उद्योग–वाणिज्य

ब्याजदर घटाउन चेम्बर अफ कमर्स र उद्योग वाणिज्य महासंघले संयुक्त पहल गर्ने
निकासखबर संवाददाता

काठमाडौं । निजी क्षेत्रको नेतृत्वदायी संस्था नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य महासंघबीच आर्थिक मुद्धामा सहकार्य गर्ने समझदारी भएको छ । महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ सहित कार्यसमितिलाई काठमाडौंको जमलस्थित चेम्बर भवनमा बधाई एवं स्वागत गर्ने क्रममा उच्च ब्याजदर, अख्तियार सम्वन्धी विधेयक लगायतमा समान धारणा बनाएर अघि बढ्ने समझदारी बनेको हो । मुलुकको अर्थतन्त्रलाई मजबुद बनाउन र निजी क्षेत्रको आवाजलाई संगठित बनाउन चेम्बर र महासंघले समन्वय गर्नुपर्ने चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए । चेम्बर र महासंघबीचको सम्वन्ध स्थापना कालदेखि नै नङ र मासुको जस्तो भएको स्मरण गराउँदै अध्यक्ष मल्लले आगामी दिनमा पनि आर्थिक एजेण्डामा…

एक वर्षमा थपियो पाँच सय मेगावाट बिजुली
निकासखबर संवाददाता

काठमाडाैं । आर्थिक समृद्धिको आधारस्तम्भका रुपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तारमा सरकार र निजी क्षेत्रले काँधमा काँध मिलाउँदै कामलाई गति दिएका कारण सकारात्मक नतिजा निस्कन थालेको छ । वर्ष, २०७९ हालै हामीबाट बिदा भएको छ । वर्षदिनभरीमा मुलुकको प्रणालीमा झण्डै पाँच सय मेगावाट बिजुली थप भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार प्रणालीमा बिजुली थप हुने क्रम क्रमशः वृद्धि भएको छ । यही अवस्था कायम रहे आगामी असार मसान्तसम्म मुलुकको कूल जडित क्षमता करिब तीन हजार मेगावाट बराबर पुग्नेछ । आन्तरिक खपतमा वृद्धि गर्दै ऊर्जा निर्यातमार्फत आर्थिक उपार्जन गर्न सरकारले प्रभावकारी पहल गरिरहेको छ । प्राधिकरणका अनुसार हालसम्म दुई…

नेपालमै सबैभन्दा बढी कर तिरे बापत उद्योग बाणिज्य महासंघले नोबेललाई गर्यो सम्मान
निकासखबर संवाददाता

काठमाडौं । स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्था मध्ये नेपालमा सबैभन्दा बढी आयकर तिरे बापत नेपाल उद्योग बाणिज्य महासंघले विराटनगरस्थित नोबेल शिक्षण अस्पताललाई सम्मान गरेको छ । उद्योग बाणिज्य दिवस र उद्योग बाणिज्य महासंघको ५७ औं बार्षिक साधारण सभाको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा नोबेललाई सम्मान गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र महासंघका अध्यक्ष शेखर गोल्छाले नोबेल अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.भोगेन्द्र उपाध्यायलाई सम्मान पत्र प्रदान गरी सम्मानित गरे । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले सञ्चालन गरेको नोबेल अस्पताल सबैभन्दा बढी आयकर तिरेर पटक–पटक सम्मानित हुँदै आएको छ । आर्थिक बर्ष २०७३÷०७४, २०७६÷०७७ र २०७७÷०७८ मा नोबेलले स्वास्थ्य…

नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माणमा विद्युत प्राधिकरणको ताकेता
निकासखबर संवाददाता

काठमाडौं  । नेपाल विद्युत प्राधिकरणले तामाकोसी–काठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजना अन्तर्गत नयाँ खिम्ती–बाह्रबिसे खण्ड निर्माण सम्पन्न गर्न ताकेता गरेको छ । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको विद्युत् प्रसारण लाइन अभावमा जोड्न नसकी खेर जाने अवस्था आउन नदिन प्राधिकरणले नयाँ खिम्ती–बाह्रबिसे खण्ड निर्माणलाई उच्च प्राथमिकतामा राखेको हो  । नयाँ खिम्तीमा ४०० केभी सबस्टेसन निर्माण र सबस्टेसनको क्षमताबृद्धिका लागि २२०/१३२/३३ केभी, २०० एभिए क्षमताको थप पावर ट्रान्सफर्मर जडान कार्य जारी छ । रामेछापका मन्थली नगरपालिका–१३ साँखे (फुलासी) स्थित नयाँ खिम्ती सबस्टेसन देखि सिन्धुपाल्चोकको बाह्रबिसे सबस्टेसनसम्मको प्रसारण लाइनको लम्बाइ ४३ किलोमिटर छ । हाल सम्म…

नेपालमै उत्पादन हुन लागेको ग्रन्थ ईभीको मूल्य बढाउन ठूला कम्पनीको दबाब
निकासखबर संवाददाता

काठमाडौं । नेपालमै उत्पादन हुने तयारीमा रहेको विद्युतीय स्कुटर ग्रन्थको मूल्यलाई लिएर केही कम्पनीहरूले दबाब दिएका छन् । बजारमा रहेका केही स्कुटर कम्पनीहरूले ग्रन्थ ईभीको मूल्य कम भएको र त्यसलाई बढाउन दबाब दिएका हुन् । अन्य भन्दा सस्तो मूल्यमा गुणस्तरीय विद्युतीय स्कुटर उत्पादन गर्ने तयारीमा रहेको ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालि वैशाखदेखि ग्रन्थ ईभी नेपालमै उत्पादन गर्ने गरी काम अगाडि बढाएको छ । तर काम अन्तिम चरणमा पुग्दा स्कुटरको मूल्य बढाउन ठूला कम्पनीले नै दबाब दिन थालेका छन् । ग्रन्थ ईभीले साढे २ लाखदेखि ३ लाख रूपैयाँमा उच्चस्तरीय सुविधासहितको विद्युतीय स्टकुर प्रदान गर्ने जनाएको छ । ‘साढे २ लाखदेखि ३ लाख…