उद्योग–वाणिज्य

अग्नी प्रभावित दाङ र गुल्मीका दुई पालिकालाई काठमाडौं महानगरपालिकाको २० लाख सहयोग
निकासखबर संवाददाता

काठमाडौं । २२ वैशाख । काठमाडौं महानगरले अग्नि प्रभावित दाङ र गुल्मीका दुई पालिकालाई दश/दश लाख राहत दिने भएको छ । दाङको राजपुर गाउँपालिका र गुल्मीको इस्मा गाउँपालिकाका अग्नि प्रभावितलाई सो रकम उपलब्ध गराउने निर्णय भएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । आगलागीबाट पीडित बनेकाहरुका लागि सो रकम सहयोग गर्न महानगर विपद् व्यवस्थापन समितिले निर्णय गरेको उनले बताए । रकम महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट पठाइने पनि उनले जानकारी दिए । दाङको राजपुर गाउँपालिका–७ स्थित हाटबास क्षेत्रमा यही वैशाख १६ गते आगलागी हुँदा २५ वटा घर र ३५ वटा गोठ जलेर नष्ट भएका थिए । साथै वैशाख ८ र…

कटौती गरिएको समानीकरण अनुदान रकम पठाउने प्रधानमन्त्रीको प्रतिबद्धता
निकासखबर संवाददाता

काठमाडौँ, ३ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय सरकारमा पठाउने समानीकरण अनुदान रकममा कटौती नगरिने बताएका छन् । गाउँपालिका राष्ट्रिय महासंघका पदाधिकारीसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले तेस्रो किस्ता रकममा कटौती गरिएको रकम पठाउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आगामी बजेटको तयारीका बारेमा छलफल गर्दै यस्तो प्रतिवद्धता ब्यक्त गरेका गाविस महासंघका कार्यकारी निर्देशन राजेन्द्र प्याकुरेलले बताए । मुख्यसचिव, अर्थ सचिवसँगै भएको भेटमा समानीकरण अनुदान कटौती गर्ने कार्यले परिणाम राम्रो आउँदैन भन्ने बुझिएकोले नकटाउने र नघटाउने विषयमा गम्भीर रहेको बताए । अर्थ मन्त्री वर्षमान पुन नेपाल फर्किए लगत्तै प्रकृया अगाडि बढाउन प्रधानमन्त्रीले अर्थ मन्त्रालयलाई निर्देशन समेत दिएका छन् ।…

अर्थमन्त्री पुन अमेरिका प्रस्थान
निकासखबर संवाददाता

काठमाडौँ, ३ बैशाख । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ अमेरिका प्रस्थान गरेका छन् । चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन आज बिहान सवा २ बजे कतार एयरबेजको जहाजबाट वासिङ्टन डिसिका लागि उडेका हुन् । मन्त्री पुनलाई बिदाई गर्न अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुस्कर कर्णसहित सहसचिवहरु अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । भ्रमण दलमा मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल, सोही महाशाखाअन्तर्गत विश्व बैंक डेस्क हेर्ने उपसचिव कञ्चन बस्नेत र मन्त्री पुनका निजी सचिव तथा उपसचिव भूपालराज शाक्य छन् । तीन दिने अमेरिका बसाइका क्रममा मन्त्री पुनले…

आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाता

काठमाडौं, २८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको मनोबल उच्च राख्दै मुलुकको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सन् २०३० सम्म दिगो विकासको लक्ष्य भेट्टाउन सरकार र निजी क्षेत्र मिलेर लगानी गर्नु पर्ने बताएका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले सन् २०२६ मा विकासशील राष्ट्रको सूचीमा स्तरोन्नति हुनका लागि समेत सरकार र निजी क्षेत्र मिलेर लगानी गर्नुको विकल्प नरहेको बताए । उनले द्रुत साथै सन्तुलित विकास र समृद्धि हासिल गर्ने दिशातर्फ नेपाल केन्द्रित भएको बताउँदै निर्धारित लक्ष्य हासिल गर्नका लागि सरकार र निजी…

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख २३ हजार
निकासखबर संवाददाता

काठमाडौं, २२ फागुन । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै नयाँ रेकर्ड कायम भएको । आइतबार दुई हजार रुपैयाँले बढेर प्रतितोला १ लाख २१ हजार रुपैयाँ कारोबार भएको सुनको मूल्य सोमबार स्थिर रह्यो भने मंगलबार पुनः २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख२२ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी मंगलबार चाँदी तोलामा १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा…