उद्योग–वाणिज्य

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्धारा लुम्बिनी केवलकारको औपचारिक उद्घाटन, लुम्बिनी केवलकार व्यावसायिक रुपमा सञ्चालन
निकासखबर संवाददाता

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्धारा लुम्बिनी केबलकारको औपचारिक उद्घाटन भएको छ । प्रधानमन्त्री दाहालले बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेशनमा ताम्रपत्र अनावरण गरि औपचारिक उद्घाटन गरेका हुन् । आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केवलकार व्यावसायिक रुपमा सञ्चालन हुने गरी आज औपचारिक उद्घाटन भएको हो । बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म ३ किलोमिटर दुरीको केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो । उद्घाटन पछि लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको बसन्तपुर अब कामाख्यादेवीको मन्दिर सहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुंगे धारा, पोखरी आदि संरचनाहरुले भरिपूर्ण एउटा धार्मिक तथा पर्यटकिय गन्तब्य बनेको छ । यसअघि यहि जेष्ठ…

देवीहाट घटनाले सयौलाई वेरोजगार बनाएको युनिकमको ठहर
निकासखबर संवाददाता

झापा । बिर्तामोडस्थित देवी हाटमा नगरपालिकाले टहरा हटाउन चलाएको घटना प्रति युनिकम नेपालले गम्भीर आपत्ति प्रकट गरेको छ । केन्द्रीय अध्यक्ष गजेन्द्र वहादुर पौडेलले विज्ञप्ति जारी गर्दै व्यवसायी, श्रमिक र मजदुरहरुको रोजिरोटी खोसिएको भन्दै त्यसको क्षतिपूर्ति दिलाउन माग गरेका छन् । संघीय सरकारको स्वरोजगार प्रर्वद्धन गर्ने नीतिका विरुद्ध बिर्तामोड नगरपालिकाले सयौलाई बेरोजगार बनाएको युनिकमको ठहर छ – विज्ञप्तिमा भनिएको छ । सार्वजनिक सरोकारका मुद्दाहरुमा विषय र परिस्थितिको संवेदनशीलतालाई गहन ढंगले मनन गरेर अघि बढ्न नगरपालिकालाई युनिकमले सुझाव समेत दिएको छ ।

‘शोकेसको मान्छे’ जस्तो भएर बस्नु परेको अनुभुती भएको छः पर्यटनमन्त्री किराती
निकासखबर संवाददाता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले संसद र सदन अरुले नै चलाउने अनुभूति आफूले गरेको बताएका छन् ।  मंगलबार संघीय संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले आफूले मन्त्रीको रुपमा सो अनुभूति गरेको बताएका हुन् । मन्त्री किरातीले मन्त्री अरुले नै चलाउने भन्दै आफूलाई ‘शोकेसको मान्छे’ जस्तो भएर बस्नु परेको समेत गुनासो गरे । उनले पर्यटन क्षेत्रमा धेरै ऐन बदल्नु पर्ने आवश्यकता रहेको बताउँदै त्यसमा सहयोग गर्न संघीय संसद र सांसदहरुलाई उनले आग्रह समेत गरे । संसदमा बल दिएमात्रै आफूहरुले केही गर्न सक्ने अवस्था रहेको मन्त्री किरातीको भनाइ छ । मन्त्री…

उदयपुर सिमेन्ट उद्योगको विद्युत लाइन काटियो
निकासखबर संवाददाता

उदयपुर । सरकारी स्वामित्वमा रहेकाे उदयपुर सिमेन्ट उद्योगको विद्युत लाइन काटिएको छ । नियमित भुक्तानी गर्नु पर्ने रकम समयमै नतिर्दा विद्युत काटिएको नेपाल विद्युत प्राधिकरण गाईघाट शाखाले जनाएको छ । ७ करोड ९४ लाख बढी विद्युत महशुल बुझाउन बाँकी देखिएकोले विद्युत लाइन काटिएको नेपाल विद्यूत प्राधिकरण गाईघाट शाखा प्रमुख विजयबाबु खत्रीले  बताए ।बीचबिचमा रकम भुक्तानी गर्दै गएपनि अपुरो भुक्तानी गर्ने गरेकोले बाँकी ७ करोड ९४ लाख बढी रकम भुक्तानी गर्न बाँकी देखिएकाे उनकाे भनाइ छ । नेपाल विद्युत प्राधिकरण विद्युत महशुल संकलन विनियमावली २०७८ को विनियम १० अनुसार मिटर रिडिङ्ग गरेको ६० औं दिनसम्म विद्युत महशुल नबुझाएमा विना सूचना जुनसुकै समय…

बजेटलाई बितरणमुखी नभई उत्पादनमुखी बनाउन चेम्बरको सुझाव
निकासखबर संवाददाता

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी बजेट बितरणमुखी नभई उत्पादनमुखी बनाउन अर्थमन्त्री डा. प्रकाशशरण महतसमक्ष आग्रह गरेको छ । आगामी बजेटमा सुझाव दिने क्रममा चेम्बरले बजेट यथार्थपरक र कार्यान्वयन योग्य तथा चुस्त दुरुस्त हुनपर्नेमा जोड दिएको हो । अर्थतन्त्रलाई चलायमान बनाउन एवं वर्तमान शिथिल अर्थतन्त्रलाई उकास्नका लागि बजेट उत्पादनमुखी हुनुपर्ने चेम्बरको माग छ । अर्थमन्त्री डा. महतलाई चेम्बरले दिएको सुझावमा भनिएको छ, ‘गम्भिर आर्थिक शिथिलताले धराशायी हुने संघारमा पुगेका उद्यमी व्यवसायीहरुलाई आवश्यक नीतिगत संरक्षण एवं सहुलियत प्रदान गर्नेगरी बजेट तर्जुमा गरिनुपर्दछ, ।’ अर्थमन्त्री डा. महतसमक्ष चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले विनियोजित बिकास बजेटलाई समयवद्ध तालिका अनुसार कार्ययोजना बनाएर खर्च गर्न…