प्रदेश खबर

प्रकाशको ‘पिर’ झुट र भ्रामक, युट्युबबाट हटाएर माफी माग्न चेतावनी
निकासखबर संवाददाता

काठमाडाैं । गायक प्रकाश सुपतकाे गीत ‘पीर’काे विवाद श्रृंखला पेचिलाे बन्दै गएकाे छ । गत शुक्रबार रिलिज गरिएकाे याे गीतकाे म्युजिक भिडियाे आपत्तिजनक भएकाे भन्दै सत्तारुढ नेकपा माओवादी केन्द्रनिकट चार संगठनले तत्काल युट्युबबाट हटाएर माफी माग्न सपुतलाई चेतावनी दिएका छन् । जनक्रान्तिका घाइते तथा अपांग योद्धा संघका इन्चार्ज दिपेन्द्रकुमार पुन, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का अध्यक्ष अमृता थापा मगर, जनसांस्कृतिक महासंघका अध्यक्ष मातृका पोखरेल र प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाले संयुक्त विज्ञप्ति जारी गर्दै  भनिएकाे छ, ‘जनमुक्ति सेनाले गरेको योगदानप्रति अपमान गर्दै जनयुद्ध नै विद्रुपीकरण गर्न खोजिएको उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको घटनाप्रति हामी घोर आपत्ति प्रकट गर्दै तत्काल युट्युब च्यानलबाट हटाउन जोडदार…

घेराबन्दी गरेर माओवादीलाई कमजोर पार्ने कोसिस भए फेरि कठोर संघर्षको बाटोमा जानुपर्ने अवस्था आउन सक्छः प्रचण्ड
निकासखबर संवाददाता

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशी शक्तिहरुले नेपालमा दुई दलीय व्यवस्था स्थापना गर्न लागिपरेको बताएका छन् । आइतबार विराटनगरमा आयोजित पार्टीको प्रदेश–१ स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । माओवादीलाई सिध्याएर दुई दलीय व्यवस्था ल्याउन विदेशी शक्ति लागेको दावी गर्दै विदेशी षड्यन्त्र असफल पार्न आफ्नो दलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन जित्नैपर्ने उनको बताए । प्रचण्डले कुन विदेशी शक्तिले त्यस्तो गरिरहेको भन्नेबारे खुलाएनन् । माओवादीलाई घेराबन्दी गरेर कमजोर पार्ने कोसिस भए फेरि कठोर संघर्षको बाटोमा जानुपर्ने अवस्था आउन सक्ने भन्दै उनले त्यसका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् । प्रचण्डले समावेशी…

१८ महिने नाबालिकाको बलात्कार गरी हत्या
निकासखबर संवाददाता

काठमाडौं । डेढ वर्षीया नाबालिकाको बलात्कारपछि हत्या भएको छ । मोरङको सुन्दरहरैचा नगरपालिका–७ मा डेढ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको हो । बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी छन् । उनीहरूले घरमा कोही नभएको मौकामा घरबाटै बोकेर झाडीमा लगेर बलात्कार गरेका थिए । बालिकालाई बलात्कार गरेर झाडीमा फालेर फरार भएका थिए । २७ फागुनको बेलुका साढे ५ बजेतिर घरबाट हराएकी ती नाबालिका साढे ६ बजे घर नजिकै झाडीमा अचेत अवस्थामा फेला परेकी थिइन् । उनलाई तत्काल उद्धार गरी उपचारका लागि नोबेल अस्पताल लगिएको…

पार्टीले एमसीसीको विरोधमा निर्णय गरे राजीनामा दिन्छुः प्रचण्ड
निकासखबर संवाददाता

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौताबारे स्थानीय तहको निर्वाचनपछि पार्टीमा बहस हुने बताएका छन् ।  प्रेस सेन्टर नेपाल १ नं. प्रदेश समितिले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले सम्झौता पारित गर्ने सन्दर्भमा पार्टीबाट भएको पूर्वनिर्णय फेल भएमा राजीनामा दिने घोषणा गरेका छन् । पार्टीको प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन विराटनगर आएका प्रचण्डले एमसीसीबारे पार्टीमा फरक बुझाई रहेको स्वीकार गर्दै एउटा अपिलमार्फत् साझा भाषा बनाएर निर्वाचनमा जाने निर्णय पार्टी केन्द्रीय समितिले गरेको बताए । व्याख्यात्मक घोषणासहितको एमसीसी उचित सम्मानसहित कार्यान्वयनमा नगए पार्टी आन्दोलनमा जाने चेतावनी दिँदै उनले सार्वभौम संसदको…

नक्कली कम्युनिष्टलाई जनताले नांगेझार पार्नुपर्छः झलनाथ खनाल
निकासखबर संवाददाता

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेपालका धेरै कम्युनिष्ट पार्टीहरु कम्युनिष्टको खोल ओढेका नक्कली कम्युनिष्ट भएको बताएका छन् । एकीकृत समाजवादीको भक्तपुर नगर समितिले शनिबार गरेको नगरस्तरीय भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीजस्ता यहाँं धेरै नक्कली कम्युनिष्ट नेता र पार्टी रहेको बताए। नक्कली कम्युनिष्टलाई जनताले समयमै चिनेर नांगेझार पार्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा विभिन्न पार्टी परित्या गरी आएका ६९ जनालाई खनालले पार्टी प्रवेश गराएका थिए । कार्यक्रममा पार्टी भक्तपुर नगर समितिका अध्यक्ष प्रविण बाटी, जिल्ला अध्यक्ष श्याम वस्नेत, ओमचरण अमात्य, डा राजेन्द्र कोजूलगायतले कम्युनिष्ट आन्दोलनलाई अगाडि…