एमसीसी पारित भएपछि देश अस्थिरताबाट जोगीयोः प्रचण्ड

निकासखबर संवाददाता

सुर्खेत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पारित भएपछि देश अस्थिरताबाट जोगीएको बताएका छन् । सुर्खेतमा आयोजित कर्णालीका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणमा बोल्दै उनले एमसीसी पारि नभएको भए देश अस्थिर अवस्था जाने भएकाले अन्तिम अवस्थामा एमसीसी पारित गरेको बताएका हुन् ।

एमसीसी परियोजना माओवादीको नेतृत्वको सरकारका बेला सम्झौता भएको र त्यो बेला बाबुराम भट्टराई प्रधानमन्त्री भएको भट्टराईले त्यसबारे जानकारी नगराएको उनले बताए । एमसीसी पारित गर्ने विषयमा अहिले गठबन्धन सहमत भए पनि त्यसको रहेको केही बुँदा सच्याउनु पर्ने अवस्था आएको प्रचण्डको भनाई थियो ।

करिब एक घण्टा एमसीसीका विषयमा कार्यकर्तालाई प्रशिक्षण दिएका प्रचण्डले विगतमा क्रान्तिकारी साथीहरूको कुरा सुन्दा आफू र माओवादी पार्टीले नै क्षति पुगेका कारणले अहिलेका क्रान्तिकारी साथीहरूको पनि कुरा नसुन्ने बताए ।

मा प्रकाशित