमा विश्वमा कामको शैलीमा भइरहेको परिवर्तन र संस्थाको विकास विषयमा धारणा राख्दै वक्ताहरुले संस्थाको विकासका लागि जनशक्तिलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्नु पर्ने धारणा राखे । ‘विश्वमा बदलिंदो कार्य वातावरणः संस्थागत सफलताको आधार’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै बैंकर अनिल केशरी शाहले कुनै पनि संस्थामा जनशक्तिको भूमिका महत्वपूर्ण हुने भएकोले संस्थाको संस्थागत विकासको लागि जनशक्तिलाई प्रविधिसँगै सीप सिकाउनमा जोड दिनु पर्ने बताए । संस्थाको जति ठूलो ब्राण्ड…

गहुँ खेतीमा रगिन गरिँदै
निकासखबर संवाददाता

टीकापुर । कैलालीमा विजवृद्धिका क्षेत्रमा काम गरिरहेका कृषि सहकारी तथा समूहले गहुँ खेतीमा रगिन गरिरहेका छन् । बीजवृद्धिका लागि गरिएको पाकेको गहुँ बालीमा जातीय शुद्धताका लागि रगिन भइरहेको हो । बीउमा जातीय शुद्धताका लागि खडा अवस्थामा रही तयारी हुँदै गरेको बालीमा विभिन्न बीउ उत्पादक सहकारीले टोली बनाएर बालीमा रगिन गरिरहेका छन् । कैलालीको जानकी गाउँपालिका–४ स्थित बीजवृद्धि सहकारी संस्था मुनुवाले यस वर्ष २४ किसानलाई रगिनको कार्यमा लगाएको छ । बीजवृद्धिका लागि गरिएको खेतीबाट गुणस्तरीय बीउ उत्पादन गर्न सहकारीले किसान परिचालन गरी रगिन गराइरहेको छ । उत्पादनमा गुणस्तरीयतासँगै बीउ उत्पादक किसानलाई सहज हुने भएकाले सहकारीले नै रगिनको काम गराइरहेको रगिन कार्यका…