उद्योग–वाणिज्य

स्थापनाको १२ वर्ष : लगानी बोर्डले र्गयो ४२ परियोजनामा साढे १२ खर्ब लगानी
काठमाडौँ, २२ भदौ २०८०।

लगानी बोर्डले स्थापनाको १२ वर्षको अवधिमा १२ खर्ब ५० अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गर्दा ५ खर्ब २५ अर्ब रुपैयाँ बराबरको लगानी परिचालन गरेको छ । ऊर्जा क्षेत्रका २८ र गैर ऊर्जा क्षेत्रका १४ परियोजना गरी कुल ४२ परियोजनामा १२ खर्ब ५० अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो । शुक्रबार बोर्डको १२ वर्षिकोत्सवका अवसरमा प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानी स्वीकृत गरेका आयोजनाको बारेमा जानकारी दिएका हुन् । यस अवधिमा लगानी बोर्डले स्वीकृत गरेका प्रतिदिन ६ हजार टन उत्पादन क्षमता रहेको होङ्सी शिवम् सिमेन्ट र ३ हजार टन प्रतिदिन उत्पादन क्षमताको हुवासिन सिमेन्ट सहित कुल ५ खर्ब २५ अर्ब…

एकैसाथ ५१ वटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा
काठमाडौं, २० भदौ २०८० ।

नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा निर्माण गरेको ५१ वटा विद्युतीय सवारी साधनको अत्याधुनिक फाष्ट चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्त रुपमा काठमाडौंको नेपाल पुलिस क्लब भृकुटीमण्डपमा स्थापना गरिएको फाष्ट चार्जिङ स्टेसनका उद्घाटन गरेका हुन् । प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलीयतपूण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग,बसपार्क र ठूला सहरहरुमा ५१ वटा विद्युतीय सवारी साधन छिट्टो चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन निर्माण गरिएको हो । करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६…

प्रधानमन्त्री प्रचण्डको भ्रमणको उपलब्धि, भारतले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने
काठमाडौ, १९ भदौ २०८० ।

नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव भारतको मन्त्रिपरिषद्बाट पारित भएको छ । मन्त्रिपरिषदले निर्णय गरेसँगै नेपाल र भारतको लगानीका जलविद्युत आयोजनाबाट उत्पादित बिजुली दीर्घकालीन ऊर्जा व्यापार सम्झौता गरेर बेच्न बाटो खुल्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका ्क्रममाआयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका थिए । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालले बिजुलीलाई प्राथमिक्तामा राखेको थियो । बिजुली किन्ने प्रस्ताव भारतको मन्त्रिपरिषद्बाट पारित हुनु नेपाली विद्युत व्यापारका लागि निकै महत्वपूर्ण हुनेछ । Facebook Notice for EU! You need to login…

डेडिकेटेड र ट्रंक लाइनको महसुल तिर्न १५ दिने अल्टिमेटम
काठमाडौ, १७ भदौ २०८० ।

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महसुल १५ दिन भित्र तिर्न उपभोक्तालाई सूचना जारी गरेको छ । महसुल बुझाउन पटक-पटक पत्राचार गरेपनि लामो समयसम्म महसुल नतिरेपछि १५ दिनको अल्टिमेटम दिँदै प्राधिकरणले ग्राहकहरुलाई सूचना जारी गरेको हो । प्राधिकरणले आइतबार सूचना जारी गर्दै पटक-पटक वितरण केन्द्रहरुबाट बक्यौता महुसल तिर्न पत्राचार गरेको तर धेरैले हालसम्म महसुल नबुझाएको जनाएको छ । प्राधिकरणले महसुल नबुझाएमा नेपाल विद्युत प्राधिकरण, विद्युत महसुल संकलन विनियामली, २०७८ को विनियम १० को प्रावधान बमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएको छ । Facebook Notice for EU! You need to login to view and post FB Comments!

सुनको मुल्य बढ्यो, चाँदीको घट्यो
काठमाडौ, १७ भदौ २०८० ।

साताको पहिलो दिन आइतबार सुनको भाउमा सामान्य वृद्धि भएको छ । शुक्रबार प्रतितोला १ लाख १२ हजार ५ सयमा कारोबार भएको छापावाल सुन आज आइतबार तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ६ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको भाउ पनि तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको भाउ भने प्रति तोला १० रुपैयाँले घटेर तोलाको १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।   Facebook Notice for EU! You need to login to view and post…