उद्योग–वाणिज्य

तीन हजार लघुवित्त पीडितहरू काठमाडौंमा
निकासखबर संवाददाता

काठमाडौं, ६ फागुन । सरकारले समिति बनाएर पनि केहि काम नगरेकोको भन्दै देशभरबाट झण्डै तीन हजार लघुवित्त तथा वित्तीय पीडितहरू राजधानी आएका छन् । उनीहरुले राजधानीमा ¥याली समेत निकालेका छन् । सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष मणिराम ज्ञवालीले दिएको जानकारी अनुसार देशभरबाट लघुवित्त पीडितहरु काठमाडौं आएका हुन् । उनीहरूले भोलिदेखि नियमित रूपमा शान्तिपूर्ण आन्दोलन गर्ने जनाएका छन् । मुग्लिनबाट हिँडेका उनीहरू ६ दिनका दिन हिजो साँझ थानकोटस्थित त्रिभुवन पार्कमा आएर बास बसेका थिए । आज थानकोटबाट र्‍यालीसहित कलङ्की हुँदै तीनकुने गएर बस्ने र सोमबारदेखि शान्तिपूर्ण आन्दोलन सुरु गर्ने तयारीमा रहेको उनीहरुले बताए । Facebook Notice for EU! You need to login…

सातामा २८ उडान हुने गरी नेपाल र स्विट्जरल्यान्डबीच हवाई सम्झौता
निकासखबर संवाददाता

काठमाडौँ,२७ माघ । सातामा २८ उडान हुने गरी नेपाल र स्विट्जरल्यान्डबीच हवाई सेवा सम्झौता भएको छ । सम्झौता अनुसार दुवै देशका एयरलाइन्सलाई उडान गर्न तोकिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उड्डयन महाशाखाका प्रमुख बुद्धिसागर लामिछानले जानकारी दिए । उनका अनुसार नेपालमा काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढीमा १४ वटा र बाँकी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरिने छ । स्विट्जरल्यान्डसँगको सम्झौतासँगै नेपालले द्विपक्षीय हवाई सेवा सम्झौता गरेका मुलुकको सङ्ख्या ४२ पुगेको छ । यसअघि गत मङ्सिर १९ गते नेपाल सरकार र रुवाण्डा सरकारबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको थियो । Facebook Notice for EU! You need…

बाँसबारी जग्गा घोटाला प्रकरणः चौधरीसहित तीन जना रिहा
निकासखबर संवाददाता

काठमाडौं, २४ माघ । बाँसबारी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार चौधरीसहित अन्य दुई जनालाई पनि रिहा गरेको हो ।  उनीहरूलाई सीआईबीको हिरासतमा राखिएकाे थियाे । सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पूरा गर्न सीआईबीलाई आदेश दिएको थियो । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ ९६० बमोजिम अदालतले उक्त आदेश दिँदै प्रतिवादीहरुलाई २५ दिनसम्म नै हिरासतमा राखी अनुसन्धान गर्नेसम्मको अवस्था नदेखिएको पनि ठहर थियो । जग्गा हिनामिना गरेको…

व्यवसायीहरूको समस्या समाधानमा पहल गर्नेछु : राष्ट्रपति पौडेल
निकासखबर संवाददाता

काठमाडौं, २४ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले उद्योगी व्यवसायीको समस्या समाधानका लागि आफूले पहल गर्ने बताएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बुझाएको ज्ञापनपत्र बुझ्दै बुधबार राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । उनले उद्योगी व्यवसायीको समस्याप्रति आफू गम्भिर रहेको पनि बताए । अब चाँडै नै व्यवसायीहरुको समस्या समाधानका लागि सम्बन्धित निकायसँग कुरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। राष्ट्रपति पौडेलले उद्योगी व्यवसायीहरुले उठाएका मागहरु जायज भएको भन्दै यसको समाधानका लागि सम्बन्धित निकायसँग छलफल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले भने, ‘तपाईंहरुले उठाएको माग जायज छन्, मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउनका लागि तपाईंहरुजस्ता उद्योगी व्यवसायीले खेलेको भूमिका महत्वपूर्ण छ, तपाईंको समस्याको समाधान…

१४.२ केजीभन्दा बढी तौलको ग्यास सिलिण्डर प्रयोग नगर्न निगमको आग्रह
काठमाडौं, ४ असोज २०८० ।

नेपाल आयल निगमले १४.२ केजी बढी क्षमताका सिलिण्डर प्रयोग नगर्न आग्रह गरेको छ । यस्ता सिलिण्डर प्रयोग गर्नु गैरकानुनी भएको भन्दै आमउपभोक्तालाई निगमले एक सुचनामार्फत अनुरोध गरेको छ । त्यस्तै ग्यास भरी बिक्री वितरण गरेमा कारवाही गर्ने चेतावनी समेत निगमले दिएको छ । ग्यास उद्योगहरुले १४.२ केजी क्षमताभन्दा बढी ५० केजी र ४५० केजी क्षमताका सिलिण्डरमा एलपी ग्यास बिक्री वितरण गरेको पाइएको भन्दै निगमले उक्त विक्री वितरण कार्य तुरुन्त बन्द गर्न भनेको हो । निर्धारित तौलभन्दा बढी क्षमताका सिलिण्डरमा ग्यास भरी विक्री वितरण गरेको पाइएमा एलपी ग्यास विनियमावली, २०६५ (संशोधनसहित) बमोजिम कारबाही हुने निगमले जनाएको छ । Facebook Notice for…