प्रदेश खबर

६५ किलो गाँजासहित प्रहरीले एक जना पक्राउ
निकासखबर संवाददाता

विराटनगर। मोरङको केराबारीबाट ६५ किलो गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा सहिदभूमि नगरपालिका(१ का ३१ वर्षीय दीपेश राई रहेका छन् । को२३प ३८६१ नम्बरको मोटरसाइकलमा सवार उनको साथबाट गाँजा बरामद भएको जिल्ल प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारूङले बताए । इलाका प्रहरी कार्यालय केराबारीको टोलीले राईलाई बिहीबार केराबारी गाउँपालिका–७ मुगुटोलबाट पक्राउ गरेको थियो। पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट लागुऔषध कसुरमा हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

मोटरसाइकल दुर्घटनामा आमा–छोरासहित तीन जनाको मृत्यु
निकासखबर संवाददाता

चितवन । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा आमा–छोरासहित तीन जनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–२ स्थित रमाइलोडाँडामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउनेमा नवीन गुरुङ, प्रतिभा गुरुङ र उनका छोरा आरोन छन् । नवीन इच्छाकामना गाउँपालिका–२ र प्रतिभा सोही गाउँपालिका वडा नंम्बर ३ कि हुन् । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार, प्रदेश २–०३–००२ प ५९८६ नं। को मोटरसाइकल सडकबाट चार सय मिटर तल खसेको छ ।

प्रचण्डमाथि ढुङ्गा प्रहार भएको समाचार भ्रामक
निकासखबर संवाददाता

सुर्खेत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि ढुङ्गामुढा प्रहार भएको समाचार गलत भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सामाजिक सञ्जाल फेसबुकमा ‘प्रचण्डमाथि सुर्खेतमा ढुंङ्गा प्रहार अवस्था गम्भीर’ भन्ने स्ट्याटस सार्वजनिक भएपछि त्यो गलत भएको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आफ्नो फेकबुक पेजमा प्रचण्डमाथि ढुंगा प्रहार भन्ने समाचार भ्रमक भएको भन्दै ‘आज मिति २०७८साल फागुन २७ गतेको दिन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिको आयोजनामा सञ्चालित राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेत आउनु भएकोमा हाल सामाजिक सञ्जालमा उहाँ माथि ढुङ्गा मुढा…

एमसीसी पारित भएपछि देश अस्थिरताबाट जोगीयोः प्रचण्ड
निकासखबर संवाददाता

सुर्खेत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पारित भएपछि देश अस्थिरताबाट जोगीएको बताएका छन् । सुर्खेतमा आयोजित कर्णालीका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणमा बोल्दै उनले एमसीसी पारि नभएको भए देश अस्थिर अवस्था जाने भएकाले अन्तिम अवस्थामा एमसीसी पारित गरेको बताएका हुन् । एमसीसी परियोजना माओवादीको नेतृत्वको सरकारका बेला सम्झौता भएको र त्यो बेला बाबुराम भट्टराई प्रधानमन्त्री भएको भट्टराईले त्यसबारे जानकारी नगराएको उनले बताए । एमसीसी पारित गर्ने विषयमा अहिले गठबन्धन सहमत भए पनि त्यसको रहेको केही बुँदा सच्याउनु पर्ने अवस्था आएको प्रचण्डको भनाई थियो । करिब एक घण्टा एमसीसीका विषयमा कार्यकर्तालाई प्रशिक्षण दिएका प्रचण्डले विगतमा क्रान्तिकारी साथीहरूको…

धनुषाधाममा चिडियाखाना बनाइने
निकासखबर संवाददाता

जनकपुरधाम ।  वन तथा वातावरण मन्त्री रामसहाय यादवले धनुषाधामा प्राणी उद्यान (चिडियाखाना) निर्माण गरिने बताएका छन् । शुक्रबार बिहान धनुषाधामस्थित वनस्तपति अनुसन्धान केन्द्रको वस्तपति उद्यानको अनुगमन तथा निरीक्षण गरेका मन्त्री यादवले मधेश प्रदेशको धार्मिक तथा ऐतिहासिक महत्वको धनुषाधाममा वनस्पतिसम्बन्धी अध्ययनको केन्द्र र  प्राणी उद्यानको रुपमा विकास गरिने बताए । धनुषाधाममा प्राणी उद्यानको प्रवल सम्भावना रहेकाले त्यसको लागि सरकारले अध्ययन अनुसन्धानको कार्य अगाडि बढाइसकेको मन्त्री यादवले बताए । वस्तपति, वन र चुरे एकअर्कालाई जोडिरहेको भन्दै मन्त्री यादवले धनुषाधाममा प्राणी उद्यान स्थान भएको खण्डमा मधेश प्रदेशको आर्थिकका साथ साथै पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने बताए । अहिले रहेको वनस्तपति अनुसन्धान केन्द्रलाई व्यस्थित गर्दै वस्तपति…